AAGSU DHEKIAJULI ANCHALIK SAMITI

AAGSU DHEKIAJULI ANCHALIK SAMITI एक जाती एक मञ्च अधिकार हासील हाम्रो लक

14/09/2026

🙏

नव-निर्वाचित आग्सु केन्द्रीय समिति मूल-सचिव somraj sonar दादालाई आजा ढ़ेकियाजुलि आन्चलिक समितिको तर्फवाट ढ़ेकियाजुलिमा अभि...
02/08/2026

नव-निर्वाचित आग्सु केन्द्रीय समिति मूल-सचिव somraj sonar दादालाई आजा ढ़ेकियाजुलि आन्चलिक समितिको तर्फवाट ढ़ेकियाजुलिमा अभिनन्दन गरिन्छ

अखिल असम गोर्खा छात्र संघ (AAGSU) ढेकियाजुली आञ्चलिक समितिका पूर्व साधारण सचिव तथा शिक्षक श्री चन्दन छेत्रीको निधन सामान...
30/07/2026

अखिल असम गोर्खा छात्र संघ (AAGSU) ढेकियाजुली आञ्चलिक समितिका पूर्व साधारण सचिव तथा शिक्षक श्री चन्दन छेत्रीको निधन सामान्य मृत्यु नभई योजनाबद्ध हत्या हुन सक्ने गम्भीर आशंका व्यक्त गरिएको छ।
यस अत्यन्त दुःखद र संवेदनशील घटनाप्रति हामी गहिरो शोक व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय निष्पक्ष र पारदर्शी छानबिनको जोडदार माग गर्दछौं। साथै घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र पहिचान गरी कानुनबमोजिम कठोरतम कारबाही गरियोस् भन्ने हाम्रो दृढ माग छ।
न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित हुनु हो। त्यसैले सम्बन्धित निकायले कुनै पनि दबाब वा प्रभावमा नपरी निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन तत्काल आवश्यक कदम चालोस्।

আন্তৰিক শুভেচ্ছা
16/07/2026

আন্তৰিক শুভেচ্ছা

सार्वजनिक सुचना।
06/06/2026

सार्वजनिक सुचना।

असम मन्त्रिपरिषदमा स्थान प्राप्त गर्नुभएकोमा ढेकियाजुली विधानसभा समष्टिका विधायक माननीय अशोक सिंघालज्यूलाई हार्दिक बधाई ...
05/06/2026

असम मन्त्रिपरिषदमा स्थान प्राप्त गर्नुभएकोमा ढेकियाजुली विधानसभा समष्टिका विधायक माननीय अशोक सिंघालज्यूलाई हार्दिक बधाई तथा शुभकामना! यस क्षेत्रको समग्र विकासमा तपाईंको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने हाम्रो विश्वास छ। मन्त्रीपद प्राप्त गरेपछि यस समष्टिका सम्पूर्ण जनताका साथै गोर्खा समुदायको उत्थान, सुलभ सुविधा र विकास निर्माणका कार्यहरूमा तपाईंले विशेष पहल गर्नुहुनेछ भन्ने हामीले पूर्ण आशा राखेका छौं।

प्राञ्जल खर्का
प्रचार सचिव
ढेकियाजुली आञ्चलिक समिति आग्सु

१९४६ सालमा तेजपुरको जहाजघाटबाट सुरु भएको 'तेजपुर गोर्खा छात्र संघ'को यात्रा आज ८० वर्षको एउटा गौरवमय इतिहासमा परिणत भएको...
26/05/2026

