08/12/2023
गुणगान गाउने ओठ भन्दा, कर्म गर्ने हात नै उत्तम हुन्छन्।
0४/0८/२०२३ मा टिस्टा नदीमा आएको बाढले प्रभावित पारेका मानिसहरूलाई सहयोग निमित्त लिङ्गी, पायोङ, काउ साथै सोक्पेका जनसाधारणबाट जे जे पनि सहयोग साथै राहतका निमित्त पठाउनु भएको थियो त्यो सबै सामाग्रीहरू उचित ठाउँमा पुगेको छ।
यसर्थ हामी लिङ्गी समाजको तर्फबाट हजुरहरू सबैलाई यस्तो ठुलो हृदय साथै यस्तो आपतकालीन समयमा दिनुभएको यो बहुमुल्य सहयोगका निमित्त लिङ्गी समाज सधैव हजुरहरू प्रति आभारी रहनेछ।
हजुरहरूले पठाउनुभएको सहयोग हामीले कहाँ-कहाँ पुर्याएका छौं साथै के-के दिएका छौं भन्ने विवरण तल जनाइएको छ।
यो विवरण हजुरहरू समक्षमा राख्न ढिलाइ भएकोमा हामी हजुरहरू प्रति क्षमा चाहन्छौं।