Sikkim Progressive Youth Forum - SPYF

Directions

Sikkim Progressive Youth Forum - SPYF A forum for progressive thinking youth of sikkim. The forum publishes a magazine named "Nayadrishtikon".

ACT द्वारा आयोजित, Teesta Matters to Me, नामक मार्चमा सङ्गठनबाट (SPYF) सहभागिता जनाउँदै।
27/07/2026

ACT द्वारा आयोजित, Teesta Matters to Me, नामक मार्चमा सङ्गठनबाट (SPYF) सहभागिता जनाउँदै।

प्रेस विज्ञाप्तिसिक्किम प्रेग्रेसिभ युथ फोरमSPYFAffected Citizen of Teesta(ACT) ले गत २४ जुलाईको दिन जङगु उत्तर सिक्किमद...
26/07/2026

प्रेस विज्ञाप्ति
सिक्किम प्रेग्रेसिभ युथ फोरम
SPYF

Affected Citizen of Teesta(ACT) ले गत २४ जुलाईको दिन जङगु उत्तर सिक्किमदेखि मल्ली त्रिवेणी सम्म टिस्टा म्याट्रस टु मि(Teesta matters to me) नामक थिमलाई लिएर चार दिने मार्च गरिहरेको छ। टिस्टा साथै रोङयोङ नदीमा प्रस्तावित बाँध विशेष गरेर टिस्टा स्टेज ४ लाई रद्द गर्ने माग र केहि अन्य महत्वपुर्ण मागहरू लिएर यो मार्च आयोजना गरिएको हो। २३ अक्टुबर, २०२३को बाढ, दबिएका सडकहरू, निरन्तर चलिरहेका पहिरो, खोला किनारमा बस्ने मानिसहरूको ज्यान अनि सम्पतिमा भईरहेको छति साथै हालैमा समर्दुङमा २५ जना मजदूरहरूको मृत्यु पछि त झन् बाँध सहितको ध्वंसत्मक विकासिय मोडल हामीलाई अस्विकारीय छ भन्ने कुरा त स्पष्टै छ। ACT ले उठाईरहेका मागहरूले गम्भिरताका साथ लिँदै यस मार्च प्रति हामी सिक्किम प्रोग्रेसिभ युथ फोरम(SPYF)को तर्फबाट एक्यबद्धता जनाउँदछौं।

SPYF stands with ACT
No More Dams
Scrap Teesta Stage IV
(Photo Source: ACT page)

प्रेस विज्ञाप्तिसिक्किम प्रोग्रेसिभ युथ फोरमSPYFगत २० जुलाई, दक्षिण सिक्किम झोलुङ्गे स्थित निर्माणधिन टिस्टा स्टेज ६(Tee...
24/07/2026

प्रेस विज्ञाप्ति
सिक्किम प्रोग्रेसिभ युथ फोरम
SPYF

गत २० जुलाई, दक्षिण सिक्किम झोलुङ्गे स्थित निर्माणधिन टिस्टा स्टेज ६(Teesta Stage VI) टन्नल दुरघटना भएर २५ जना श्रमिकहरूको मृत्यु भयो। यस मृत्युले हामी सबैलाई दुखी बनाएको छ, हाम्रो संगठन, सिक्किम प्रोग्रेसिभ युथ फोरम(SPFY)को तर्फबाट मृतकका परिवारहरूमा संवेदना जनाउन चाहान्छौं।

