Sarvodaya Samaj Lingchom West Sikkim

Sarvodaya Samaj Lingchom West Sikkim SOCIAL ORGANIZATION

Funeral Ritual NoticeIt is with deep sorrow that we inform the passing of Mrs. Labden Bhutia, beloved wife of Dorjee Tsh...
12/04/2026

Funeral Ritual Notice
It is with deep sorrow that we inform the passing of Mrs. Labden Bhutia, beloved wife of Dorjee Tshering Bhutia, a resident of Lingchom under Tikjek Gram Panchayat Unit, Yangthang area, Gyalshing District, West Sikkim. She breathed her last at her residence on March 3, 2026, at the age of 72.
Her demise has left not only her family but the entire village and community in deep grief.
The 49th-day purification ritual (Shuddhi Karya) of the late Labden Bhutia will be held on Monday, April 20, 2026, at her residence in Lingchom. We humbly request your presence to pray for the eternal peace of the departed soul.
Venue: Lingchom (Dara Gaon) premises
Mourning Family:
Dorjee Tshering Bhutia (Husband)
Sherap Palden / Sonam Palden (Sons)
Laden Bhutia / Chinglam Bhutia / … (Daughters-in-law)
Tshering Palmu and Tshering Ongmu Bhutia (Daughters)
Contact: 9609204168 / 9734188664.

12/04/2026

अन्त्येष्टि क्रिया

पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तरगत या‌ङ्थाङ क्षेत्रमा पर्ने लिङ्चोम तिक्जेक ग्राम पन्चायत एकाइको लिङ्गचोम निवासी दोर्जी छिरिङ भोटियाकि धर्म पत्नी लाबदेन भोटियाको 3/3/ 2026 का दिन 72 वर्षको उमेरमा आफ्नु निजि निवासमा अन्तिम सास लिनु भयो।
वहाँको निधनले उनको परिवार संगै सारा गाउँ समाजलाईनै शोकमा डुबाएको छ। मृतक पाल्देन भोटियोको आगामी 20 अप्रेल 2026 सोमबारका दिन 49 औ शुद्धीकार्य निजी वासस्थान लिङ्गचोममा सम्पन्न हुने अन्त्येष्टि कार्यमा उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गरिदिनु हुन निवेदन टक्राउछौं।
स्थान : लिङ्गचोम (डाँडा गाउँ ) परिसर । शोकाकुल परिवार
दोर्जी छिरिङ भोटिया (पति) सेरप पल्देन / सोनाम पाल्देन ( छोराहरू)
लाडेन भोटिया/ छिङ्लाम भोटोटिया / ........( बुहारी) छिरिङ पाल्मु अनि छिरिङ ओङ्मु भोटिया
छोरीहरु ।

सम्पर्क 9609204168/9734188664.

भावपुर्ण श्रद्धाञ्जली 💐💐💐लिङ्चोम निवासीलाबदेन भोटिया  अब हामी माझ  रहिनन्  ।3/3/ 2026 का दिन  72 वर्षको उमेरमा  आफ्नु नि...
07/03/2026

भावपुर्ण श्रद्धाञ्जली 💐💐💐
लिङ्चोम निवासी

लाबदेन भोटिया अब हामी माझ रहिनन् ।
3/3/ 2026 का दिन 72 वर्षको उमेरमा आफ्नु निजि निवासमा अन्तिम सास लिनु भयो।
वहाँको निधनले उनको परिवार संगै सारा गाउँ समाजलाईनै शोकमा डुबाएको छ।
वहाँकाे पार्थिक शरीर आइतबार 8/3/2026 चेरेजि नजिकको घाटमा संस्कार गरिने छ ।वाहाँले यश संसारमा आफ्नो श्रीमान् ,दुई छाेरी,दुई छाेरा,बुहारी नाति,नातिनीलाई छोडेर स्वर्गवास हुनु भएको छ।यस दुखद घडीमा हामी शोकाकुल परिवारप्रति सहानुभूति प्रकट गर्दै उनको शवयात्रामा सहभागिता जनाउदै दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गर्दछौं ।

अन्त्येष्टि क्रियापश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तरगत या‌ङ्थाङ क्षेत्रमा पर्ने लिङ्चोम तिक्जेक ग्राम पन्चायत एकाइको लि...
06/03/2026

