SAADA-Nepal

Directions

SAADA-Nepal Social Awareness and Development Academy (hereon referred to as SAADA –Nepal). It is one of the Youth/women Leading Community-based NGOs established in 1998. S

27/09/2026
LGBTIQA+ बालबालिकाका सवाल तथा समस्या समाधानसम्बन्धी सराेकारवाला संगकाे अभिमुखीकरण कार्यक्रम नरहरिनाथ गाउँपालिकामा  सम्पन...
23/09/2026

LGBTIQA+ बालबालिकाका सवाल तथा समस्या समाधानसम्बन्धी सराेकारवाला संगकाे अभिमुखीकरण कार्यक्रम नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएकाे छ ।
मिति २०८३/०६/०७ गते,प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा–नेपाल) को आयोजनामा रङ्गीन परियोजना अन्तर्गत नरहरिनाथ त्गाउँपालिकामा LGBTIQA+ बालबालिकाका सवाल,समस्या तथा समाधानका उपायसम्बन्धी सरोकारवाला निकायका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका न्यायिक समिति संयाेजक तथा गा.पा. उपाध्यक्ष कमल कुमार शाह, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, वडा अध्यक्ष हरु लगायत प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमकाे सहजीकरण नमराज याेगीले गर्नुभएको थियो। उहाँले LGBTIQA+ बालबालिकाले भोगिरहेका सवाल तथा समस्याहरू, विद्यमान कानुनी व्यवस्था, अधिकार संरक्षण, सरोकारवाला निकायको भूमिका तथा समाधानका उपायहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको भयाे ।
कार्यक्रमले LGBTIQA+ बालबालिकाका सवाललाई अधिकार, समानता, सम्मान र समावेशिताको दृष्टिकोणबाट सम्बोधन गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच थप सहकार्य र समन्वय आवश्यक रहेको सन्देश दिएको छ ।

🌈 LGBTIQA+ बालबालिकाका सवाल तथा समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम शान्नि त्रिबेणी गाउँपालिकामा  सम्पन्नमिति २०८...
22/09/2026

🌈 LGBTIQA+ बालबालिकाका सवाल तथा समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम शान्नि त्रिबेणी गाउँपालिकामा सम्पन्न
मिति २०८३/०६/०६ गते,प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा–नेपाल) को आयोजनामा रङ्गीन परियोजना अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिकामा LGBTIQA+ बालबालिकाका सवाल,समस्या तथा समाधानका उपायसम्बन्धी सरोकारवाला निकायका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीज्यूले गर्नुभएको थियो भने उपाध्यक्ष पार्वती सिंह (सञ्ज्याल)ज्यू लगायत प्रमुख प्रशासकीय अधिकृत,विभिन्न शाखाका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य भई सक्नु भएका सादा नेपालका संस्थापक अध्यक्ष विज्ञ अशोकनाथ योगीज्यूले सहजीकरण गर्नुभएको थियो। उहाँले LGBTIQA+ बालबालिकाले भोगिरहेका सवाल तथा समस्याहरू, विद्यमान कानुनी व्यवस्था, अधिकार संरक्षण, सरोकारवाला निकायको भूमिका तथा समाधानका उपायहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
साथै, रङ्गीन परियोजनाले स्थानीय तहमा पारेको सकारात्मक प्रभाव, बालबालिकाको अधिकार संरक्षण, समावेशिता तथा सुरक्षित वातावरण निर्माणका विषयमा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले LGBTIQA+ बालबालिकाका सवाललाई अधिकार, समानता, सम्मान र समावेशिताको दृष्टिकोणबाट सम्बोधन गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच थप सहकार्य र समन्वय आवश्यक रहेको सन्देश दिएको छ।
समानता, सम्मान र समावेशिता—सबै बालबालिकाको अधिकार। 🌈🇳🇵

 #समीक्षा मात्र होइन, स्वास्थ्य क्षेत्रको उज्यालो भविष्यतर्फको नयाँ संकल्पजिल्ला स्वास्थ्य कार्यालय, कालिकोटद्वारा आयोजि...
21/09/2026

#समीक्षा मात्र होइन, स्वास्थ्य क्षेत्रको उज्यालो भविष्यतर्फको नयाँ संकल्प

जिल्ला स्वास्थ्य कार्यालय, कालिकोटद्वारा आयोजित आ.व. २०८२/०८३ को वार्षिक समीक्षा तथा योजना गोष्ठी केवल वर्षभरिका कार्यक्रम र उपलब्धिहरूको समीक्षा गर्ने औपचारिक कार्यक्रम मात्र थिएन। यो त विगतका अनुभवबाट सिक्दै, वर्तमानका चुनौतीलाई आत्मसात् गर्दै र आगामी दिनमा कालिकोटको स्वास्थ्य क्षेत्रलाई अझ गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने एउटा साझा संकल्प र नयाँ कार्यदिशाको सुरुवात थियो।

