05/06/2026
नमस्ते फाउन्डेसन परिवारको तर्फबाट हार्दिक शुभकामना तथा सम्मान
आज हामी नमस्ते फाउन्डेसन परिवार अत्यन्तै गर्व महसुस गरिरहेका छौं। श्रीमती सुमित्रा राई, संस्थापक, सहयोगी हात शेल्टर होम, आज GDNS जस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
उहाँलाई जन्म दिने आमा-बुबा , आज अवश्य पनि गर्व महसुस गरिरहनुभएको होला। उहाँहरूबाट प्राप्त असल संस्कार, मानवीय भावना र सेवाको प्रेरणाकै परिणामस्वरूप आज दिदीले यस्तो उच्च सम्मान प्राप्त गर्न सफल हुनुभएको हो। यो सम्मान उहाँको त्याग, धैर्यता, समर्पण र निरन्तर सेवाको प्रतिफल हो।
GDNS परिवारका सम्पूर्ण सदस्यहरूलाई फाउन्डेसन डे को हार्दिक शुभकामना तथा बधाई। साथै समाजसेवाको क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि सम्पूर्ण परिवारप्रति हामी कृतज्ञता व्यक्त गर्दछौं।
नमस्ते फाउन्डेसन को तर्फबाट पनि सुमित्रा दिदीलाई हार्दिक बधाई तथा शुभकामना। दिदी Who Cares मा रहँदा उहाँको अथक प्रयास, सेवा र समर्पणले स्टोन म्यान लगायत धेरै असहाय व्यक्तिहरूलाई संरक्षण, स्याहार-सुसार र नयाँ जीवन प्रदान गरेको थियो। त्यसपछि उहाँले आफ्नै संस्था Sahayoghi Haat Shelter Home स्थापना गरी सेवाको यात्रालाई अझ व्यापक रूपमा निरन्तरता दिनुभयो।
खरे बस्तीमा शेल्टर होम सञ्चालन गर्दै उहाँले वर्षौंदेखि असहाय, बेवारिसे तथा आवश्यकता भएका मानिसहरूको सेवा गर्दै आउनुभएको छ। उहाँको सेवाको मूल्याङ्कन कुनै शब्दले गर्न सकिँदैन। उहाँको अथक योगदानले समाज र मानवताप्रति अतुलनीय सेवा पुर्याइरहेको छ।
आज GDNS ले एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ— मानिसको काम, योगदान र सेवाको सम्मान उसले जीवित रहँदै गर्दा गर्नुपर्छ, केवल मृत्यु पछाडि मात्र होइन।
फेरि एकपटक श्रीमती सुमित्रा राई दिदीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
– नमस्ते फाउन्डेसन परिवार 🙏🌸