४ अक्टुबर २०२३मा गएको भलबाडीले सिक्किम तङ्ग्रिएको छैन । भत्किएका बाटो, घर, पुल आदी निर्माण भई सकेका छैनन्। विस्थापित भएका मानिसहरूको राम्रो व्यवस्थापन भइसकेको छैन। जलविद्युत परियोजनाहरूले ध्वंस गर्न सक्ने कुरा त सम्पुर्ण मानिसहरूले बुझेका न छन, यद्धपी, सरकार अनि निजीकम्पनिहरूले सिक्किमको भुगोलको यथार्थलाई पर्वाह नगर्दै जल विद्युत परियोजना, टन्नेलिङ् देखि लिएर विनाशकारी विकासीय मोडललाई सिक्किमलाई लादिरहेका छ।
मृत्युको कारण मिथेन ग्यास बिस्फोट भएर हो भन्ने आएको छ। खासमा ल्यान्को (Lanco) कम्पनिले काम शुरू गर्ने क्रममा इन्जिनियरहरूले भुगोलको प्रारम्भिक अध्ययन गरेका थिए, त्यसबेला नै केहि छेत्रमा मिथेन ग्यास भेटिन सक्ने सम्भावना औंल्याएको थिए। पछि झन् २०२४मा NHPC कै वैज्ञानिकहरूले अनुसन्धान गरि एउटा प्राविधिक अनुसन्धान पत्र सम्म प्रकाशित गरे। जसमा सुरूङ खन्ने क्रममा धेरै ठाउँ ग्यास निस्किएको, ग्यास निस्किएर आगो सम्म लागेको थियो भनेर लेखेका छन्। त्यसलाई नियन्त्रण गर्ने विशेष इन्जिनियरिङ उपाय अपनाउने कुरा सम्म लेखेका छन। यस्तो संवेदेनशील ठाउँ हो भनेर जान्दा जान्दै राम्रो सुरक्षा बिना किन काम गरियो, कस्तो अवस्थामा मजदूरहरूलाई पठाइयो भन्ने ठुलो प्रश्न आउँछ? केहि मजदूरहरूले राम्रो सुरक्षा पहिला देखि नै नभएक कुरा त विभिन्न खबर च्यानलहरूमा सम्म भनिरहेका छन। ज्यान गयो भनेर क्षतिपुर्तिको कुरा मात्र होइन यसबारे पनि जानकार मान्छे साथै टिम द्वारा निष्पक्ष छानविन हुनुपर्छ।

यस टन्नलको निर्माण कार्यको ठेक्का भने Patel Engineering ले २०२१ देखि लिएको हो। अर्को महत्वपुर्ण कुरा २०१९मा लगभग २,२०० करोडको ठेक्का यहि पटेल इन्जिनियरिङलाई किरु जलविद्युत् परियोजना(Kiru Hydroelectric Project), जम्मू कश्मीर मा दिएको थियो। पछि CBI ले Chenab Valley Power Projects Pvt. Ltd. (CVPPPL) का केही अधिकारीगण, Patel Engineering Limited, साथै पूर्व जम्मू कश्मीरका राज्यपाल सत्यपाल मलिक सहित अन्य व्यक्तिहरूलाई, टेन्डर प्रक्रिया नियमअनुसार नचलाएको, ई-टेन्डरिङ र reverse auction सम्बन्धी निर्णय पालना राम्रो संग नगरिएको अनि त्यसको परिणामस्वरूप ठेक्का Patel Engineering लाई दिइको मामलामा FIR सम्म दर्ता गऱ्यो। यद्धपी केसको अन्तिम फैसला अझ सम्म आएको छैन। यस्तो ट्र्याक रेकर्ड भएका कम्पनिहरूले कसरी निर्माण कार्य पाए, त्यो पनि अर्को महत्वपुर्ण प्रश्न छ?

अनौठो कुरा यही पटेल इन्जिनियरिङले केन्द्रिय सत्तारूढ दल भाजपालाई(BJP) इलेक्ट्रोल बोन्ड मार्फत ६,००,००,००० अर्थात ६ करोडको चन्दा दिएको अनि २०२२-२३मा RTGS मार्फत २५,००,००० रूपियाँ चन्दा दिएको देखिन्छ। ठेक्का र चन्दा बीचको डाइनामिक्समा मजदूरको ज्यान अनि सिक्किमको विकास मोडल बारे पनि सम्पुर्ण मानिसहरूले विचार गर्नुपर्ने देखिन्छ।

एक तर्फ लेबर कोडसहरू मार्फत मजदूरहरूको अधिकारलाई झन् कटौति गरिन्दैछ, अर्को तर्फ यस्तो प्रकारले मजदूरहरूको ज्यान जान्छ। पत्र पत्रिकाहरूमा यति जानाको शव फेला भन्ने खबर भित्र मजदूर श्रमिकहरूको अस्तित्व हराउँछ। सुरक्षित वर्किङ कन्डिसन मजदूरहरूले पाउनै पर्छ। यस्तो सम्पुर्ण छेत्रहरूमा सुरक्षित वातावरणको ग्यारेन्टी गरियो भनेर हामी माग गर्दछौं। थप, जल विद्युत परियोजना साथै यस्ता प्रकारका विकासीय मोडल सिक्किमको भुगोलका निम्ति सहि छैन। एक त भुकम्पीय छेत्र साथै यङ पहाड हो सिक्किम, यस्ता परियोजनाहरूले विकास निम्त्याउने त होइन झन् विनाश निम्त्याउने देखिन्छ। सिक्किम प्रोग्रेसिभ युथ फोरमको तर्फबाट यस पुँजीपति पक्षीय विकासीय मोडललाई अस्विकार गर्दै यस्ता परियोजनाहरूलाई रद्द गर्ने पनि कडा शब्दमा माग गर्दछौं।