अन्त्येष्टि क्रिया

पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तरगत या‌ङ्थाङ क्षेत्रमा पर्ने लिङ्चोम तिक्जेक ग्राम पन्चायत एकाइको लिङ्गचोम निवासी अम्बर गुरुङका एक मात्र पुत्र नरेन्द्र गुरुङको 18 बर्षिको उमेरमा गत 28 फरवरी शनिबारको राती तिक्जेक भिरमा बहान दुर्घटनामा परी दुःखद निधन भयो। यस दुखद घडीमा हामी शोकाकुल परिवारप्रति सहानुभूति प्रकट गर्दै उनको शवयात्रामा सहभागिता जनाउनु हुने समस्त आफन्त, इष्टमित्र, छर-छिमेक, बन्धु-बान्धव तथा शुभचिन्तकहरूप्रर्ति कृतज्ञता प्रकट गर्दछौं। मृतक नरेन्द्र गुरुङको मिति 14 मार्च 2026 शनिबारको दिन निजी वासस्थान लिङ्गचोममा सम्पन्न हुने अन्त्येष्टि कार्यमा उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गरिदिनु हुन निवेदन टक्राउछौं।
स्थान : लिङ्गचोम (डाँडागाउँ) परिसर । शोकाकुल परिवार अम्बर गुरुङ (पिता) श्रीमती डोमा शेर्पा (गुरुङ) (माता)
बिन्ता गुरुङ (दिदी) सुनिता गुरुङ (दिदी) लगायत सम्पुर्ण शोकाकुल परिवार । सम्पर्क = 7363899684,7550802134.

अन्त्येष्टि क्रियापश्चिम सिक्किमको  गेजिङ जिल्ला अन्तरगत याङ्थाङ   क्षेत्रमा पर्ने लिङ्चोम तिक्जेक  ग्राम पन्चायत एकाइको...
05/03/2026

अन्त्येष्टि क्रिया

पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तरगत याङ्थाङ क्षेत्रमा पर्ने लिङ्चोम तिक्जेक ग्राम पन्चायत एकाइको पार्बोक सल्ले निवासी प्रदिप छेत्रीको 45 बर्षिको उमेरमा गत 28 फरवरी शनिबारको राती तिक्जेक भिरमा बहान दुर्घटनामा परी दिन निधन भयो। यस दुखद घडीमा हामी शोकाकुल परिवारप्रति सहानुभूति प्रकट गर्दै उनको शवयात्रामा सहभागिता जनाउनु हुने समस्त आफन्त, इष्टमित्र, छर-छिमेक, बन्धु-बान्धव तथा शुभचिन्तकहरूप्रर्ति कृतज्ञता प्रकट गर्दछौं। मृतक प्रदिप छेत्रीको मिति 12 मार्च 2026 बिहिवारको दिन निजी वासस्थान पार्बिक सल्लेमा सम्पन्न हुने अन्त्येष्टि कार्यमा उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गरिदिनु हुन निवेदन टक्राउछौं।
स्थान : सल्ले - पार्बोक (वरडाँडा) परिसर ।

शोकाकुल परिवार

खड्क बहादुर छेत्री (पिता)
श्रीमती संगिता छेत्री (माता)
श्रीमती तुल्सी छेत्री (पत्नी)
प्रसान्त छेत्री छोरा
प्रणिता छेत्री छोरी
लगायत सम्पुर्ण शोकाकुल परिवार ।

दु:खद  समाचार हार्दिक श्रद्धाञ्जली  गेजिङ जिल्लाको मानेबुङ देन्ताम क्षेत्रमा पर्ने  केरेमथाङ, हाल लिङ्चोम निवासी स्व. बि...
08/02/2026

दु:खद समाचार
हार्दिक श्रद्धाञ्जली

गेजिङ जिल्लाको मानेबुङ देन्ताम क्षेत्रमा पर्ने केरेमथाङ, हाल लिङ्चोम निवासी स्व. बिर्खरानी राईको ८९ वर्षको उमेरमा दुःखद निधन भएको छ। वहाँको आज बिहान ४:३० बजे सोकेथाङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्व. राईको पार्थिव शरीरको अन्त्येष्टि संस्कार भोलि ९ फरवरी सोमबारका दिन केरेमथाङस्थित पुरानो घर नजिक सम्पन्न गरिने जानकारी प्राप्त भएको छ।
स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
शोकाकुल परिवार
छोराहरू:
जित बहादुर राई
राम बहादुर राई
मक्कर बहादुर राई
छोरीहरू:
मनमाया राई
भिम रानी राई
कमला राई
बुहारीहरू:
सुनुहाङ्मा लिम्बू
दिल माया राई
सन माया लिम्बू

