25/08/2024
बलिदान दिवस औ भारतिय गोर्खा-"नेपाली"स्वतन्त्रता सेनानी !
-------------------
जुलाई १९१३ मा ठकुरी वंशज बिच देह्रादुन स्थित एक गाँउमा जन्म लिएका भारतिय गोर्खा-नेपाली वीर पुत्र स्वतन्त्र सेनानी
स्व. श्रि दुर्गा मल्लले सन १९३० अर्थात १७ वर्ष कै उमेरमा
अंग्रेज साम्राज्य विरुद्ध स्वतन्त्रता अभियान " डान्डी मार्च " (साबरमती मार्च)-मा सहभागिता जनाउदै स्वतन्त्र सेनानीको रुपमा आफूलाई देशको निम्ति ज्यानसम्म बलिदान गर्न तयार रहेको इतिहासले बताउँछ ।
यसरी,
१४ वर्षसम्मको धावा औ त्यसबिच रास्ट्रको निम्ति भने स्वतन्त्रता संग्राम अन्त नहुँदै त्यसताक अंग्रेज शासनको निरंकुशता र तानाशाही बिच वीर योद्धा श्रि मल्ललाई आजकै दिन अर्थात
२५- अगस्त १९४४ मा फाँसीको सजाय दिंदै उनको निम्ति आफ्नो प्राण भन्दा प्यारो राष्ट्र भारत (India) -ले स्वतन्त्रता हासिल गरेको वा आजको स्वतन्त्र भारतमा स्वास लिने सपना सधाको निम्ति अन्त्य गरियो भनि लिखित इतिहासमा पाइन्छ ।
यसरी,
एक भारतिय गोर्खा स्वतन्त्रता सेनानी अनि विशेष आधुनिक भारतिय नेपाली जातिको निम्ति एक इतिहास पुरुषको पुण्य तिथिमा आज २५- अगस्त को दिनलाई ती वीर सेनानी श्रि दुर्गा मल्लको अमर आत्माको स्मरण गर्दै गर्व महसुसको साथ
सम्मान श्रद्धाञ्जली सहित रास्टृयता एवं देश प्रेमको भावना स्वरुप एक अमुल्य एतिहासिक संदेश स्वरुप आज "बलिदान दिवस" को रूपमा हामीले पालन गर्दै आएका हौं भनि आफूले जानेबुझे अनुरुप यस् पेज मार्फत यो सानो तर जान्नैपर्ने तथ्यांक यसरी जनाउन चाहें ।
अन्ततः
सम्पुर्ण वीर-विरङना स्वतन्त्रता सेनानी रास्टका ति सहिदहरु प्रति पनि समग्रमा श्रद्धाञ्जली अर्पण गर्दै ---
जय भारत
🙏🇮🇳🙏
अदिप के सी "खडका"
सिक्किम-भारत