(Photo Source: Internet)

।।प्रेस विज्ञाप्ति।।Sikkim Progressive Youth Forum(SPYF)१६.०७.२०२६लङ्भ्यू चिया बगानका मजदूरहरूले विगत ८५ दिन देखी बक्यौत...
16/07/2026

।।प्रेस विज्ञाप्ति।।
Sikkim Progressive Youth Forum(SPYF)
१६.०७.२०२६

लङ्भ्यू चिया बगानका मजदूरहरूले विगत ८५ दिन देखी बक्यौता ज्याला, पि.एफ(PF),ग्याचुइटी साथै अन्य महत्वपुर्ण मागहरू लिएर आन्दोलन साथै भोक हडताल गरिरहेका छन्। सिक्किम प्रोग्रेसिभ युथ फोरम (SPYF) को तर्फबाट हामी संघर्षरत मजदूरहरू प्रति एक्यबद्धता जनाउँदछौं।

विश्व स्तरमा नाम चलेको दार्जीलिङ पहाडमा उत्पादित चिया अनि उत्पादन गर्ने मजदूरहरूले भने आफुले मेहनत गरेर पाउनु पर्ने न्यायपुर्ण हक नपाउनु दुःख लाग्दो कुरा हो। समयमा बोनस नदिनु, समयमा ज्याला नदिनु, उचित न्युनतम ज्याला नदिनु, फ्याक्ट्रीहरू सुचारू रूपमा नचल्नु, ग्र्याचुइटी नदिनु, साथै अन्य बिभिन्न प्रकारले चिया बगानमा कार्यरत मजदूरहरूले पाउनु पर्ने हक नपाउनु त प्रायः बगानहरूमा नियम जस्तै भएको देखिन्छ। महँगाई निरन्तर रूपमा बढी रहेको छ, खटिखाने वर्गका निम्ति आधारभूत कुराहरू पुरा गर्न सम्म हम्मे हम्मे परिरहेको छ, थप यसरी व्यवस्थित प्रकारले मजदूरहरूलाई शोषण गर्न भने अन्त गरिएको छैन। आन्दोलनका यति दिन सम्म पनि मालिकहरूले न्योचित ढंगमा सम्बोधन नगर्नु अनि सरकार पक्षले पनि कायल गराउनु नसक्नु भनेको यी मालिकहरूकै इसारामा व्यवस्थाहरू चलिहरेको पुष्टी हुन्छ।

देशको राजधानीमा शिक्षा क्षेत्रमा गरिएको हेलचेक्राईलाई लिएर सोनाम वाङ्चुक साथै विभिन्न संघर्षरत मानिसहरू द्वारा आन्दोलन गरि राखिएको छ, भोक हडताल गरिराखिएको छ। यता पहाडमा ज्यालालाई लिएर मजदूरहरू द्वारा संघर्ष गरिराखिएको छ। दुवै ठाउँ सरकारले न्यायपुर्ण ढंगले सम्बोधन गरिरहेको छैन, बरू कसरी हुन्छ आन्दोलकारीहरूलाई थकाएर उठाउँ भन्ने मनासाय देखिन्छ। दुवै ठाउँमा सरकार भने उत्पिडत वर्ग, मजदूर वर्ग साथै विद्यार्थीहरू भन्दा मालिकहरूको स्वार्थ पुर्तिका लागी समर्पित भएको देखिन्छ। यस संघर्षहरूले वर्तमान व्यवस्था कसरी बहुसंख्यक मेहेनत परिश्रम गर्ने मानिसहरूको बिरूद्ध उभिएको छ भन्ने पनि छरलङ्ग देखाएको छ। त्यसैले यी संघर्षहरू तत्काल मागहरू सहित व्यवस्थको रूपान्तरणका निम्ति दीर्घकालीन संघर्ष गर्नु पर्ने तर्फ पनि केन्द्रित हुनु पर्ने देखिन्छ।

