अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति। AAGSU Kokrajhar District

  • Home
  • India
  • Kokrajhar
  • अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति। AAGSU Kokrajhar District

अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति। AAGSU Kokrajhar District एउटै खुन एउटै जाति, राखौ भरोसा आग्सु माथि।

शिक्षक दिवसको हार्दिक शुभकामनाज्ञान, संस्कार, अनुशासन र सही मार्गदर्शन प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्म...
05/09/2026

शिक्षक दिवसको हार्दिक शुभकामना

ज्ञान, संस्कार, अनुशासन र सही मार्गदर्शन प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अमूल्य योगदान पुर्‍याउनुहुने सम्पूर्ण आदरणीय गुरु,आचार्य तथा शिक्षक–शिक्षिकाहरूमा शिक्षक दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौँ।

शिक्षकहरूको समर्पण, त्याग र प्रेरणाले हरेक विद्यार्थीको जीवनमा सफलताको नयाँ बाटो खोलोस्। उहाँहरूको योगदानप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि सहित हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं।    🙏 Happy Krishn...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि सहित हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं।
🙏 Happy Krishna janmasthmi 🙏

**हार्दिक बधाई तथा शुभकामना**अखिल असम गोर्खा छात्र संघका केन्द्रीय समितिका सदस्य किरण पौडेल ज्यूलाई स्वास्थ्य सचिव पदमा ...
29/08/2026

**हार्दिक बधाई तथा शुभकामना**

अखिल असम गोर्खा छात्र संघका केन्द्रीय समितिका सदस्य किरण पौडेल ज्यूलाई स्वास्थ्य सचिव पदमा पदोन्नति हुनुभएकोमा हार्दिक हामी अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौँ।
नयाँ जिम्मेवारीसँगै उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस्। संगठनलाई अझ सुदृढ, सक्रिय तथा प्रभावकारी बनाउन उहाँको योगदान निरन्तर रहिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

**हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!*

🌿 **क्वाँटी खाने पर्वको हार्दिक शुभकामना!** 🌿गोर्खाली महजाति भित्र नेवार समुदायको मौलिक संस्कृति, परम्परा र स्वस्थ जीवनश...
28/08/2026

🌿 **क्वाँटी खाने पर्वको हार्दिक शुभकामना!** 🌿

गोर्खाली महजाति भित्र नेवार समुदायको मौलिक संस्कृति, परम्परा र स्वस्थ जीवनशैलीसँग जोडिएको पवित्र "क्वाँटी खाने"पर्वको सुखद अवसरमा सम्पूर्ण गोर्खाली दाजुभाइ तथा दिदीबहिनी, आमा-बुवाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पर्वले हाम्रो मौलिक संस्कृति, आपसी सद्भाव, एकता र भाइचारालाई अझ सुदृढ बनाउँदै लैजाओस्।

**क्वाँटी खाने पर्वको हार्दिक शुभकामना!** 🌿🙏

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा हजुरहरु सबैमा सुस्वास्थ,दीर्घायु, उत्तरोत्तर उन्नति तथा प्रगति सहित हार्दिक म...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा हजुरहरु सबैमा सुस्वास्थ,दीर्घायु, उत्तरोत्तर उन्नति तथा प्रगति सहित हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं।

बलिदान दिवसको शुभकामनाराष्ट्र र समाजको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने वीर शहीद मेजर दुर्गा मल्लको  त्याग,...
25/08/2026

बलिदान दिवसको शुभकामना

राष्ट्र र समाजको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने वीर शहीद मेजर दुर्गा मल्लको त्याग, साहस र योगदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बलिदान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

शहीदहरूको त्याग र बलिदानले हामीलाई राष्ट्रप्रेम, एकता, साहस र कर्तव्यनिष्ठाको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरिरहोस्। उहाँहरूको अमर योगदानलाई सदैव स्मरण गर्दै भावी पुस्तासम्म यसको गौरवपूर्ण इतिहास पुर्‍याउने प्रतिबद्धता गरौँ।

वीर शहीद अमर रहून्
बलिदान दिवसको शुभकामना 💐💐

हिजो मिति 20 अगष्ट 2026 बिहीबारको दिन अठीयाबारी छेत्री बस्ती स्थित सामूहिक प्रेक्षागृहमा अखिल असम गोर्खा छात्र संघ कोक्र...
21/08/2026

