Bhalukhop Sudhar Samity, Kalimpong

Bhalukhop Sudhar Samity, Kalimpong Bhalukhop Sudhar Samity is an umbrella organisation of 13 different clubs of Bhalukhop formed on 11th August 2017

09/06/2026

स्थानीय भालुखोप स्थित बैतर्णी परिसरमा नशालु पदार्थ सेवन तथा विक्री कार्य भइरहेको आशंकालाई मध्य नजर राख्दै आज सुधार समिति अधिनस्थ रहेको नशा निवारण समितिको एक टोलीद्वारा उक्त क्षेत्रमा भ्रमण गरियो।

05/06/2026

आज 5 जून 2026 को दिन विश्व पर्यावरण दिवसको अवसरमा भालुखोप सुधार समितिद्वारा समिति अधिनस्थ विभिन्न ठाउँहरुमा बिरुवा रोप्ने कार्य सम्पन्न गरियो।
समितिद्वारा विगत वर्षदेखि नै स्वच्छ भालुखोप सगँ सगैँ सुन्दरीकरण अभियानमा पनि लागिपरेको छ। त्यसै क्रमलाई जारी राख्दै यस वर्ष पनि स्थानीय लमिनि गाउँ, चमडा गोदाम अनि दन्ते गाउँमा सौन्दर्यको निम्ति धुप्पीको बिरुवाहरु लगाइयो।

29/05/2026

आज 29/05/2026 को दिन कालेबुङ एनजीओ नेटवर्कद्वारा आयोजित "समाज तथा सामुदायिक साझेदारी बैठक" मा कालेबुङ जिल्ला पुलिस अधिक्षक अपराजिता राई (आई°पी°एस°) ले आफ्नो सम्बोधनमा भालुखोप सुधार समितिद्वारा गर्दै आएको सामाजिक कार्यहरुको खुलेर प्रशंसा गर्नुभयो। उहाँले विशेष रुपले समितिद्वारा किरायमा बस्ने व्यक्तिहरुको विवरण उठाएर पञ्जिकृत गराइने कार्यको उल्लेख गर्नुभयो। स्थानीय जय हिन्द भवन, कालेबुङमा आयोजित बैठकमा कालेबुङ खण्ड एक भित्र पर्ने करिब 80 वटा संघ, संस्था, समाजका 150 भन्दा अधिक प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त बैठकमा समितिबाट उप सभापति देव कुमार छेत्री, कोषाध्यक्ष बिकास प्रधान, सल्लाहकार हर्क बहादुर छेत्री अनि बिमल शर्माले आफ्नो सहभागिता जनाएका थिए।

भालुखोप सुधार समितिद्वारा तयार पारिएको भालुखोपको मानचित्र (Route map) को एक प्रति आज भालुखोप ग्राम पञ्चायतलाई पनि कार्यल...
18/05/2026

भालुखोप सुधार समितिद्वारा तयार पारिएको भालुखोपको मानचित्र (Route map) को एक प्रति आज भालुखोप ग्राम पञ्चायतलाई पनि कार्यलयको निम्ति हस्तान्तरण गरियो। उक्त मान चित्र समितिद्वारा भालुखोप ग्राम पञ्चायत अनि ३४ न° समष्टि सभासदको विशेष सहयोगमा तयार पारेर गत १६ मई २०२६ को दिन स्थानिय आइ° पी° पार्क मुनि मल्ली रोडमा जडान गरेर सार्वजनिकरण गरिएको थियो।

आज 16/05/2026 को दिन भालुखोप सुधार समितिद्वारा तयार पारिएको भालुखोपको मान चित्र (ROUTE MAP OF BHALUKHOP) एक कार्यक्रमबीच...
16/05/2026