सिक्किम प्रोग्रेसिभ युथ फोरमको तर्फबाट पुनः यस संघर्षलाई एक्याबद्धता जनाउँदै कडा शब्दमा सरकार साथै मालिक वर्गले झट्ट भन्दा मजदूर वर्गका न्यायोचित मागहरूलाई पुरा गरिदिने माग पनि गर्दछौं।

(Photo Source: Internet)

।।प्रेस विज्ञाप्ति।।14/06/2026दिल्ली स्थित जन्तर मन्तरमा विगत २५ दिन देखि निट परिक्षा( NEET Exam) मा पेपेर लिक लाई लिएर ...
14/07/2026

।।प्रेस विज्ञाप्ति।।
14/06/2026

दिल्ली स्थित जन्तर मन्तरमा विगत २५ दिन देखि निट परिक्षा( NEET Exam) मा पेपेर लिक लाई लिएर सि.जे.पि(कक्रोच जनता पार्टी), विद्यार्थी संगठनहरू साथै विभिन्न व्यक्ति विषेशहरूले आन्दोलन गरिरहेका छन्। आन्दोलनमा सोनाम वाङ्चुक साथै केहि बिद्यार्थीहरू १७ दिन देखि भोक हडताल पनि गरिरहेका छन्। यस आन्दोलन साथै संघर्षरत साथीहरू प्रति हामी सिक्किम प्रोग्रेसिभ युथ फोरमको(SPYF) तर्फबाट एक्यबद्धता व्यक्त गर्दछौं। भोक हडतालका कारण केहि विद्यार्थीहरू त अस्पतालमा भर्ती सम्म गरिन्दैछ। यद्दपी सोनाम वाङचुक साथै केहि विद्यार्थीहरूको विग्रिन्दो स्वास्थ्य हुँदा हुँदै अझ पनि केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित भोक हडताल निरन्तर गरिरहेका छन्। आन्दोलनमा विभिन्न मागहरू रहेता पनि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा चाहिँ मुख्य छ।

अहिले NEET को परिक्षाको कुरा मात्र होइन, चाहे NTA ले गराउने NET को परिक्षा होस या विभिन्न परिक्षाहरू होस, पेपर लिक हुनु सामन्य घटना बन्न पुगेको छ। केन्द्र सरकारले गराउने देखि लिएर राज्य सरकार ले गराउने विभिन्न कमपेटेटिभ एकजामहरूको( प्रतिस्पधार्त्मक परीक्षाहरू)अहिले यहि हालत बन्न पुगेको छ। मेहेनत र परिश्रम गरेर पढने विद्यार्थीहरूका लागी भने अति नै घातक परमपरा स्थापित हुँदै जाँदैछ। परिक्षा निष्पक्ष हुन्छ भन्ने कुरामा सम्म धेरै परिक्षार्थीहरूको विश्वास नै उढन थालेको छ।

परिक्षार्थीहरू दैनिक रूपमा लाखौंमा यी परिक्षाहरूका निम्ती पढी रहेका छन्, तयारी गरिरहेका छन्। कोचिङ सेन्टरहरूको यही आधारमा व्यपार धन्दा अनि मुनाफा कमाउने दौड चलिरहेको छ। नीजिकरण अनि व्यपारीकरण त राज्यले शिक्षामा पुर्ण रूपमा गरिरहेकै छ। जसले गर्दा शिक्षा खटिखाने वर्गको पहुँच देखी टाढा त हुँदैछ नै तर, यसरी प्रश्न पत्रहरूनै बिक्रि भएपछि, लिक भएपछि उभो निस्किने कुनै बाटै नरहने पनि भयो। हामीलाई लाग्छ यो पेपर लिक एउटा सामन्य घटना नभएर सिँगै पुँजीवादले कसरी खटीखाने मान्छेहरूका विपरीत काम गर्छ भन्ने कुरालाई उदाङ्गो पारेको पनि हो। मन्त्रीको राजीनामाले पदअधिकारीहरू उत्तरदायि हुनु पर्ने कुरालाईलाई केन्द्रित गरेता पनि पेपर लिक विरूद्धको संघर्ष शिक्षा मन्त्रीको राजीनामामा मात्र सिमित नभएर समग्र व्यवस्थालाई नै रूपान्तरण गर्ने कुरामा पनि केन्द्रित हुनु पर्ने देखिन्छ। यस आन्दोलनमा सोलिड्यारीटी(एक्यबद्धता)जनाउँदै संघर्षरत साथीहरूलाई यस संघर्ष पुँजीवाद व्यवस्थालाई नै उच्छेद गर्ने तर्फ पनि केन्द्रित होस, जसले गर्दा यस्ता घटना फेरि नदोरिहोस भन्न पनि चाहान्छौं।

