All Sikkim Voice Of Chauffeur

All Sikkim Voice Of Chauffeur Dedicated to all our Guruji drivers – a space to share your challenges, offer suggestions, discuss future plans, and stay connected.
(1)

Let's work together for a smoother journey ahead!

17/08/2026

Live broadcast of INTEGRATED SINGLE WINDOW PERMIT Pre meeting.

17/08/2026
16/08/2026

सिक्किमका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण पर्यटनप्रेमीहरूमा हार्दिक अनुरोध।
सिक्किमको पर्यटन क्षेत्र अहिले महत्वपूर्ण मोडमा पुगेको छ। हिजोसम्म हामीले निःशुल्क रूपमा अवलोकन गर्दै आएका हाम्रा प्राकृतिक तथा पर्यटकीय स्थानहरूमा अब निजी कम्पनीमार्फत शुल्क उठाउने व्यवस्था आउन लागेको खबर सुनिरहेका छौँ।
हाम्रो स्पष्ट धारणा छ, सबैभन्दा पहिले सिक्किम बच्नुपर्छ, सिक्किमको पर्यटन बच्नुपर्छ। त्यसपछि मात्र हामी सबैको भविष्य सुरक्षित हुन्छ।
यस विषयमा गम्भीर छलफल र चिन्तन गर्न भोलि, १७ अगस्त २०२६, सोमबार बिहान ठीक १०:०० बजे सिक्किम पर्यटन विभागको पर्यटन कार्यालयमा उपस्थित भइदिनुहुन सम्पूर्ण सिक्किमवासी तथा पर्यटनप्रेमीहरूलाई यो सार्वजनिक निम्तो गर्दछौँ।
यो कुनै व्यक्ति वा संस्थाविरुद्धको कार्यक्रम होइन।
यो सिक्किमको पर्यटन, पर्यटन व्यवसायी र आम जनताको हितका लागि हाम्रो सामूहिक आवाज हो।
आउनुहोस्, बुझौँ। छलफल गरौँ। आफ्नो आवाज उठाऔँ।
सिक्किम बचाऔँ, सिक्किमको पर्यटन बचाऔँ।

13/08/2026

All Sikkim Voice of Chauffeur (ASVOC) की Multimedia Team द्वारा प्रस्तुत किया गया दूसरा गीत आप सभी एक बार जरूर सुनें।
हमारी आवाज़, हमारी कला और हमारी एकता की यह सुंदर कोशिश है।
कृपया इसे सुनें, शेयर,सहयोग और हौसला दें।
Voice of Driver, Voice of Truth.
Unity • Integrity • Fraternity

11/08/2026

An Appeal to the Tourism Commissioner, Sikkim

As concerned citizens and sons of Sikkim, we have heard that a Single Window System for tourism permits is being introduced in Sikkim and that a private company may be involved in operating this system.

We are not against technology or making the permit process easier. But before such a major system is implemented, we sincerely request the Tourism Department to clarify a few important points:

What is the name of the company?

In which state is this company registered?

What exactly will be the company’s responsibility, only issuing online permits, or will it handle other tourism-related services and data as well?

What will be the role of the Sikkim Tourism Department after the system is introduced?

How will the data and documents submitted by tourists, drivers and tourism stakeholders be protected?

We believe that before implementing such an important system, there should be transparency, proper consultation and clear answers for the people of Sikkim.

Our intention is not to oppose development.Our intention is to protect the interests of Sikkim and its people.

We respectfully appeal to the Hon'ble Tourism Commissioner and the Tourism Department to come forward and clarify these matters.

Sikkim belongs to all of us.Development must come with transparency and accountability.

All Sikkim Voice of Chauffeur (ASVOC)Voice of Driver, Voice of Truth

08/08/2026

Single Window without चुकुल (?)

