23/07/2026
हाम्रो मातृभूमि असमको माटोमा निर्माण भएको र सेन्सर बोर्ड (CBFC) बाट प्रमाण पत्र प्राप्त असमकै पहिलो गोर्खाली चलचित्र ‘आशीष’ यही २४ जुलाई देखि असमका विभिन्न सहरहरूका सिनेमा घर (Hall) हरूमा प्रदर्शन भइरहेको छ।
हाम्रै आफ्नै माटोको कथा, हाम्रै कलाकारहरूको अभिनय र तुषार शर्माज्यूको निर्देशन/निर्माणमा बनेको यो चलचित्र गोर्खाली सिने जगत्का लागि एउटा ठूलो ऐतिहासिक उपलब्धि हो।
हाम्रो आफ्नै भाषा, संस्कृति र कला क्षेत्रलाई अगाडि बढाउन अनि स्थानीय कलाकारहरूको हौसला बढाउनका लागि हामी सबैको साथ र सहयोग अनिवार्य छ। त्यसैले असम गोर्खा कलाकार संघको तर्फबाट सम्पूर्ण आदरणीय दर्शकवृन्दमा नजिकैको सिनेमा घरमा गएर यो चलचित्र हेरी सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सिनेमा घर तथा शो टाइमहरू (Showtimes):
• गुवाहाटी: PVR: City Centre (5:30 PM) | Cinepolis Central Mall (12:30 PM)
• ढेकियाजुली: Nakshatra Cinemas (3:10 PM)
• टाङ्ग्ला: Saya Digital Cinema (2:30 PM)
• तेजपुर: SVF Cinemas (2:50 PM)
• विश्वनाथ: Connplex Cinemas (3:30 PM)
• बिहपुरिया: Prerana Cinema (2:15 PM)
• डिब्रुगढ: Galleria Cinemas (3:30 PM)
• तिनसुकिया: Galleria Cinemas (3:25 PM)
• होजाई: Gold Digital Cinema (2:40 PM)
🎟️ टिकट बुक गर्नका लागि: BookMyShow एप वा वेबसाइट प्रयोग गर्न सक्नुहुनेछ।
हाम्रो भाषा, हाम्रै चलचित्र, हाम्रै गर्व!
आउनुहोस्, सबै मिलेर हलसम्म पुगौँ र गोर्खाली सिनेमालाई माया गरौँ।
जय कला, जय गोर्खा!
|| असम गोर्खा कलाकार संघ ||