Hill Plantations Employees Union

Hill Plantations Employees Union Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hill Plantations Employees Union, Labor Union, Giddha Pahad, Kurseong.
(1)

23/06/2026

72 घण्टे भोक हडतालको चौथो चरण। 28 घण्टा पुरा भएको छ।

लङभ्यू चिया बगानका मजदुरहरूको संघर्षको समर्थनमा आज कोलकाताको नयाँ सचिवालय भवनमा CSTU द्वारा विरोध र प्रतिनिधि सभा कार्यक...
23/06/2026

लङभ्यू चिया बगानका मजदुरहरूको संघर्षको समर्थनमा आज कोलकाताको नयाँ सचिवालय भवनमा CSTU द्वारा विरोध र प्रतिनिधि सभा कार्यक्रम आयोजना गरिएको थियो। लङभ्यू गार्डेनका मजदुरहरूको बक्यौता तुरुन्तै भुक्तानी गर्न सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने माग गरिएको थियो। श्रममन्त्रीको अनुपस्थितिमा, संयुक्त आयुक्त सुमिता मुखर्जीले मागपत्र लिइन्।

दार्जिलिङको पन्खाबारी रोडको सुरुमा रहेको लङभ्यू चिया बगान। पचास दिनसम्म रिले अनशन पछि, श्रमिकहरू ७२ घण्टाको क्रमिक भोक हडतालमा छन्। उनीहरूको पसिनाले बगाएको बक्यौता १२ करोड PF र कुल बक्यौता १६ करोड रुपियाँ छ। मालिकले लामो समयदेखि यो पैसा तिरिरहेका छैनन्। श्रम विभाग र मन्त्रीको उपस्थितिमा भनिएको थियो कि मालिक गोविन्द गर्गले अप्रिल १५ सम्ममा यो बक्यौता भुक्तानी गर्ने प्रक्रिया सुरु गर्नेछन्। मालिकले आफ्नो वचन पूरा गरेका छैनन्। मालिकले विगत दुई वर्षमा बारम्बार आफ्नो वचन तोडेका छन्। भोक हडताल अपरिहार्य भयो। अवश्य पनि, आधा पेटमा बाँच्ने श्रमिकहरूका लागि यो कुनै नयाँ कुरा होइन। बगैंचामा न्यूनतम ज्याला लागू गरिएको छैन। ज्याला नाममात्र हो, र त्यो पनि बाँकी रहन्छ। खरसाङ सर्किट हाउसमा भएको अन्तिम बैठकमा मालिकको खातामा पैसा नभएको घोषणा गरिएको थियो। मालिकले बगैंचाको लागि बैंकबाट लिएको पैसा पनि खाइसकेका छन्। होइन, मालिकहरूलाई कुनै सजाय छैन। यो चलन जारी रहन सक्दैन, हामी परिवर्तन चाहन्छौं। खटिखानेहरूको जीवनमा परिवर्तन होस्। प्रणालीमा परिवर्तन होस्।

২৫ জুন ১৯৫৫ : চা শ্রমিক শহীদ দিবসমার্গারেটস হোপ চা বাগানের ‘কন্ট্রোলডাঁরা’য় সেদিন চা শ্রমিকদের মিছিলের ওপর পুলিশী গুলিব...
23/06/2026

২৫ জুন ১৯৫৫ : চা শ্রমিক শহীদ দিবস

মার্গারেটস হোপ চা বাগানের ‘কন্ট্রোলডাঁরা’য় সেদিন চা শ্রমিকদের মিছিলের ওপর পুলিশী গুলিবর্ষণে শহীদ হন ৬ জন। তার বিনিময়ে অর্জিত হয় শ্রমিকদের মজুরি বৃদ্ধি, বোনাসের অধিকার, মাতৃত্বকালীন সুবিধা, ‘হট্টাবাহার’ প্রথা বিলোপ। পরের বছর প্ল্যান্টেশন লেবর রুলস মারফত বাগিচা শ্রম আইন কঠোরভাবে মানার ব্যবস্থা হয়।

25 जून 1955 : चाय श्रमिक शहीद दिवसमार्गरेट्स होप चाय बागान के ‘कंट्रोल डाँडा’ पर उस दिन चाय श्रमिकों के जुलूस पर हुई पुल...
23/06/2026

25 जून 1955 : चाय श्रमिक शहीद दिवस

मार्गरेट्स होप चाय बागान के ‘कंट्रोल डाँडा’ पर उस दिन चाय श्रमिकों के जुलूस पर हुई पुलिस की गोलीबारी में 6 लोग शहीद हो गए। उसी के बदले श्रमिकों को मजदूरी में वृद्धि, बोनस का अधिकार, मातृत्व सुविधा और ‘हट्टाबाहार’ प्रथा के उन्मूलन जैसे अधिकार प्राप्त हुए। अगले वर्ष ‘प्लांटेशन लेबर रूल्स’ के द्वारा बागान श्रम अधिनियम को कड़ाई से लागू करने की व्यवस्था की गई।