यस संघर्षमा हामी पुन: एक्यबद्धता जनाउँदै संगठन(SPYF) को तर्फबाट केन्द्र सरकार देखि लिएर राज्य सरकार लाई माग गर्न चाहान्छौं की NEET परिक्षा देखि लिएर सम्पुर्ण परिक्षाहरूहरू निष्पक्ष हुनुपर्छ साथै मन्त्री धर्मेन्द्र प्रधानले गल्ती स्विकार गर्दै झट्टै राजीनामा पनि दिनुपर्छ।

प्रेस विज्ञाप्तिहिजो तारीख १९.०६.२०२६को दिन पुर्ण कुमार तामाङ माथी जोर्थाङमा हिंसात्मक हमला भएको खबर आएको छ। यस्ता हिसां...
20/06/2026

प्रेस विज्ञाप्ति

हिजो तारीख १९.०६.२०२६को दिन पुर्ण कुमार तामाङ माथी जोर्थाङमा हिंसात्मक हमला भएको खबर आएको छ। यस्ता हिसांत्मक घटनालाई हामी सिक्किम प्रोग्रेसिभ युथ फोरम(SPYF)को तर्फबाट खण्डन गर्दछौं। विभिन्न विषयमा आफ्ना कुराहरू सामाजीक संजालमा राख्दै आएका पुर्ण कुमार तामाङ उर्फ मिस्टर जोजो माथी यस्ता आक्रमण गर्ने सम्पुर्ण परपिडकहरू प्रति हामी घोर निन्दा गर्दछौं।

अभिव्यक्तिको स्वतन्त्र सम्पुर्ण नागरीकलाई छ। सत्तालाई स्विकार्य कुराहरू मात्र राख्रनु पर्छ भन्ने पटक्कै होइन। फरक मत राख्नेहरूलाई पनि भय र त्रास बिना समाजमा जिउन र हिढन पाउनु पर्छ।

हामी संगठनका तर्फबाट यस घटनाको छानविन साथै संलग्न व्यक्तित्वहरूलाई कानुन अनुरूप कार्वाही गर्ने माग गर्दछौं। सरकारले परपिडकहरू माथी कार्वाहि त गर्नुपर्छ नै थप नागरीकहरूको जीवन सुरक्षित हुन व्यवस्था साथै वातावरण पनि निर्माण गर्नुपर्छ। भय, त्रास मुक्त साथै सुरक्षित समाज वर्तमान एस.के.एम सरकारले ग्यारेन्टी गरोस भन्ने पनि माग हामी संगठनका तर्फबाट गर्दछौं।

केन्द्रिय कार्यकारिणी समिति

सिक्किम प्रेग्रेसिभ युथ फोरम(SPYF)

The Rapid Growth of Private Universities in Sikkim: Quantity Over Quality?These days, it sometimes feels as though whene...
14/06/2026

The Rapid Growth of Private Universities in Sikkim: Quantity Over Quality?

These days, it sometimes feels as though whenever a four-storey building appears in a village, someone looks at it and says, “Why not start a university?”

A fresh coat of paint, a signboard at the gate, a few classrooms inside, and suddenly a new institution of higher learning is born.

While this may sound humorous, it raises a serious question: Is a university merely a building, or is it something much more?

A university is not just a structure with classrooms and administrative offices. The very idea of a university is that it should be a small universe in itself. It should be a place where students develop academically, socially, physically, mentally, culturally, and morally. Higher education is meant to shape individuals in every aspect of life, not simply prepare them to collect degrees.

A true university should have proper classrooms, laboratories, libraries, hostels, playgrounds, research facilities, cultural spaces, student activity centres, and a vibrant academic environment. It should encourage sports, innovation, critical thinking, leadership, creativity, and community engagement. Students spend some of the most formative years of their lives in a university, and therefore it must provide the infrastructure and atmosphere necessary for their holistic development.

In recent years, Sikkim has witnessed a rapid increase in the number of private universities. Expanding access to higher education is certainly welcome, but the growing trend has also led many people to wonder whether quantity is being prioritised over quality. In some cases, institutions appear to receive university status despite lacking many of the facilities that one would normally associate with a full-fledged university.

