25/08/2026
२४ अगस्त २०२६ का दिन आयोजित भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको लखीमपुर अधिवेशनबाट नवनिर्वाचित अध्यक्षका रूपमा जिम्मेवारी ग्रहण गर्नुभएका Khem B Pradhan ज्युलाई लाई Assam Newar Sammelan केन्द्रीय समितिको तर्फबाट हार्दिक शुभेच्छा तथा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
समाजप्रति गहिरो दायित्वबोध, दीर्घ सामाजिक सेवा, शिक्षाप्रतिको निष्ठा तथा परोपकारी भावनाका कारण श्री खेमबहादुर प्रधानज्यू एक कुशल समाजसेवी, शिक्षाविद् तथा मानवतावादी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
उहाँको लामो अनुभव, दूरदर्शिता, सांगठनिक दक्षता तथा प्रभावशाली नेतृत्व क्षमताले भारतीय गोर्खा परिसंघ, असम राज्य समितिलाई अझ सशक्त, संगठित र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।
नवनिर्वाचित अध्यक्षका रूपमा उहाँको नेतृत्वमा गोर्खा समाजको एकता, अधिकार, शिक्षा, सामाजिक तथा सांस्कृतिक विकास एवं समग्र कल्याणका क्षेत्रमा नयाँ अध्यायको शुभारम्भ हुनेछ भन्ने हामीले हार्दिक विश्वास लिएका छौँ।
उहाँको कार्यकाल सफल, गौरवमय, उपलब्धिमूलक तथा फलदायी रहोस्। समाज र राष्ट्रको सेवामा उहाँका प्रत्येक कदमले नयाँ प्रेरणा, आशा र सकारात्मक ऊर्जा सञ्चार गरिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना!
अध्यक्ष / मुख्य सचिव
असम नेवार सम्मेलन
केन्द्रीय समिति