आज 16/05/2026 को दिन भालुखोप सुधार समितिद्वारा तयार पारिएको भालुखोपको मान चित्र (ROUTE MAP OF BHALUKHOP) एक कार्यक्रमबीच अनावरण गरियो। उक्त अनावरण कार्यक्रममा ३४ न° समष्टि सभासद श्री बिकास राई, भालुखोप ग्राम पञ्चायत प्रधान श्रीमती मनु राई, उप प्रधान श्री फुर्वा भोटिया, एवं सदस्यहरू श्री अनिल राई, श्री सचिन राई, कालेबुङ खण्ड १ बाट प्रतिनिधित्व गर्दै मानवज्यू , बिदुर राई फाउन्डेसनबाट सेटलर श्री बिराज राई, प्रगतिशील समाजबाट सचिव श्री ध्रुव तामाङ विशेष रुपले उपस्थित रहेका थिए भने सुधार समितिमा अन्तर्भुक्त विभिन्न समाजका सभापति सचिव अनि समिति सभापति श्री किरण गुरुङ लगायत अन्य पदाधिकारीवर्ग पनि उपस्थित रहेका थिए। कार्यक्रममा उपस्थित विशेष व्यक्तिहरुको बाहुलीबाट मानचित्रको अनावरण गरिएको थियो भने समिति सचिव श्री दिपक तामाङद्वारा उक्त मानचित्रको औचित्य बारे प्रकास पार्दै मानचित्र तयार पार्ने कार्यमा सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद ज्ञापन पनि गरियो।

आज 09/05/2026 को दिन भालुखोप सुधार समितिद्वारा आफ्नो वार्षिक क्यालेन्डर ईभेन्ट अन्तर्गत वर्षको पहिलो बाटो सर सफाई कार्य ...
09/05/2026

आज 09/05/2026 को दिन भालुखोप सुधार समितिद्वारा आफ्नो वार्षिक क्यालेन्डर ईभेन्ट अन्तर्गत वर्षको पहिलो बाटो सर सफाई कार्य सम्पन्न गरियो। समितिद्वारा आफ्नो स्थापना काल 2017 देखि नै क्षेत्रमा रहेको बाटो,नाली वर्षमा दुई चोटी सर सफाई गर्दै आएको छ।
पहिलो चोटीको बाटो सफाइ मनसुन अघि हुने गर्दछ भने दोस्रो चोटीको सफाइ मनसुन पछि हुने गर्दछ।
आजको सफाई कार्यमा समितिमा अन्तर्भुक्त १३ वटा विभिन्न समाजका सदस्यहरू बिहानदेखि नै सफाई कार्यमा जुटेका थिए भने आजको सफाई कार्यमा स्थानीय मोमिन समाज, भालुखोपको पनि सक्रिय सहभागिता रहेको थियो।
यसरी बाटो नाली समय समयमा सफाई गर्दा हाम्रो परिवेश स्वच्छ हुनुका साथै बाटो पनि केही हदसम्म भए पनि टिकाउ हुने भएकोले समितिले यसलाई प्राथमिकता दिदैँ आएको छ।

भालुखोप सुधार समितिमा आदर्श क्लब, लमिनि गाउँको प्रतिनिधि साथै समिति सदस्य श्री तेन छिरिङ लेप्चाज्यूको जन्म दिनको शुभ उपल...
08/05/2026

भालुखोप सुधार समितिमा आदर्श क्लब, लमिनि गाउँको प्रतिनिधि साथै समिति सदस्य श्री तेन छिरिङ लेप्चाज्यूको जन्म दिनको शुभ उपलक्ष्यमा समितिको तर्फबाट उहाँलाई हार्दिक शुभेच्छा एवम् शुभकामना व्यक्त गर्दछौं।
Sanju Lepcha

सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुमा २५७० औं बुद्ध जयन्तीको हार्दिक शुभकामना।
01/05/2026

सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुमा २५७० औं बुद्ध जयन्तीको हार्दिक शुभकामना।

नेपाली नयाँ वर्ष २०८३ को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।
14/04/2026

नेपाली नयाँ वर्ष २०८३ को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

भालुखोप सुधार समितिमा एकता संघ, चमडा गोदामको प्रतिनिधि साथै समिति कार्यकारी सदस्य श्री प्रणित शेर्पाज्यूको जन्म दिनको शु...
10/04/2026

भालुखोप सुधार समितिमा एकता संघ, चमडा गोदामको प्रतिनिधि साथै समिति कार्यकारी सदस्य श्री प्रणित शेर्पाज्यूको जन्म दिनको शुभ उपलक्ष्यमा समितिको तर्फबाट उहाँलाई हार्दिक शुभेच्छा एवम् शुभकामना व्यक्त गर्दछौं।
Pranit Sharp Sherpa

Address

Bhalukhop, Melli Road
Kalimpong
734301

Telephone

9832009851

Website

Alerts

Be the first to know and let us send you an email when Bhalukhop Sudhar Samity, Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share