AAGSU Duliajan Regional Committee

AAGSU Duliajan Regional Committee Official Page of AAGSU Duliajan Regional Committee

15/09/2026
15/09/2026

অহা ১৬ ছেপ্টেম্বৰ তাৰিখে তৈলনগৰী দুলীয়াজান ক্লাব প্ৰেক্ষাগৃহত গোৰ্খা নাৰী পৰিষদ দুলীয়াজান আঞ্চলিক সমিতিৰ উদ্যোগত আৰু বৃহত্তৰ দুলীয়াজানবাসীৰ সহযোগত পঞ্চম বাৰ্ষিক কেন্দ্ৰীয় তীজ মহোৎসৱ- ২০২৬ অনুষ্ঠিত কৰিবলৈ লোৱা হৈছে।
গতিকে সকলোৰে সহায় সহযোগিতা আৰু উপস্থিতি একান্তই কামনা কৰিলোঁ।
AAGSU Duliajan Regional Committee All Assam Gorkha Students' Union All Assam Gorkha Student's Union, District Committee Gorkha Nari Parishad, Duliajan Regional Committee Ratna Thapa - ৰত্ন থাপা Dipu Ghixing Bablu Thapa Magar Vivek Thakuri Raju Tamang Bikash Thapa Hari Maya Thakuri

 #हार्दिक_निमन्त्रणाभारतीय स्वतन्त्रता संग्राममा आफ्नो प्राणको आहुति दिने अमर शहीद मेजर दुर्गा मल्लज्यूको देशभक्ति र अदम...
23/08/2026

#हार्दिक_निमन्त्रणा
भारतीय स्वतन्त्रता संग्राममा आफ्नो प्राणको आहुति दिने अमर शहीद मेजर दुर्गा मल्लज्यूको देशभक्ति र अदम्य साहस हाम्रा लागि सधैँ प्रेरणाको स्रोत हो।
उहाँको अतुलनीय योगदानलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि अखिल असम गोर्खा छात्र संघ(आग्सु),दुलियाजान आञ्चलिक समिति, आग्सु, नाउँहोलिया शाखा समिति तथा समस्त दुलियाजानवासी जनताको सहयोगमा महान् स्वतन्त्रता सेनानी, #राष्ट्रिय_शहीद_मेजर_दुर्गा_मल्लज्यूको_८२_औँ_बलिदान_दिवस भव्यताका साथ मनाउन गइरहेका छौँ।
उक्त गरिमामय कार्यक्रममा दुलियाजान भेगका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, दाजु-भाइ तथा दिदी-बहिनीहरूका साथै आग्सु र गोर्खा नारी परिषदका सम्पूर्ण पदाधिकारी एवं कार्यकर्ताज्यूहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।तपाईँहरूको उपस्थिति र सहयोगले कार्यक्रमको शोभा बढाउनेछ ।
मिति: 25 अगस्ट, 2026 (मंगलवार)
स्थान: नाउँहलिया नेपाली दुर्गा मन्दिर ,नाउँहलिया आशीर्वाद विवाह भवन, दुलियाजान
Til Bahadur Thapa Ratna Thapa - ৰত্ন থাপা Bikash Thapa Raju Tamang Dipu Ghixing

सन् १९९२ को २० अगस्टका दिन नेपाली भाषाले भारतको संविधानको आठौँ अनुसूचीमा संवैधानिक मान्यता प्राप्त गरेको ऐतिहासिक दिन हो...
20/08/2026

सन् १९९२ को २० अगस्टका दिन नेपाली भाषाले भारतको संविधानको आठौँ अनुसूचीमा संवैधानिक मान्यता प्राप्त गरेको ऐतिहासिक दिन हो। यो नेपाली भाषी सम्पूर्ण गोर्खा समुदायका लागि गौरव, सम्मान र आत्मपहिचानको महत्वपूर्ण उपलब्धि हो।

नेपाली भाषा केवल सञ्चारको माध्यम मात्र नभई हाम्रो इतिहास, संस्कृति, साहित्य, परम्परा र सामुदायिक पहिचानसँग गहिरो रूपमा जोडिएको भाषा हो। नेपाली भाषालाई विभिन्न क्षेत्र र समुदायमा खस कुरा, गोर्खाली, पर्वतिया आदि नामले पनि चिनिने गरेको पाइन्छ। यी विभिन्न नामहरूले नेपाली भाषाको ऐतिहासिक विकास, भौगोलिक विस्तार तथा समुदायगत पहिचानलाई प्रतिबिम्बित गर्छन्।

भारतको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाको समावेशले यस भाषालाई संवैधानिक सम्मान प्रदान गर्नुका साथै नेपाली भाषी गोर्खा महाजातको भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाएको छ।

यस ऐतिहासिक उपलब्धिका लागि योगदान पुर्‍याउने सम्पूर्ण अग्रज, साहित्यकार, भाषाप्रेमी, अभियन्ता तथा संघर्षशील व्यक्तित्वहरूप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछौँ।

भाषा हाम्रो गौरव हो, हाम्रो पहिचान हो।
जयतु भाषा जननी! जय गोर्खा!

प्रचार सचिव -Vivek Thakuri

All Assam Gorkha Students' Union

Address

Duliajan
786602

Website

Alerts

Be the first to know and let us send you an email when AAGSU Duliajan Regional Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share