The rapid mushrooming of private universities in Sikkim raises serious concerns about the standards being followed in higher education. A university is not a business venture that can be established simply by acquiring a building and putting up a signboard. It is a centre of learning, research, innovation, and intellectual growth. Unfortunately, the trend in recent years has created an impression that obtaining university status has become easier than building a genuine academic institution. The focus appears to be on increasing the number of universities rather than ensuring the quality of education they provide. Such an approach risks reducing higher education to a commercial activity while compromising the interests of students who place their trust, time, and money in these institutions.

For years, students enrolled in various private universities have faced numerous challenges and uncertainties regarding the credibility and recognition of their degrees. There have been cases where students paid hefty fees and devoted years of their lives to pursuing higher education, only to later face difficulties concerning the validity, recognition, or acceptance of their qualifications. Such incidents have caused immense hardship, disappointment, and anxiety among students and their families.

Many students continue to question whether adequate scrutiny is being carried out before institutions are granted permission to operate as universities. The future of thousands of young people cannot be left to chance. When a student invests their time, money, and dreams in a university, they deserve the assurance that their degree will be recognised, respected, and valued.

A university should not exist merely on paper, nor should it be reduced to a handful of rooms inside a single building and presented as a complete institution of higher learning. When universities are established without adequate infrastructure, qualified faculty, research facilities, student support systems, libraries, laboratories, hostels, and recreational spaces, students are ultimately the ones who suffer.

The Government of Sikkim must take this issue seriously. Granting university status should not be a routine administrative exercise. Before approving any institution, the government must thoroughly verify the availability of adequate land, hostels, libraries, laboratories, playgrounds, qualified faculty, research facilities, and all other essential infrastructure. The focus should be on building institutions of excellence rather than simply increasing the number of universities in the state.

Education is not a business of issuing degrees. It is a responsibility towards society and future generations. Sikkim deserves universities that are known for excellence, research, innovation, academic integrity, and student development. The state should aspire to become a centre of quality higher education, not merely a place where every four-storey building can suddenly transform into a university.

The future of our youth depends not on how many universities exist, but on how good those universities truly are. The dreams of students cannot be sacrificed for commercial interests, and the credibility of higher education cannot be compromised for the sake of numbers. If Sikkim is serious about building an educated and empowered generation, then quality, accountability, and genuine educational standards must come before everything else.

PRESS RELEASEThe Sikkim Progressive Youth Forum strongly condemns the shocking and unacceptable assault on a driver from...
10/06/2026

PRESS RELEASE

The Sikkim Progressive Youth Forum strongly condemns the shocking and unacceptable assault on a driver from Sikkim by army personnel at Zero Point on 9 June 2026.

This incident is not merely an attack on an individual driver. It is an attack on the dignity, self respect, and rights of every hardworking driver who serves as the backbone of Sikkim's tourism and transport sector. No individual, regardless of position or uniform, has the right to physically assault a citizen and subject him to humiliation and violence.

What makes this incident even more disturbing is that hardworking drivers, who dedicate their lives to serving people and supporting the economy of our state, continue to become victims of such brutality and mistreatment. These are ordinary citizens striving to earn an honest livelihood through hard work and sacrifice. It is unacceptable that those who contribute so much to society are subjected to violence, humiliation, and injustice. Every worker deserves dignity, respect, and protection, not fear and abuse.

The people of Sikkim have always extended respect and cooperation to every institution of the nation. In return, our citizens deserve respect, protection, and fair treatment. The reported assault has deeply hurt the sentiments of the people of Sikkim and has raised serious concerns regarding the safety and dignity of local drivers who work tirelessly under challenging conditions.

We demand justice for the victim and strict action against all those responsible for this disgraceful act. Accountability must prevail and no one should be shielded from responsibility because of rank, authority, or position. The rule of law must apply equally to all.

We also express our disappointment at the silence of those who claim to stand with drivers and champion their rights. At a time when a driver has allegedly faced such a grave injustice, silence is not neutrality. The rights and dignity of drivers cannot be defended selectively. Those who speak loudly in the name of drivers must also speak when drivers become victims of injustice.

The Sikkim Progressive Youth Forum stands firmly with the victim and the entire driver fraternity of Sikkim. We stand with every driver who earns an honest livelihood with dignity and hard work. We call upon all concerned authorities to ensure that justice is delivered and that such incidents are never repeated.

We urge the people of Sikkim to stand united against injustice and to raise their voices in defense of dignity, respect, and human rights.