25 जुन 1955 : चिया श्रमिक शहीद दिवसमार्गरेट्स होप चिया बागानको ‘कन्ट्रोलडाँडा’मा त्यस दिन चिया श्रमिक जुलुसमाथि पुलिसको ...
23/06/2026

25 जुन 1955 : चिया श्रमिक शहीद दिवस

मार्गरेट्स होप चिया बागानको ‘कन्ट्रोलडाँडा’मा त्यस दिन चिया श्रमिक जुलुसमाथि पुलिसको गोलीबारीले ६ जना शहीद भए। त्यसकै साटो आर्जन भए श्रमिकहरूको ज्यालावृद्धि, बोनसको अधिकार, सुत्केरी सुविधा, ‘हट्टाबहार’ प्रथा बिलोप। अर्को वर्ष प्लान्टेसन लेबर रूल्स् द्वारा बगैचा श्रम अधिनियम कडाईसाथ मान्ने व्यवस्था गरियो।

22/06/2026

२५ जुन १९५५ : चिया श्रमिक शहीद दिवस
-----------
मार्गरेट्स होप चिया बागानको ‘कन्ट्रोलडाँडा’मा त्यस दिन चिया श्रमिक जुलुसमाथि पुलिसको गोलीबारीले ६ जना शहीद भए। त्यसकै साटो आर्जन भए श्रमिकहरूको ज्यालावृद्धि, बोनसको अधिकार, सुत्केरी सुविधा, ‘हट्टाबहार’ प्रथा बिलोप। अर्को वर्ष प्लान्टेसन लेबर रूल्स् द्वारा बगैचा श्रम अधिनियम कडाईसाथ मान्ने व्यवस्था गरियो।
-----------

22/06/2026

लङभ्यू चिया बगानका श्रमिकहरुले पाउनु पर्ने पीएफको विषयमा कम्पनीले षड्यन्त्र गरिरहेको छ - छेवाङ योञ्जन

19 तारीख जुन 2026 को त्रिपक्षीय बैठकमा लङभ्यू कमानको म्यानेजमेन्टको प्रतिनिधि गर्दै कम्पनीको एच आर सवारी घोषले पि एफ बारे किस्ती व्यवस्था मिलाएको कुरा उल्लेख गर्दै पि एफ कार्यालयमा 11 लाख 17 हजार पैसा जम्मा गरेको भन्दै आश्वाशन गरेकी थिइन्। श्रमिकको पक्षबाट HPEU अनि नागरिक समाजका कतिपय मानिसहरूको एउटा टोली आज त्यही कुरा बारे सोध खोजी गर्दै पि एफ अफिस पुगेको थियो। तर यस्तो कुनै एग्रिमेन्ट बारे सिलगढी पि एफ अफिसलाई ज्ञान नभएको बताए पछि श्रमिकहरुको पि एफ को पैसा बारे बारम्बार कम्पनीले षड्यन्त्र गरेको कुरा बारे बोल्दै छेवाङ यञ्जन...

सुन्नु होला छेवाङ यञ्जनको वक्तव्य...

22/06/2026

उहाँ देविका परियर हुनु हुन्छ। हामी सबैले माया गरेर उहाँलाई देविका माँम् भन्ने गर्छौ। देविका परियरको उमेर साठी वर्ष नाघेको छ। ठ्याक्कै भन्नुपर्दा, ६५ वर्ष। उनी दार्जिलिङ पहाडमा रहेको लङभ्यू चिया बगानमा काम गर्छिन्।एउटा चिया कमानको श्रमिक ।

होइन, उनले अवकाश लिएकी छैनन्। व्यवस्थापनले उहाँको रिटायरमेन्ट रोकी दिएको छ—र त्यस सँगै पीएफ र ग्र्याचुइटी भुक्तानी पनि रोकिदिएको छ—त्यसैले उनी अहिले पनि कमानमा काम गरिरहेकी छिन्। यसैबीच, उनी आफ्नो बाँकी रहेको बक्यौता: दैनिक ज्याला, साथै उनको पीएफ र ग्र्याचुइटीको लागि लडिरहेको छिन् । जुलुसमा जान्छिन्। नारा लगाउँछिन्। अनि अहिले 72 घण्टाको अनशनमा पनि बसेकी छिन्। फेरि पनि दोहराएर भने उहाँको उमेर 65 वर्षको हो।

लङभ्यू कमानलाई पंखाबारी रोडले बीच मुटुबाट काट्छ; साई मन्दिरको त्यो दोबाटो छेउ, एकातिर भोक हड्ताल गर्ने मञ्च छ, र सडक पारि देविका दिदीको साँघुरो सानो घर छ। धेरै प्वालहरू भएको उनको घर, पानी पर्दा पानी चुहिन्छ। पानी पर्दा डेक्ची थापेर बस्नु पर्ने उहाँको घरको स्तिथि छ। उनी आफ्नो नातिसँग एक्लै बस्छिन् र आफ्नो जीविकापार्जनको लागि चिया बगानको ज्यालामा पूर्ण रूपमा निर्भर छिन्। उनले आफ्नो कच्चा घरको बारेमा पञ्चायत सदस्यहरू, प्रधान, जीटीए सभासदहरू, विधायक, सांसद आदि लगायत प्रणालीका धेरै प्रतिनिधिहरूसँग कुरा गरेकी छिन्। सबैले उनलाई आशा दिए तर वास्तवमा कसैले पनि उनको घर बनाउन मद्दत गरेनन्।

