Bidur Rai Foundation

Bidur Rai Foundation Do your best, God will do the rest. Late Bidur Rai

धन्यवाद हिमालय दर्पण🙏  Bidur Rai Adventure ParkBiraj Rai
02/08/2026

धन्यवाद हिमालय दर्पण🙏


Bidur Rai Adventure Park
Biraj Rai

02/08/2026

Thank you iNEWS

01/08/2026

आज १ अगस्ट २०२६ को दिन दलमान गाउँ छोटा भालुखोप स्थित नव निर्मित बिदुर राई एडवेञ्चर पार्कको विधिवत् उद्घाटन कालेबुङका विधायक भरत कुमार छेत्रीको बाहुलीबाट कालेबुङ नगरपालिका पूर्व अध्यक्ष रवि प्रधानको विशेष उपस्थितिमा सम्पन्न भएको छ। उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण संघ संस्था, समाजका प्रतिनिधि साथै व्यक्ति विशेषलाई हामी हार्दिक आभार व्यक्त गर्दछौं।
कालेबुङको नजिकमा नै अवस्थित उक्त एड्भेञ्चर पार्कको मनोरञ्जन लिन चाहने इच्छुक व्यक्तिहरूले हामीलाई ‌निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। पार्कमा जिपलाईन्, स्काई साइक्लिङ, बर्मा ब्रिज, स्वीमिङ पुल अनि सुन्दर प्राकृतिक झरना आदिको मनोरञ्जन लिन अनि अवलोकन गर्न सकिन्छ।
सम्पर्क न° 098320 09851
098839 92336



Bidur Rai Adventure Park
Biraj Rai

बिदुर राई फाउन्डेसनको पहलमा स्व° बिदुर राईको सपनालाई साकार पार्न हेतु दलमान गाउँ छोटा भालुखोपमा निर्माण भइरहेको नयाँ पर्...
20/07/2026

बिदुर राई फाउन्डेसनको पहलमा स्व° बिदुर राईको सपनालाई साकार पार्न हेतु दलमान गाउँ छोटा भालुखोपमा निर्माण भइरहेको नयाँ पर्यटकीय गन्तव्य स्थल बिदुर राई एड्भेञ्चर पार्कको निम्ति सहयोगको हात बडाउने मनकारी व्यक्तिहरुको संख्या दिनहुँ बढिरहेको छ।
यसै क्रममा हाल इस्राएलमा कार्यरत् कालेबुङकै छोरी सुश्री प्रज्वलिता शेर्पाले आफ्ना दिवंगत बाजेद्वय स्व° तेञ्जिङ शेर्पा (पैत्रिक बाजे) अनि स्व° बसन्त गुरुङ (मावली बाजे) को सम्झनामा १० बोरा सिमेन्ट प्रदान गरेर सहयोग पुर्याएकी छिन्।
हामी बिदुर राई फाउन्डेसनको तर्फबाट उहाँलाई आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्दै दुवै दिवगंत आत्मा शान्तिको निम्ति कामना पनि गर्दछौं।


Bidur Rai Adventure Park
Biraj Rai

20/07/2026

बिदुर राई फाउन्डेसनको पहलमा स्थानीय दलमान गाउँ छोटा भालुखोपमा निर्माणाधीन अवस्थामा रहेको बिदुर राई एड्भेञ्चर पार्कको निम्ति सोमबारे बेथलेहेम प्रार्थना झुण्ड, नेवार गाउँ, बडा भालुखोपद्वारा दिनाङ्क 19/07/2026 को दिन निर्माण स्थलमा नै आएर परियोजना सफलताको निम्ति प्रार्थना गरिदिनुका साथै केही आर्थिक सहयोग पनि प्रदान गरियो। बिदुर राई फाउन्डेसनद्वारा गरिएको हरेक सामाजिक कार्यहरुमा उक्त प्रार्थना झुण्डले आफ्नो सहयोगको हात बडाउँदै आइरहेको छ।
हामी बिदुर राई फाउन्डेसनको तर्फबाट सोमबारे बेथलेहेम प्रार्थना झुण्डलाई सहयोग अनि प्रार्थनाको निम्ति आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्दछौं।


Bidur Rai Adventure Park
Biraj Rai

धन्यवाद हिमालय दर्पण🙏  Bidur Rai Adventure ParkBiraj Rai
18/07/2026

धन्यवाद हिमालय दर्पण🙏



Bidur Rai Adventure Park
Biraj Rai

📢विशेष जानकारी 📢भोलि 18 जुलाईको दिन सम्पन्न हुने भनिएको बिदुर राई एड्भेञ्चर पार्कको उद्घाटन कार्यक्रम कतिपय विवशताको कार...
17/07/2026

📢विशेष जानकारी 📢
भोलि 18 जुलाईको दिन सम्पन्न हुने भनिएको बिदुर राई एड्भेञ्चर पार्कको उद्घाटन कार्यक्रम कतिपय विवशताको कारण केही दिन पछि सारिएको छ।
हामी चाँडै नै अर्को मिति तय भएपछि पुनः जानकारी साझा गर्नेछौं।
यहाँहरु प्रति पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं।
धन्यवाद!

Bidur Rai Adventure Park

17/07/2026

बिदुर राई फाउन्डेसनको निमन्त्रणामा दिनाङ्क 16/07/2026 को दिन फाउन्डेसनको पहलमा स्थानीय दलमान गाउँ छोटा भालुखोपमा निर्माणाधीन नयाँ पर्यटक स्थल बिदुर राई एड्भेञ्चर पार्कमा कालेबुङका माननीय विधायक श्री भरत कुमार छेत्रीद्वारा स्थलगत भ्रमण गरियो। कालेबुङका विधायक चुनिएपछि उहाँको यो पहिलो भालुखोप भ्रमण रहेको थियो। भ्रमणको क्रममा विधायक श्री छेत्रीले आउँदो दिनमा उक्त पर्यटक स्थललाई विस्तार गरेर लैजानको निम्ति विभिन्न आवश्यक परियोजनाहरूको प्रतिश्रुती दिनुभएको छ।
स्मरण रहोस् बिदुर राई एड्भेन्चर पार्क स्व° बिदुर राईको स्मरणमा कालेबुङ नगरपालिका पूर्व प्रशासक श्री रबि प्रधानको विशेष सहयोगमा गत वर्षदेखि नै निर्माण भइरहेको छ भने यसको उद्घाटन आउँदो केही दिनमा नै हुन गइरहेको छ। वहाँको यो पार्क भ्रमणको निम्ति बिदुर राई फाउन्डेसनको तर्फबाट फाउन्डेसनको सेटलर श्री बिराज राईले कृतज्ञता प्रकट गर्नु भएको छ।
आजको भ्रमण अवधि विधायकको साथमा भाजपा जिल्ला महासचिव श्री सोङ्देन लेप्चा अनि श्री अर्पण गुरुङ साथै 34 न° समष्टि सभासद श्री बिकास राई पनि उपस्थित रहेका थिए ।


Bidur Rai Adventure Park

Biraj Rai

Address

Malli Road, Chota Bhalukhop
Kalimpong
734301

Telephone

+919832009851

Website

Alerts

Be the first to know and let us send you an email when Bidur Rai Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share