An injury to one citizen is an injury to the conscience of us all. Justice delayed is justice denied.

Sikkim Progressive Youth Forum

(Photo Source: Internet)

01/05/2026
01/05/2026

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा सम्पुर्ण खटिखाने बर्ग प्रति सिक्किम प्रोग्रेसिभ युथ फोरमको तर्फबाट शुभकामना साथै बधाई टक्राउँदछौ। 1886को 1 मईमा सिकागो शहरबाट मजदुरहरूले उठाएको संघर्ष अनि बलिदानको घडेरीमा आजको मजदुर दिवस उभिएता पनि आजसम्म पसिना बगाएर जीवन धान्नेहरूको निमित्त मर्यादित जीवन बाँच्न सक्ने व्यवस्था बनिएको छैन्। त्यस बलिदान र संघर्षलाई सम्झना गर्दै जबसम्म मेहेनत गरि बाँच्नेहरूको निम्ति मर्यादित समाज निर्माण हुँदैन तबसम्म मई दिवसको औचित्य रहि रहेन छ, साथै संघर्ष जारी रहने छ। परिश्रम गर्नेहरू सधैं दुःखै दुःखमा बाच्नु पर्ने व्यवस्थाको अन्त्य नभैन्जेल श्रमिक आन्दोलन र संघर्ष चली रहने छ।

आज मजदुर दिवसलाई केही चुनावी राजनीति दलले मान्छे भेला पारी भाषण ठोक्ने चाहाडको रूपमा लिँदै आएको देखिन्छ। दलाल पार्टीका नेतागणले आफ्नो अनुहार भएको, नमस्ते गर्दै गरेको या माइकमा बोल्दै गरेका फोटो टाँसेर विज्ञापन गर्ने दिन पनि होइन। 1 मईको दिन मजदुरहरूको कुरा गरिदिनु पर्छ भन्ने ठानेर उनिहरूका नेताले केही घोषणा गरिदिने काम गर्छन्। तर, मजदुर दिवसको महत्व भने यी कार्यक्रम भन्दा कयौं गुणा ठुलो छ।
विश्वलाई यो स्तरमा पुर्याउने काम मजदुरले नै गरेता पनि यसको मालिक्याइँ भने केही मुठी भर मानिसहरूले गरिरहेका छन। बहुसंख्यक पिल्सेर केही मुठ्ठी भर मानिसहरूलाई पाल्नु पर्ने व्यवस्था छ। मजदुर दिवसको यस अवसरमा सम्पुर्ण मजदुर वर्गले प्रण गरौं कि संसारको वास्तविक मालिक त खटिखानेहरू हुनुपर्छ, मेहेनत र परिश्रम गर्नेहरूको हुनुपर्छ।

सङ्गठित मजदुर वर्गको शक्ति नै वास्तविक रूपमा शक्तिशाली हुन्छ। त्यसैले पहिला सङ्गठित हौं। सिक्किमको सन्धर्भमा मजदुर वर्गको सङ्गठित शक्तिको कारण न्युनतम ज्याला 9000 देखि 15000 सम्म पुगेको हो। तर, अहिले पनि विभिन्न क्षेत्रमा यो लागु गरिएको छैन्। सरकारलाई मजदुर दिवसको अवसरमा हामी सङ्गठनको तर्फबाट सम्झना गराउन चाहान्छौं कि यहाँ हरेक क्षेत्रमा काम गर्ने मजदुर वर्गहरूमा उचित न्युनतम ज्याला लागु गरियोस। मजदुर अधिकार, सुरक्षा, उचित न्युनतम ज्याला, मजदुरले पाउने निश्चितता, सहि कानुन आदिको माग भनेको अवस्थित सरकारलाई दयाको रूपमा मागेको सरकारी सहुलियत होइन, यो त स्थापित गरिनै पर्ने कुरा हो।

संस्थागत रूपमा आजको पुँजीवादी व्यवस्थाले मजदुरहरू कहिले नउक्सिने व्यवस्था जुन स्थापित गरेको छ, यसको अन्त्य हुनुपर्छ भन्ने कामना राख्दै कार्ल मार्क्स अनि एङेल्सहरूले भनेको कुरालाई दोर्याउन चायौं,
Workers of the World, Unite! You Have Nothing to Lose but Your Chains.

Address

Tadong East Sikkim/Namchi South
Gangtok

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Progressive Youth Forum - SPYF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share