मिति २०८३ असोज ४ र ५ गते सम्पन्न उक्त महत्वपूर्ण गोष्ठीमा कालिकोट जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित फोकल पर्सनहरूको सक्रिय सहभागिता रहेको थियो। साथै स्वास्थ्य, पोषण, बालअधिकार तथा सामाजिक विकासका क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय, विकास साझेदार तथा गैरसरकारी संस्थाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहले आफ्नो स्वास्थ्य क्षेत्रको प्रगति, उपलब्धि, चुनौती, सिकाइ तथा आगामी प्राथमिकताहरू प्रस्तुत गरे। त्यसैगरी विभिन्न साझेदार तथा गैरसरकारी संस्थाबाट सञ्चालित स्वास्थ्य, पोषण and LGBTIQA Right कार्यक्रमहरूको उपलब्धि र योगदानका विषयमा समेत प्रस्तुतीकरण तथा समीक्षा भयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिज्यू, जिल्ला समन्वय समितिका प्रमुखज्यू, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिज्यूहरू लगायतको गरिमामय उपस्थिति रहेको थियो। विशेष रूपमा रास्कोट नगरपालिकाका नगर प्रमुख श्री धर्मराज शाहीज्यू तथा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष श्री गणेश रावत विष्टज्यू लगायतको सहभागिताले कार्यक्रमलाई थप महत्वपूर्ण बनाएको थियो।

गोष्ठीको अन्तिम चरणमा “कालिकोटको स्वास्थ्य क्षेत्रलाई अझ उत्कृष्ट बनाउन स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय तथा प्रदेश सरकारको भूमिका र जिम्मेवारी के हुनुपर्छ?” भन्ने विषयमा विशेष प्यानल छलफल आयोजना गरिएको थियो। सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयका प्रतिनिधिज्यूहरूको सहभागितामा भएको उक्त छलफलले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती, सम्भावना र सुधारका उपायलाई साझा रूपमा उजागर गर्‍यो।

त्यो छलफलले एउटा सुन्दर सन्देश छोड्यो
#समीक्षा भनेको कसैलाई पछाडि पार्ने होइन, आफूलाई हिजोभन्दा आज र आजभन्दा भोलि अझ राम्रो बनाउने अवसर हो।

आगामी वर्षको समीक्षा बैठकमा आजभन्दा अझ राम्रो उपलब्धि, अझ प्रभावकारी सेवा र अझ सकारात्मक परिणामका साथ उपस्थित हुने आँट, प्रतिबद्धता र स्वस्थ प्रतिस्पर्धाको भावना सहभागीहरूमा जागृत हुनु यस गोष्ठीको महत्वपूर्ण उपलब्धि रह्यो।

स्वास्थ्य क्षेत्रको सुधार सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन। संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, स्वास्थ्य संस्था, नागरिक समाज, विकास साझेदार तथा गैरसरकारी संस्थाबीचको सहकार्य, समन्वय र हातेमालोबाट मात्र नागरिकले अनुभूति गर्ने स्वास्थ्य सेवा निर्माण गर्न सकिन्छ।

यसै सहकार्य र योगदानको कदरस्वरूप स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सहयोगी गैरसरकारी संस्थालाई सम्मान तथा अवार्ड प्रदान गरिएको क्षण अत्यन्तै भावुक र स्मरणीय रह्यो।

रास्कोट नगरपालिकाका #नगर प्रमुख श्री धर्मराज शाहीज्यूको हातबाट सम्मान तथा अवार्ड ग्रहण गर्ने अवसर प्राप्त हुनु मेरा लागि व्यक्तिगत गौरवभन्दा पनि हाम्रो सम्पूर्ण टिमको निरन्तर मेहनत, समुदायको विश्वास र साझेदारहरूसँगको सहकार्यको सम्मान हो।

यो सम्मानले एउटा जिम्मेवारी अझ थपिएको अनुभूति भएको छ
सम्मान पाउनु अन्त्य होइन, अझ राम्रो काम गर्ने नयाँ सुरुवात हो।

यस विशेष अवसरमा सम्मान तथा अवार्ड प्रदान गर्नुहुने रास्कोट नगरपालिकाका नगर प्रमुख श्री धर्मराज शाहीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै यति महत्वपूर्ण समीक्षा, सिकाइ, आत्ममूल्याङ्कन र आगामी कार्यदिशा निर्माण गर्ने अवसर प्रदान गर्नुहुने जिल्ला स्वास्थ्य कार्यालय, कालिकोट तथा कार्यालयका सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

कालिकोटको स्वास्थ्य क्षेत्र अझ सबल बनोस्,
हरेक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सकोस्,
स्थानीय सरकारको प्रयास अझ प्रभावकारी बनोस्,
र सरकार तथा विकास साझेदारबीचको सहकार्य अझ मजबुत बन्दै जाओस्—
यही शुभकामना, यही प्रतिबद्धता र यही हाम्रो साझा यात्रा हो।