हिजो मिति 20 अगष्ट 2026 बिहीबारको दिन अठीयाबारी छेत्री बस्ती स्थित सामूहिक प्रेक्षागृहमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति अन्तर्गत अठीयाबारी आञ्चलिक समितिको १८ औं द्वि-वार्षिक प्रतिनिधि सभा सम्पन्न हुन्छ।
उक्त प्रतिनिधि सभाले निर्विरोध अठीयाबारी आञ्चलिक समिति आग्सुको सभापतिको रूपमा विवेक पाठकलाई र मूल सचिवको रूपमा गोकुल कोइरालालाई सर्वसम्मतिले चयन गरी सर्वमुठ ३२ जनाको एउटा दर्बिलो आञ्चलिक समिति गठन गर्दछ।
यस अवसरमा नव निर्वाचित अठीयाबारी आञ्चलिक समितिको सभापति एवं मूलसचिव लगायत सम्पूर्ण टोलीलाई अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं। साथै नव-निर्वाचित आञ्चलिक समितिले आगामी दिनमा सङ्गठनलाई अझ शसक्त,उपलब्धिमूलक बनाउँदै गोर्खाली जनजीवनको हरेक समस्यामा सम्मिलित रहेर प्रत्येक समस्याहरूको समाधानको बाटो खोज्ने,शैक्षिक एवं साँस्कृतिक क्षेत्रमा उन्नतिको आधार बन्ने छ भन्ने हामी अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति विश्वास राख्दछौं।
पुनः नव निर्वाचित सम्पूर्ण टोलीलाई हार्दिक एवं अपार सफलताको शुभकामना व्यक्त गर्दछौं।
साथै यसै अवसरमा ३५ औं नेपाली भाषा मान्यता दिवस पनि धूम धामका साथ सम्पन्न हुन्छ ।
congaratulations 🎉🎉

नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामनानेपाली भाषाले हाम्रो भाषा, साहित्य, संस्कृति, इतिहास र पहिचानलाई जोड्ने महत्व...
20/08/2026

नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना

नेपाली भाषाले हाम्रो भाषा, साहित्य, संस्कृति, इतिहास र पहिचानलाई जोड्ने महत्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएको छ। नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्दै सम्पूर्ण नेपाली भाषी तथा भाषाप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली भाषा मान्यता दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आफ्नो मातृभाषाप्रति प्रेम, सम्मान र गर्व गर्दै नेपाली भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि हामी सबै निरन्तर एकजुट भएर अघि बढौँ।

“भाषा हाम्रो पहिचान हो, नेपाली भाषा हाम्रो गौरव हो।”

जय नेपाली भाषा!
जय गोर्खा!

सबैमा स्वतन्त्रता दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं।happy independence day to all🇮🇳🇮🇳jay hind🇮🇳
15/08/2026

सबैमा स्वतन्त्रता दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं।
happy independence day to all🇮🇳🇮🇳
jay hind🇮🇳

आज मिति 08 अगष्ट 2026 शनिवारको दिन जिल्ला आग्सु मुख्य कार्यालय कोक्राझार गोर्खा भवनमा अखिल असम गोर्खा छात्र संघ कोक्राझा...
08/08/2026

आज मिति 08 अगष्ट 2026 शनिवारको दिन जिल्ला आग्सु मुख्य कार्यालय कोक्राझार गोर्खा भवनमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति अन्तर्गत कोक्राझार आञ्चलिक समितिको विशेष प्रतिनिधि सभा सम्पन्न हुन्छ।
उक्त प्रतिनिधि सभाले निर्विरोध कोक्राझार आञ्चलिक समिति आग्सुको सभापतिको रूपमा रोहन क्षेत्रीलाई र मूल सचिवको रूपमा प्रसञ्जित नेवारलाई सर्वसम्मतिले चयन गर्दछ।
यस अवसरमा नव निर्वाचित कोक्राझार आञ्चलिक समितिको सभापति एवं मूलसचिव लगायत सम्पूर्ण टोलीलाई अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछौं। साथै नव-निर्वाचित आञ्चलिक समितिले आगामी दिनमा सङ्गठनलाई अझ शसक्त,उपलब्धिमूलक बनाउँदै गोर्खाली जनजीवनको हरेक समस्यामा सम्मिलित रहेर प्रत्येक समस्याहरूको समाधानको बाटो खोज्ने,शैक्षिक एवं साँस्कृतिक क्षेत्रमा उन्नतिको आधार बन्ने छ भन्ने हामी अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति विश्वास राख्दछौं।
पुनः नव निर्वाचित सम्पूर्ण टोलीलाई हार्दिक एवं अपार सफलताको शुभकामना व्यक्त गर्दछौं।
congaratulations 🎉🎉

Address

Kokrajhar
783370

Telephone

+919508268212

Website

Alerts

Be the first to know and let us send you an email when अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति। AAGSU Kokrajhar District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समिति। AAGSU Kokrajhar District:

Shortcuts

Share