HRAI Kurseong

HRAI Kurseong Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HRAI Kurseong, Non-Governmental Organization (NGO), Kurseong.

On SIR
31/10/2025

On SIR

SIR Explainer ✏️ ज्योति कुमार मुखिया , मिडिया प्रभारी, HRAI, Kurseong 𝐒𝐈𝐑 लाई सरल रूपमा बुझौँ:  + बङ्गालमा सन 2002 मा अघ...
29/10/2025

SIR Explainer

✏️ ज्योति कुमार मुखिया , मिडिया प्रभारी, HRAI, Kurseong

𝐒𝐈𝐑 लाई सरल रूपमा बुझौँ:

+ बङ्गालमा सन 2002 मा अघिल्लो SIR भएको थियो, त्यसैले जसको नाम त्यस सूचीमा थियो, उनी पहिले नै मतदाताको रूपमा स्थापित छन्।
+ त्यसैले यदि कसैको नाम 2002को सूचीमा छ भने उनलाई कुनै पनि कागजात देखाउनु पर्दैन। त्यस्तै, उनीहरूको छोरा–छोरी वा नाति–नातिनी अहिले मतदाता भए पनि तिनीहरूलाई पनि कागजात देखाउनु पर्दैन।

अब तपाईंले के गर्नुपर्छ?

यदि अफलाइन फारम भर्न चाहनुहुन्छ भने

+ एउटा फर्म भर्नुपर्छ। त्यो फर्म BLO (Booth Level Officer) ले दिन्छ। यसलाई Enumer­ation Form भनिन्छ (फर्मको नमूना तल दिइएको छ)। यस फर्ममा तपाईंको हालको मतदाता कार्डको विवरण पहिले नै छापिएको हुन्छ। तपाईंले फर्मको बायाँपट्टि रहेको तालिकामा 2002 को सूचीअनुसार आफ्नो नाम, असेंबली कन्स्टिच्युएन्सी नम्बर (AC), पार्ट नम्बर, सिरीयल नम्बर, EPIC नम्बर आदि लेखेर बुझाउनुपर्छ। कुनै पनि कागजात संलग्न गर्न आवश्यक छैन।

+ यदि तपाईंको आफ्नो नाम 2002 को SIR मा छैन, तर बुबा/आमा/हजुरबुबा/हजुरआमाको नाम छ भने, फर्मको दायाँपट्टि त्यसअनुसार उनीहरूको नाम, AC, पार्ट नम्बर, सिरीयल नम्बर, EPIC नम्बर आदि लेख्ने ठाउँ हुनेछ। त्यसपछि तपाईं उनको के सम्बन्धमा पर्छु भन्ने लेख्नुपर्छ। यस अवस्थामा पनि कुनै कागजात आवश्यक छैन।

यदि अनलाइन गर्न चाहनुहुन्छ भने

+ BLO एप वा ECI (Election Commission of India) को वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ 2002 को सूची खोज्न सकिने ठाउँ हुनेछ। तपाईंले राज्य, त्यसपछि AC र पार्ट नम्बर चयन गरेर आफ्नो वा बुबा/आमा/हजुरबुबा/हजुरआमाको नाम खोज्नुपर्छ। नाम भेटिएपछि त्यस माथि क्लिक गरेर आफ्नो सम्बन्ध ड्रपडाउन मेनुबाट छान्नुपर्छ। यसलाई “म्यापिङ” भनिन्छ, जसको अर्थ तपाईंलाई 2002 को सूचीमा रहेका व्यक्तिसँग सम्बन्धित रूपमा चिनिएको हो। एकपटक म्याप भएपछि कुनै पनि कागजात चाहिँदैन।

+ तर यदि तपाईंको वा तपाईंका बुबा–आमा वा हजुरबुबा–हजुरआमाको नाम 2002 को सूचीमा छैन भने नागरिकताको प्रमाण दिनु पर्ने हुन्छ। यसको अर्थ तपाईंहरू यो प्रक्रियामा मतदाता भनेर अझै स्थापित हुनुभएको छैन।

भारतको मतदाता हुनको लागि तीनवटा मापदण्ड पुरा हुनुपर्छ:
१. देशका नागरिक हुनु,
२. स्थायी बासिन्दा हुनु,
३. १८ वर्षभन्दा माथिको उमेर हुनु।
त्यसैले यी कुराको प्रमाण देखाउनुपर्ने हुन्छ।

कसरी हुनेछ?