१९४६ सालमा तेजपुरको जहाजघाटबाट सुरु भएको 'तेजपुर गोर्खा छात्र संघ'को यात्रा आज ८० वर्षको एउटा गौरवमय इतिहासमा परिणत भएको छ।
विगत आठ दशकदेखि गोर्खा विद्यार्थी र समग्र समाजको अधिकार अनि सम्मानको लागि उभिएको यो 'गोर्खा छात्र संघ' आज केवल एउटा संगठन मात्र होइन, यो हाम्रो अतीत र भविष्यको एक जीवन्त साक्षी हो। ८० वर्षको यो त्याग र संघर्षको इतिहासलाई अझ बढी शक्तिशाली बनाउन, आउँदो ३१ मे (आइतबार) का दिन तेजपुरको नेपालीपट्टीस्थित "गोर्खा सांस्कृतिक प्रकल्प" मा आयोजना हुन गइरहेको छ " अखिल असम गोर्खा छात्र संघ (आग्सु) शोणितपुर जिल्ला समितिको ३९औँ द्विवार्षिक अधिवेशन"।
जय आई असम। जय गोर्खा। जय छात्र संघ।
fans

प्राञ्जल खर्का
प्रचार सचिव
ढेकियाजुली आञ्चलिक समिति, आग्सु

अखिल असम गोर्खा छात्र संघ (आग्सु)का सूचना एवं प्रविधि सचिव श्री किरण खड्का ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्...
18/05/2026

अखिल असम गोर्खा छात्र संघ (आग्सु)का सूचना एवं प्रविधि सचिव श्री किरण खड्का ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको सुस्वास्थ्य, दीर्घायु तथा जीवनका प्रत्येक क्षेत्रमा उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौं।
Kiran Kharka ❤️🎉


प्राञ्जल खर्का
प्रचार सचिव
ढेकियाजुली आञ्चलिक समिति, आग्सु

आज मिति १७/०५/२०२६ आइतबारको दिन आग्सु ढेकियाजुली आंचलिक समितिको शपथ ग्रहण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।यस विशेष ...
17/05/2026

आज मिति १७/०५/२०२६ आइतबारको दिन आग्सु ढेकियाजुली आंचलिक समितिको शपथ ग्रहण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस विशेष अवसरमा जिल्ला समितिका प्रचार सचिव श्री राजेन्द्र दाहालज्यू तथा जिल्ला समितिका सदस्य श्री रजत भारद्वाजज्यूको गरिमामय उपस्थिति रहेको थियो। यहाँहरूले आफ्नो अमूल्य समय दिएर उपस्थित भई यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनु भएकोमा सम्पूर्ण ढेकियाजुली आंचलिक समिति आग्सु को तर्फबाट हार्दिक कृतज्ञताका साथै धन्यवाद ज्ञापन गर्दछौँ।

प्राञ्जल खर्का
प्रचार सचिव
ढेकियाजुली आञ्चलिक समिति, आग्सु।

हिजो शोणितपुर जिल्लाको अधिवेशन सम्बन्धी निमन्त्रणापत्र प्राप्त गर्ने क्रममा शोणितपुर जिल्ला सभापति दीपक सुब्बा, मुलसचिव ...
17/05/2026

हिजो शोणितपुर जिल्लाको अधिवेशन सम्बन्धी निमन्त्रणापत्र प्राप्त गर्ने क्रममा शोणितपुर जिल्ला सभापति दीपक सुब्बा, मुलसचिव हितेश पराजुली र जिल्ला सदस्य क्रमश रजत भारद्वाज,चन्द्र गौतम तथा गणेश भुजेल सरहरूसँग भेटघाट तथा महत्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भयो।
उहाँहरूबाट प्राप्त मायाँ, सहयोग र मार्गदर्शनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आगामी अधिवेशन सफलताको शुभकामना सहित सम्पूर्ण साथीभाइ तथा सदस्यहरूलाई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं|

प्राञ्जल खर्का
प्रचार सचिव
ढेकियाजुली आञ्चलिक समिति, आग्सु।

Address

Dhekiajuli
784110

Telephone

+918403063431

Alerts

Be the first to know and let us send you an email when AAGSU DHEKIAJULI ANCHALIK SAMITI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to AAGSU DHEKIAJULI ANCHALIK SAMITI:

Shortcuts

Share