Ewam Tharpa Ling Monastery

Ewam Tharpa Ling Monastery This is the official page of Ewam Tharpa Ling Monastery, located in Chitwan National Park. Please follow this page to stay informed. Thank you.

All future updates and announcements related to the monastery will be shared here.

26/04/2026

अपरम्पार कृपालु गुरुको पवित्र कुडुङ स्तूपमा
श्रद्धा र भक्ति सहित दर्शन अर्पण। Video Credit goes to Jyam Den

[निमन्त्रणा ]सादर जानकारी गराइन्छ कि थार्पालिङ गुम्बामा पवित्र बुद्ध जयन्तिको उपलक्ष्यमा विशेष पूजा कार्यक्रम आयोजना गरि...
26/04/2026

[निमन्त्रणा ]

सादर जानकारी गराइन्छ कि थार्पालिङ गुम्बामा पवित्र बुद्ध जयन्तिको उपलक्ष्यमा विशेष पूजा कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रम बैशाख १८ गते, बिहान ९ बजे देखि सुरू हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई पुण्य लाभ लिन हार्दिक निमन्त्रण गरिन्छ।

तपाईंहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझै शोभायमान बनाउनेछ भन्ने अपेक्षा राख्दछौं।

स्थान: एवं थार्पालिङ गुम्बा

मिति: बैशाख १८

समय: बिहान ९ बजेबाट

आयोजक

एवं थार्पालिङ गुम्बा परिवार।
खैरहनी १३ हरनरी वैरिया।

[परम पूजनीय धर्मगुरुज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ]धर्मका सूत्र, तन्त्र तथा उपदेशहरूको अथाह महासागरका अधिपति...
16/04/2026

[परम पूजनीय धर्मगुरुज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ]

धर्मका सूत्र, तन्त्र तथा उपदेशहरूको अथाह महासागरका अधिपति, तीनै कालका बुद्धहरूको साक्षात् स्वरूप, विनयका धारकहरूको मुकुटमणि, महान् गुरुहरूको प्रतिनिधि, अनन्त जन्मसम्म शरणयोग्य तथा दर्शनमात्रले पनि पुण्य प्रदान गर्ने—हजुरजस्ता करुणामय मूलगुरुज्यूप्रति हामी दासभावका साथ चरण वन्दना गर्दछौँ।

यस पवित्र दिन, हजुरको जन्मदिवसको शुभ अवसरमा, शरीर, वचन र मनले श्रद्धापूर्वक अनन्त शुभकामना अर्पण गर्दछौँ।

हजुरजस्तो धर्मप्रकाश फैलाउने महान् गुरुको कृपाले बुद्धका अमूल्य शिक्षाहरू संसारभर फैलिरहून्।
हजुरको आयु दीर्घ होस्, सयौँ कल्पसम्म अटल रहोस्,
र हजुरका समस्त शुभ संकल्पहरू सहजै पूर्ण होऊन्।

जबसम्म आकाश रहिरहन्छ,
जबसम्म सजीव प्राणीहरू समाप्त हुँदैनन्,
त्यतिन्जेलसम्म संसारका प्राणीहरूको कल्याणका लागि
हजुरका पुण्य कार्यहरू महासागरझैँ विस्तार हुँदै जाऊन्।

यही सच्चा श्रद्धा र भक्तिभावका साथ हामी इवाम थार्पालिङ परिवारले प्रार्थना अर्पण गर्दछौँ।

नमो गुरुवे ॥

इवाम थार्पालिङ परिवार ।

12/04/2026

परम पावन श्री थार्चे खेन रिन्पोछे ज्यूद्वारा सङ्ग्ये छोईलिङ गुम्बामा बौद्ध स्तूपाको रब्ने र छेवाङ सम्पन्न। 🙏✨

16/03/2026

गुरुको आशीर्वादले जीवनमा सधैं सुख, शान्ति र समृद्धि ल्याओस्। 🌼 🙏✨

मिति २०८२ साल फाल्गुण २४ गते ङोर सम्प्रदयका ७७औँ सिंहासनाधीश (गद्दिधार) परम पावन शरण नाथ श्री थार्चे खेन रिन्पोछे ज्यूद्...
09/03/2026

मिति २०८२ साल फाल्गुण २४ गते ङोर सम्प्रदयका ७७औँ सिंहासनाधीश (गद्दिधार) परम पावन शरण नाथ श्री थार्चे खेन रिन्पोछे ज्यूद्वारा बागमती नगरपालिका वडा नं. ४, सर्लाही जिल्ला स्थित सङ्ग्ये छोईलिङ गुम्बा मा नवनिर्मित बौद्ध स्तूपाको पवित्र रब्ने (प्रतिष्ठा) पूजा र छेवाङ (आयु अभिशेष) सम्पन्न भएको छ।

࿑གདུལ་འཛིན་བྱེ་བའི་གཙུག་ནོར། ངོར་ཆེན་རྒྱལ་བའི་རྒྱལ་ཚབ། དྲིན་ཅན་རྩ་བའི་བླ་མ། ༧སྐྱབས་མཆོག་ངོར་ཐར་རྩེ་མཁན་རིན་པོ་ཆེ་མཆོག་གིས་ཞལ་མངའ་ནས། སར་ལ་ཧི་སངས་རྒྱས་ཆོས་གླིང་དགོན་པར་གསར་བཞེངས་བྱས་པའི་མཆོད་རྟེན་གྱི་རབ་གནས་དང་། མི་དམངས་ལ་ཚེ་དབང་ཟབ་མོ་བཀའ་དྲིན་བསྐྱངས་གནང་བའི་རྣམ་པ། 8-03-2026 🙏✨

16/02/2026

वार्षिक यमन्तक महापूजाको समापन भयो। यस पुण्यले सबै प्राणीहरूको दुःख शान्त होस् र संसारमा शान्ति फैलियोस्। सबै गुरु, संघ, प्रायोजक र भक्तजनप्रति कृतज्ञता। 🙏

13/02/2026

सूचना / निमन्त्रणा

यस आउँदो आइतबार र सोमबार, नयाँ वर्षको पावन अवसरमा, सम्पूर्ण बिघ्न–बाधा निवारण, सोचेका मनोकामना पूर्णता तथा ग्रहदशा शान्तिका निमित्त महाकाल पूजा तथा ग्रह शान्ति पूजा आयोजना गरिएको व्यहोरा सम्पूर्ण धर्मप्रेमी भक्तजनहरूमा सादर अवगत गराइन्छ।

उक्त पूजामा सहभागी भई पुण्यलाभ गर्नुहुन हार्दिक निमन्त्रणा व्यक्त गर्दछौँ। 🙏

Address

Manduwala
Dehra Dun

Website

Alerts

Be the first to know and let us send you an email when Ewam Tharpa Ling Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share