यदि तपाईंको नाम म्याप हुन सकेन भने, ड्राफ्ट सूचीमा तपाईंको नाम नआउला। त्यसपछि AERO (Assistant Electoral Registration Officer – सामान्यतया ब्लक अफिसर) ले तपाईंलाई नोटिस दिनेछ र ‘हियरिङ’ को लागि बोलाउनेछ। नोटिस आउने कुरा सुन्दा डराउनु पर्दैन — यो मतदाता नाम दर्ता, संशोधन वा मरेका व्यक्तिको नाम हटाउने जस्ता प्रक्रियामा नियमित रूपमा हुने चलन हो। हियरिङको अर्थ तपाईंलाई आफ्नो कुरा राख्न र कागजातले प्रमाण दिन अवसर दिनु हो।

त्यस अवस्थामा:

(i) यदि तपाईं 01.07.1987 अघि जन्मिनुभएको छ भने जन्मसम्बन्धी कागजात पर्याप्त हुनेछ।
(ii) यदि 01.07.1987 देखि 03.12. 2004 को बीचमा जन्मिनुभएको छ भने आफ्नो र बुबा वा आमामध्ये कुनै एक जनाको नागरिकताको प्रमाण चाहिन्छ।
(iii) यदि 04.12.2004 पछि जन्मिनुभएको छ भने आफ्नो र दुवै आमाबुबाको नागरिकताको प्रमाण आवश्यक पर्छ।

नागरिकताको प्रमाणपत्रका लागि ECI ले 12 प्रकारका कागजात सूचीबद्ध गरेको छ, ती दस्तावेज मध्ये एक दस्तावेज काफी हुनेछ।

+++

नागरिकताको प्रमाणका 12 प्रकारका कागजातहरू

1. जन्म प्रमाणपत्र (Birth Certificate)
2. विद्यालयको प्रमाणपत्र जसमा जन्म मिति उल्लेख छ (School Leaving/Matriculation Certificate)
3. पासपोर्ट (Passport)
4. प्यान कार्ड (PAN Card)
5. आधार कार्ड (Aadhaar Card)
6. मतदाता परिचयपत्र (Voter Identity Card / EPIC Card)
7. स्थायी बासस्थान प्रमाणपत्र (Domicile Certificate)
8. जमिनको धनी प्रमाण, कर रसिद वा घरधनीको कागजात (Land ownership or property tax document)
9. सरकारी जागिर वा सेवा सम्बन्धी प्रमाणपत्र (Service record showing citizenship)
10. स्थानीय निकाय (नगरपालिका / ग्रामपञ्चायत) द्वारा जारी निवासी प्रमाणपत्र (Residence Certificate by Local Body)
11. 1971 वा त्यसअघि भारतमा वा राज्यमा बसोबासको प्रमाण (Proof of residence before 1971)
12. आमाबुबाको नागरिकता प्रमाणपत्र वा भारतीय जन्म प्रमाण (Parent’s citizenship documents or Indian birth certificate )

Today team members from HRAI Kurseong met Anit Thapa, Chief Executive of Gorkhaland Territorial Administration on the au...
28/09/2025

Today team members from HRAI Kurseong met Anit Thapa, Chief Executive of Gorkhaland Territorial Administration on the auspicious occasion of his Birthday and wished him a very Happy, Prosperous and Joyfilled Birthday.

Happy Birthday sir !

Formation of New Committee of HRAI Kurseong
22/09/2025

Formation of New Committee of HRAI Kurseong

New committee of HRAI Kurseong unit has been formed.
22/09/2025

New committee of HRAI Kurseong unit has been formed.

HRAI State secretary Pankaj Gupta " हम सहकार्य में बिश्वास करते है।"With Darjeeling MP Raju Bista at Kurseong
14/09/2025

HRAI State secretary Pankaj Gupta
" हम सहकार्य में बिश्वास करते है।"
With Darjeeling MP Raju Bista at Kurseong

SIR अनि दस्तावेज माथीको जनचेतना कार्यक्रमको मिडिया रिपोर्ट
08/09/2025

SIR अनि दस्तावेज माथीको जनचेतना कार्यक्रमको मिडिया रिपोर्ट

08/09/2025

14 students are killed in GenZ Protest at Kathmandu
violation

Media Coverage of the awareness Campaign on SIRजनपथ दैनिक जागरण हाम्राे प्रजाशक्ति
08/09/2025

Media Coverage of the awareness Campaign on SIR
जनपथ
दैनिक जागरण
हाम्राे प्रजाशक्ति

SIR के हो?
08/09/2025

SIR के हो?

Humanrights Association of India भारतीय मानवाधिकार एसोसिएशन HRAI digital

07/09/2025

Media Coverage

07/09/2025

SIR मा सूची गरिएको मुख्य दस्तावेज जस्तै जन्म पत्र ( birth Certificate) आदि नभए कुन माध्यम बाट निकाल्नु सकिन्छ?

भारतीय मानवाधिकार एशोसिएसनका National Legal Secretary Rahagir Fazal काे यो कुरा बुझ्नुहोस् ।

यदि SIR का दस्तावेज विषय अनि अन्य दस्तावेज विषय आफ्नो गाउँ घरमा जनचेतना चलाउनु चाहनुहुन्छ भने हामी सँगै सम्पर्क गर्नु सक्नु हुनेछ।

आफ्नो हक अनि अधिकार विषय सचेत बन्नुहोस्।

Address

Kurseong

Alerts

Be the first to know and let us send you an email when HRAI Kurseong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HRAI Kurseong:

Share