अहिले पहाडमा बर्खा लागेको छ। छेउको दुधे खोला बढेर भयङ्कर रूप लिएको छ। अहिले यहाँ पानी परिरहेको छ, र उनको घरबाट उनका हराएका सपनाहरू, भुक्तानी नगरिएको PF, पेन्सन, ज्याला र अन्य अधिकारहरू टपकिरहेका छन्।

म उनलाई हरेक बिहान रिले अनशन समाप्त गरेपछि काखमा तकिया र कम्बल राखेर घर फर्किरहेको देख्छु। हरेक बिहान उनी त्यसरी नै घर फर्कन बाटो पार गर्दै थिइन्, प्लेटफर्ममा ७२ घण्टाको भोक हडताल गर्नेहरूसँग ऐक्यबद्धतामा रातभर उभिएर। मैले उनको तस्बिर खिच्दा उनलाई लज्जाको स्पर्श महसुस भयो।

19 जुनको मिटिङ्गमा मालिक पक्षले पि एफ - को पैसा बारे कुनै स्थिर वक्तव्य अनि योजना नगरे पछि देवीका परियरले अचानक 72 घण्टे अनशन बस्ने निर्णय लिइन्। हामी सबैलाई अचम्म लाग्यो। डर पनि लागि रहेको छ। यति बेला घरमा रिटायर भएर पि एफ , ग्राचुइटी अनि पेन्सन खाने बेला यहाँ 72 घण्टाको अनशन बस्नु परी रहेको छ। उहाँ हाइ बिपी - को दबाई खान्छिन्। हामी सबै उहाँसँग अनशन स्थलमा नै उपस्थित छौ। हाम्रो नजर अहिले देवीका परियारको अवस्था माथि छ। तर उहाँको यो आँट देखेर साच्चै मलाई आँखा भरि आँशु आएको हो, आज बिहान। उहाँ रुँदै अनशन बस्नु भयो।

एक कामदारको रूपमा, एक महिलाको रूपमा, र तथाकथित 'तल्लो जात' को व्यक्तिको रूपमा जीवनभर उत्पीडनको बावजुद उनले आफू भित्र अदम्य संघर्षको भावनालाई जीवित राखेकी छिन् र मायाले हेर्ने युवतीहरूलाई यो हस्तान्तरण गरेकी छिन्।

उनी सोच्छिन् कि उनी आफ्नो संघर्ष व्यक्त गर्न सक्दिनन् र मिडियाबाट लजाउँछिन् तर उनको सबैभन्दा जटिल विषयहरूलाई पनि सरल तरिकाले व्यक्त गर्ने असाधारण तरिका छ। म यहाँ उनको कुरा उद्धृत गर्न चाहन्छु, 'जब कामी दमाई (नेपाली हिन्दू धर्ममा तल्लो जात) गरिब हुन्छ तब मात्र उनीहरूलाई जातीय अत्याचारको शिकार बनाइन्छ, नत्र सबै औंलामा सुनको औंठी, ठूलो घर र धेरै बैंक ब्यालेन्स भएको कामीलाई राम्रो व्यवहार गरिन्छ। ब्राह्मणले पनि आफ्नो घरमा खाना खान्छ।' १६ तारिख जुन 2026 बिहान अनशन केन्द्रमा जातीय भेदभावको बारे छलफल सुरु हुँदा मैले उनको यो कुरा सुनेको थिएँ।

नारा, जुलुस, धर्ना र रातभरको जागरण मार्फत, देविका परियर जस्ता महिलाहरूले हरेक दिन प्रेरणादायी उदाहरणहरू स्थापित गरे। अहिले उहाँले अनशन शुरु गरेको ठिक्कै 4 घण्टा भयो। अझै 68 घण्टा बाँकी छ। यो कस्तो व्यवस्था हो जहाँ आफ्नै कामको दाम माग्न पनि यसरी 65 वर्ष उमेर भएकी देवीका परियर जस्ता श्रमिकहरु अनशनमा बस्नु परेको हो। के यो देशको संविधानमा मालिकको यो अमानवीय व्यवहार विरुद्ध गरिने एउटा कानुन पनि छैन?

के यो देशको कानुनले गरिबलाई न्याय दिन सक्दैन?

उहाँ देविका परियर हुनु हुन्छ। हामी सबैले माया गरेर उहाँलाई देविका माँम् भन्ने गर्छौ। देविका परियरको उमेर साठी वर्ष नाघेक...

Observing the historic struggle of yesteryears, In solidarity with the ongoing struggle of today.

Address

Giddha Pahad
Kurseong

Telephone

+918617837820

Website

Alerts

Be the first to know and let us send you an email when Hill Plantations Employees Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category