(KUTSE SHEGU)The 49th day (KUTSE SHEGU) of Late GYAMU BHUTIA (LINGCHOM CHUM MAILEE) Geyzing, who left for heavenly abode...
05/09/2025

(KUTSE SHEGU)

The 49th day (KUTSE SHEGU) of Late GYAMU BHUTIA (LINGCHOM CHUM MAILEE) Geyzing, who left for heavenly abode on 22nd July 2025 falls on 08.09.2025, (Monday) All family members, relatives, friends and well wishers are requested to join in our offerings of prayers for departed soul at our residence LINGCHOM, GEYZING, WEST SIKKIM. We also would like to thank all those who stood by us during our time of bereavement. Contact number: 9733224496, 7029320277.

06/08/2025
“स्वच्छता नै सेवा” भन्ने भावनालाई आत्मसात गर्दै मिडल लिङचोम च्याण्डाँडा  क्षेत्रमा आज एक विशेष सरसफाइ अभियान सफलतापूर्वक...
06/08/2025

“स्वच्छता नै सेवा” भन्ने भावनालाई आत्मसात गर्दै मिडल लिङचोम च्याण्डाँडा क्षेत्रमा आज एक विशेष सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भयो। स्थानीय आँगनबाडी केन्द्र परिसरमा सम्पन्न यो अभियानमा साई समिति लिङचोम र नारी समूह लिङचोमको सक्रिय सहभागिता रह्यो।
कार्यक्रम सम्माननीय पञ्चायत अध्यक्ष राजेन लिम्बूको मार्गदर्शनमा सञ्चालन गरिएको थियो। कुल २५ जना स्वयंसेवकहरूले यस अभियानमा उत्साहपूर्वक भाग लिएका थिए, जसमा ९ जना पुरुष र १६ जना महिलाको सहभागिता रहेको थियो।
अभियानको क्रममा लिङ्चोम डाँडा गाउँ देखी आँगनबाडी केन्द्रको वरिपरि सफाइ, फोहोर व्यवस्थापन, झारपात सफा गर्ने, र सचेतना सन्देशहरू पनि सम्प्रेषण गरिएको थियो। सहभागीहरूले यस्तो सामूहिक प्रयासले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।
सफा र हराभरा लिङचोम निर्माणतर्फ यो अभियान एक प्रेरणादायी कदमको रूपमा रहेको स्थानीय बासिन्दाहरूले प्रतिक्रिया दिएका छन्।
सफा गाउँ, स्वस्थ जीवन संगै सडक किनारालाई पनि सफाइ गरेर एक उदाहरण पेस गरेका छन् । स्मरण रहोस् यस सडकमा फोहोर बड्नका साथै बर्खायामको समस्या सडकका नालीहरु व्यवथित नहुँदा गाउँलेहरुले समस्या झेल्नुपरेको थियो भने ग्राम पन्चायत र साइ समितिको सकृय पहलमा सफाइ अभियान सप्पन्न भएको हो । यो सडक मुल रुपमा गेजिङ - र लिङ्चोमलाइ जोड्ने मुल सडक हो सडकको अवस्था पनि केहि वर्ष अघिदेखि दयनीय रहेको छ भने सम्बन्धित बिभागले पनि यस सडकको निगरानी नगरेको स्थानीयको भनाइ रहेको छ। विद्यार्थी नानीहरुदेखि , सरकारी कर्मचारी अनि गाउँहरुले यहाँ निकै कठिनाइ भोगेका छन् । बिभागको अदेखा पनले हो कि भन्ने स्थानीयको भनाइ छ। एकातिर यस सडकको मर्मती कार्यको निम्ति कार्पेटिङ गरिनुपर्ने र सडकको नाली बनाइनुपर्ने टेण्डर पहिला नै भएको हो तर को कस्को कमजोरी र सुस्ती पन हो यस बिषयमा सरकार पक्षले निगरानी गरिदिन स्थानीयको माङ पनो रहेको थियो ।

Address

LINGCHOM EWST
Geyzing
737111

Alerts

Be the first to know and let us send you an email when Sarvodaya Samaj Lingchom West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share