07/08/2026

बिश्माइलको पहिरो, चालकहरूका लागि ठूलो समस्या

आज बिश्माइल क्षेत्रमा लगातार पहिरो झरिरहेको कारणले गर्दा आवतजावत निकै कठिन बनेको छ। पहिरो हटाउन ६–७ वटा एक्स्काभेटर तथा अन्य मेसिनहरू निरन्तर रूपमा काम गरिरहेका छन्।
तर माथिबाट निरन्तर रूपमा माटो, ढुङ्गा र पहिरो सर्दै आउने क्रम नरोकिँदा मेसिनले जति काम गरे पनि बाटो फेरि अवरुद्ध हुने अवस्था छ।
यसले दैनिक यात्रा गर्ने चालक, यात्रु तथा स्थानीयवासीहरूलाई ठूलो समस्या भइरहेको छ।

सम्बन्धित निकायले यस क्षेत्रमा थप आवश्यक प्राविधिक तथा सुरक्षा उपाय अपनाएर स्थायी समाधानतर्फ ध्यान दिनुहुन अनुरोध गर्दछौँ।
सुरक्षित यात्रा गरौँ। सावधानी अपनाऔँ।

Voice of Driver, Voice of Truth.
All Sikkim Voice of Chauffeur (ASVOC)

05/08/2026

सरकारप्रति विनम्र अनुरोध

सरकार सबै नागरिकको घर–घरमा आफैँ पुग्न सक्दैन। त्यसैले जनताको सेवा र सरकारी सुविधालाई सही व्यक्तिसम्म पुर्‍याउन विभिन्न ठाउँमा विभिन्न जिम्मेवारीका साथ प्रतिनिधि नियुक्त गरिएका हुन्छन्।

तर दुःखको कुरा, कतिपय ठाउँमा वास्तविक गरिब, पीडित र आवश्यकतामा रहेका व्यक्तिभन्दा आफ्नै आफन्त, नजिकका मानिस वा पहुँचवालालाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ। यसले सामाजिक न्यायमाथि प्रश्न उठाउँछ र साँच्चिकै हकदार नागरिक वञ्चित हुन्छन्।

हाम्रो सरकारसमक्ष विनम्र अनुरोध छ, व्यक्तिगत विकासभन्दा सामाजिक विकास लाई प्राथमिकता दिनुहोस्। विकासको लाभ निष्पक्ष रूपमा हरेक गरिब, दुःखी र वास्तविक हकदार नागरिकसम्म पुग्ने व्यवस्था होस्।

जब समाज अघि बढ्छ, तब मात्रै देश साँच्चिकै समृद्ध बन्छ

02/08/2026

दुःखद सडक दुर्घटना, याङगाङ–लिम्बुङ सडक, राबिङ नजिक
हिजो राति करिब ९:०० बजे याङगाङ–लिम्बुङ सडकअन्तर्गत राबिङ नजिक एक बोलेरो गाडी दुर्घटनामा परेको दुःखद खबर प्राप्त भएको छ। प्रारम्भिक जानकारीअनुसार गाडीमा २ जना सवार थिए। घटनास्थलमै १ जनाको दुःखद निधन भएको छ भने अर्का १ जना घाइते हुनुभएको छ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यो स्थान विगत धेरै वर्षदेखि दुर्घटना-प्रवण क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँ यसअघि पनि धेरै दुर्घटना भइसकेका छन् र धेरैले ज्यान गुमाइसकेका छन्। त्यसैले सम्बन्धित विभागसँग यस क्षेत्रमा बलियो प्यारापेट (Parapet) र क्र्यास ब्यारियर (Crash Barrier) यथाशीघ्र निर्माण गर्न हार्दिक अनुरोध गर्दछौँ।
साथै, सम्पूर्ण चालक साथीहरूलाई विनम्र अनुरोध छ, सुरक्षित चलाऔँ, मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी नचलाऔँ।
All Sikkim Voice of Chauffeur Voice for Safety • Voice for Humanity

Address

Luing Thamidara
Gangtok
737101

Alerts

Be the first to know and let us send you an email when All Sikkim Voice Of Chauffeur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share