06/09/2026
भावपूर्ण श्रद्धाञ्जली 💐🕊️
असमका चर्चित लोक गायक तथा वरिष्ठ सांस्कृतिक व्यक्तित्व हुकुम मगरज्यूको असामयिक निधनको दुःखद खबरले असम गोर्खा कलाकार संघ स्तब्ध एवम् मर्महत भएको छ।
"कागज नम्बरमा खुकुरी कम्मरमा" जस्ता अनगिन्ती कालजयी गीतहरूमार्फत नेपाली भाषा, लोकसंस्कृति र गोर्खाली साङ्गीतिक पहिचानलाई समृद्ध बनाउन उहाँले पुर्याउनुभएको योगदान अतुलनीय छ। उहाँको निधनले असमको साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँका सिर्जनाहरू हाम्रा माझ सधैँ अमर रहनेछन्।
यस शोकको घडीमा असम गोर्खा कलाकार संघ दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त परिवारजन एवम् शुभचिन्तकहरूमा यस बज्रपात सहन गर्ने धैर्यधारण शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ।
शोक सन्तप्त:
असम गोर्खा कलाकार संघ (केन्द्रीय कमिटी)
तिलक नेवार (अध्यक्ष)
बब्लु नेवार (मूल सचिव)