Sikkim Sachet Swarojgar Berojgar Sangathan

Sikkim  Sachet Swarojgar Berojgar Sangathan Sikkimese people It is a social voluntary organisation of Sikkim formed by educated employed and unemployed youths of Sikkim.

It welcomes every youths of Sikkim for its membership. It also suggest for comment in the page.

29/05/2025
08/03/2025


प्रेस विज्ञप्ति
सम्विधान र संसद भन्दा माथि कोहि हुँदैन |
सत्तारुड एस के एम पार्टीका प्रवक्ताले एस डी एफ पार्टी अधक्ष्य सिक्किम दार्जिलिंग एकीकरण चाहन्छन भनी एक प्रेस वयान जारि गरेका छन जसलाई पार्टी एक अपरिपक्क्व बयान ठहर गर्दै त्यस भनाइलाई खारेज गर्दछ | सत्ताधारी दलका पदाधिकारीहरु समेत सरकारलाई संविधानको धारा ३ को पूर्ण ज्ञान छ भने थाह हुनुपर्छ राज्यको पुनर्सिमांकन गर्न संसदलाई त्यही धाराले अधिकार प्रदान गरेको छ | संविधानको धारा ३७० एक ससक्त धारा हुँदा हुँदै पनि केन्द्र सरकारले अध्यादेश द्वारा उक्त धारालाई समय सापेक्ष रुपले प्रयोगमा ल्याएको हो | बदलँदो डेमोग्राफी,आर्थिक, प्रशासनिक, आदि कारणहरुको मध्ये नजर देशको संसदले सम्विधानको कुनै पनि धारामा फेर बादल ल्याउन अखित्यार राख्दछ भन्ने कुरा सबैले बुझेको हुनुपर्छ | गत ४ मार्च एस डी एफ पार्टीको स्थापना दिवसको अवसरमा पार्टी अधक्ष्य पवन चाम्लिंगको वक्तव्यलाई लिएर सत्तारुड दल भ्रम पैदा गर्नमा व्यस्त देखिन्छ | केहि डिजिटल मिडियाले अधक्ष्यका केहि अधुरा वाक्यांशलाइ लिएर भ्रम पूर्ण समाचार प्रेषित गरेका थिए | प्रेसको आफ्नो स्वतन्त्रता छ तर अधुरा वाक्यलाई समाचारको लिड बनाउनाले जनतामा भ्रम फैलन सक्छ | त्यस दिन चामलिंगले सिक्किमलाई बचाउन कसैले सक्छ भने त्यो एस डी एफ पार्टी मात्र हो भनेका थिए | सरकारसंग संवैधानिक बाध्यता हुनाले एकातिर केन्द्रको आदेश मान्नु नै पर्ने हुन्छ भने अर्को तिर वर्तमान सरकारमा रहेको राजनैतिक दलको र केन्द्रको भाजपासित टेको पिँडोको सम्बन्ध छ | सिक्किम दार्जिलिंग विलय सन्दर्भमा केन्द्रको विचार बारे वर्तमान सरकार अवगत हुनाले सरकारले केन्द्रको वास्तविक उदेश्य के हो त्यस बारे जनतालाई जानकारी दिने सरकारको कर्तब्य हो तर सरकार उल्टो विपक्षी नेता माथि आरोप लाउँन उत्रनु भनेको “निरु बाँसुरी बजाई रहेको छ रोम जली रहेछ” भने जस्तै हो | दार्जिलिंगका जनता के चाहन्छन वा त्यहाँका नेताहरुको उदेश्य के छ त्यो उनीहरुको विषय हो | हाम्रो सरोकार भनेको सिक्किम हो र सिक्किम नै हुनुपर्छ पनि | सिक्किममा अहिले अनेक समस्याहरु छन | आर्थिक स्थिति डाँवाडोल छ, भर्ष्टाचार चरम स्थितिमा छ , प्रशासन दुर्बल बन्दै गएको छ, कृषि जन्य भुमिहरु बाँझिन्दै गएका छन ; प्रजनन दर घटेको छ ; स्कुलहरु बन्द हुँदैछन ; सरकार अस्थाई कर्मचारीलाई निकाल्न बाध्य छ, अस्पतालहरुको अवस्था जिर्ण छ भने सरकारको ध्यान त जनताका बुनियादी समस्याहरु तिर हुनुपर्ने हो | स्त्तारुड दलले बुझ्नुपर्छ पवन चामलिंग संसद र केन्द्र सरकार भन्दा माथि छैनन् | वैचारिक रुपले बाउन्नेहरुले चामलिंगलाई त्यस उंचाईबाट हेर्नु स्वभाविक हो तर उनीहरुले बुझ्नुपर्छ चामलिंगले सिक्किम दार्जिलिंग विलय होस् भन्दा हुने होइन | वेसक यो एक राजनैतिक मुद्धा हो जो अहिले चर्को रुपमा उठेको छ | यस सन्दर्भमा सिक्किममा एकमतो हुन् आवश्यक छ जसको जीम्मेवारी सरकारको हो | केन्द्र सरकारको नजिक रहेको एस के एम पार्टी र यसका नेताले दिल्लीमा एउटा कुरा गरेर रम्फू भित्र अर्को कुरा गर्न मिल्दैन | तसर्थ एस डी एफ पार्टी एसकेएम को उक्त वयानको पुरजोर खण्डन गर्दछ साथै पार्टीको उदेश्य सम्विधानको आदेश अनुरुप केवल अनि केवल सिक्किम र सिक्किमे जनताको हितरक्षा हो भन्ने जनाउन चाहन्छ |
- कृष्ण खरेल
उपाध्यक्ष प्रचार प्रसार

Address

Gangtok, East
Gangtok
737102

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Sachet Swarojgar Berojgar Sangathan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share