“समीक्षाबाट सिकाइ, सहकार्यबाट शक्ति र प्रतिबद्धताबाट स्वास्थ्य क्षेत्रमा नयाँ उज्यालो।

# thank you DHO//

असोज ५ गते प्लान इन्टरनेशनल नेपालको  सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा-नेपाल) को आयोजना र सान्नी त्रिवेणी ...
21/09/2026

असोज ५ गते प्लान इन्टरनेशनल नेपालको सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा-नेपाल) को आयोजना र सान्नी त्रिवेणी गाउँपालिकास्थित विभिन्न विद्यालयहरूको सहजीकरणमा सान्नित्रिवेणी गाउँपालीका वडा नं ६ स्थित श्री पंचदेवल माध्यामिक विद्यालयकाे खुल्ला प्राङगणमा याैनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालीकाहरु प्रति विद्यालयमा हुने भेदभाव तथा दुर्व्यवहार न्युनिकरणसम्बन्धी सचेतना मुलक देउडा प्रतियोगिता कार्यक्रम कालीका माध्यामिक विद्यालय डाँडाखेत, मालिका आधारभूत विद्यालय उजेलगाउँ लगायत विभिन्न विद्यालयहरुकाे सहभागिता र सादा नेपाल संस्थाका संस्थापक अध्यक्ष तथा कर्णाली प्रदेश योजना आयोगको सदस्य समेत भइसकेका समाजसेवी अशोक नाथ योगीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृका उपाध्यायकाे अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक बलराम बम लगायतका अतिथि तथा अन्य शिक्षक, शिक्षिका र बिद्यार्थी भाइबहिनीको उपस्थितीमा अन्तर विद्यालय स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको छ।

With the financial support of Plan International Nepal, organized by the Social Awareness and Development Academy (SAADA...
16/09/2026

With the financial support of Plan International Nepal, organized by the Social Awareness and Development Academy (SAADA-Nepal) and facilitated by Raskot Municipality, an awareness program against bullying, intimidation, and threatening behavior among LGBTQIA+ Community and students was successfully conducted in Ward No. 3 of Raskot Municipality, Kalikot.
The program was conducted among students of two schools in the ward: Malika Basic School and Raidhunga Basic School. The program aimed to raise awareness among students about the negative impacts of bullying and intimidation, promote a safe and supportive school environment, and encourage students to speak up against such behavior.
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग, 'सोसल अवेरनेस एन्ड डेभलपमेन्ट एकेडेमी' (SAADA-Nepal) को आयोजना र रास्कोट नगरपालिकाको सहजीकरणमा कालिकोटको रास्कोट नगरपालिका वडा नं. ३ मा LGBTQIA+ समुदाय तथा विद्यार्थीहरूमाथि हुने दुर्व्यवहार, डर-धम्की र तर्साउने व्यवहारविरुद्ध सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यो कार्यक्रम उक्त वडाका दुई विद्यालयहरू—मालिका आधारभूत विद्यालय र राईढुङ्गा आधारभूत विद्यालय—का विद्यार्थीहरूमाझ सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई दुर्व्यवहार र डर-धम्कीका नकारात्मक असरहरूबारे सचेत गराउनु, विद्यालयमा सुरक्षित तथा सहयोगी वातावरण प्रवर्द्धन गर्नु र यस्ता व्यवहारविरुद्ध आवाज उठाउन विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु थियो।

 #कालिकोटमा राष्ट्रिय बाल दिवस सम्पन्नकालिकोट — “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल द...
14/09/2026

#कालिकोटमा राष्ट्रिय बाल दिवस सम्पन्न

कालिकोट — “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८३ कालिकोटमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन तथा सुनिश्चितताका साथै बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, बाल क्लब, नागरिक समाज, अभिभावक तथा बालबालिकाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकतामा राख्दै बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। बालबालिकामाथि हुने हिंसा, बालविवाह, विभेद, शोषण तथा दुर्व्यवहारको अन्त्य गर्दै सुरक्षित र सम्मानजनक वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

राष्ट्रि बाल दिवस २०८३ काे हार्दिक शुभकामना
13/09/2026

राष्ट्रि बाल दिवस २०८३ काे हार्दिक शुभकामना

रसुवा भाेटेकाेशी बाढी सम्बन्धी खाेज तथा उद्दार अपडेट
04/09/2026

रसुवा भाेटेकाेशी बाढी सम्बन्धी खाेज तथा उद्दार अपडेट

अत्यन्त जरूरी सूचना
04/09/2026

अत्यन्त जरूरी सूचना

Address

Kalikot
Manmad
61

Website

Alerts

Be the first to know and let us send you an email when SAADA-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share