Darjeeling Maato ko Maya foundation

Darjeeling Maato ko Maya foundation DARJEELING MAATO KO MAYA FOUNDATION. CARD ROAD GHOOM DARJEELING. REG: 88900WB2024NPL269554
https://www.darjeelingmaatokomayafoundation.com/

ऊँ मणि पद्मे हूँ  🙏🌹🏵️🏵️🌼🌻🌺जन्मदिनको हार्दिक बधाई एवं शुभकामना गुरुदेव 🌹🎂परम पूज्य गुरुदेव  ८३औ जन्म दिवसको  सम्पूर्ण दा...
09/06/2026

ऊँ मणि पद्मे हूँ 🙏🌹🏵️🏵️🌼🌻🌺

जन्मदिनको हार्दिक बधाई एवं शुभकामना गुरुदेव 🌹🎂

परम पूज्य गुरुदेव ८३औ जन्म दिवसको सम्पूर्ण दार्जिलिङ माटोको माया परिवार हार्दिक बधाई एंम शुभकामना , तथा सु-स्वास्थ्य अनि दिर्घायु कामना गर्दछाै 🌹🌼🌼🌼🙏

हजुरहरुमा गुरुको आशीर्वाद सदैव रहाेस, उहाँको माया अनि कृपा सम्पूर्ण जगतमा पाहाेस !!

⚠️ विदेशमा अलपत्र परेका  एक युवाको पीडासिलगढीस्थित एक नामी एजेन्सीमार्फत ठूलो रकम शुल्क तिरेर राम्रो रोजगारीको आशामा ग्र...
08/06/2026

⚠️ विदेशमा अलपत्र परेका एक युवाको पीडा

सिलगढीस्थित एक नामी एजेन्सीमार्फत ठूलो रकम शुल्क तिरेर राम्रो रोजगारीको आशामा ग्रिस पुगेका मिरिकका एक युवा हाल अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन्।

पीडितका अनुसार, ग्रिस पुगेको करिब नौ महिना बितिसक्दा पनि एजेन्सीले दिएको प्रतिबद्धता अनुसारको काम प्राप्त हुन सकेको छैन। विशेष गरी, आवश्यक TRC (Temporary Residence Card) नपाएका कारण उनी हाल गैरकानुनी (Illegal) अवस्थामा पुगेका छन्। रोजगारीको अभाव, कानुनी कागजातको समस्या तथा बसोबासको कठिनाइका कारण उनी अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य छन्। कहिलेकाहीँ सुको रोटी खाएर दिन कटाउनुपरेको र विभिन्न स्थानमा भौतारिनुपरेको गुनासो उनले दार्जिलिङ माटोको माया सेवा संस्थासमक्ष व्यक्त गरेका छन्।

उहाँले आफूलाई उद्धार तथा न्याय दिलाइदिन संस्थासँग अनुरोध गर्नुभएको छ।

यस विषयमा दार्जिलिङ माटोको माया सेवा संस्थाले सम्बन्धित एजेन्सीसँग सम्पर्क गरी औपचारिक नोटिस पठाइसकेको छ र समस्याको शीघ्र समाधान गर्न आग्रह गरेको छ। यदि समयमै उचित समाधान नआएमा संस्थाले आवश्यक तथा उचित कदम चाल्ने जानकारी गराउँदछ।

यस घटनाले पीडितका परिवारलाई समेत गहिरो मानसिक पीडा दिएको छ। विशेष गरी उहाँकी श्रीमती र चार महिनाकी नानी अत्यन्तै चिन्तित तथा पीडित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

हामी सम्बन्धित निकाय तथा एजेन्सीलाई मानवताको आधारमा यो विषयलाई गम्भीरतापूर्वक लिएर शीघ्र समाधान गर्न अनुरोध गर्दछौं।

दार्जिलिङ माटोको माया सेवा संस्था

८७ युवा भारत माताको सेवामा छनोटघर–घर लाहुरे प्रशिक्षण केन्द्रबाट प्रशिक्षित ८७ जना नवयुवाहरू भारत माताको रक्षाका लागि सफ...
07/06/2026

८७ युवा भारत माताको सेवामा छनोट

घर–घर लाहुरे प्रशिक्षण केन्द्रबाट प्रशिक्षित ८७ जना नवयुवाहरू भारत माताको रक्षाका लागि सफलतापूर्वक छनोट भएका छन्।

यस ऐतिहासिक उपलब्धिको अवसरमा आयोजित कार्यक्रममा दार्जिलिङ माटोको माया सेवा संस्था, मिरिक शाखा लाई पनि विशेष रूपमा आमन्त्रण गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूद्वारा प्रशिक्षकहरू सुबेदार मेजर सुनील बम्जन, नाइक सुबेदार बिधान तामाङ तथा हवल्दार सरत राई लाई खादा ओढाई सम्मान गरिएको थियो।

छनोट भएका सम्पूर्ण युवाहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🇮🇳🌹

दुबईमा हाम्रा तीनजना दाजुभाइ पीडादायक अवस्थामा — दार्जिलिङ माटोको माया सेवा संस्थाद्वारा उद्धारको पहलचार महिना अघि दार्ज...
06/06/2026

दुबईमा हाम्रा तीनजना दाजुभाइ पीडादायक अवस्थामा — दार्जिलिङ माटोको माया सेवा संस्थाद्वारा उद्धारको पहल

चार महिना अघि दार्जिलिङका तीनजना युवाहरू होम डेलिभरीको रोजगारीका लागि दुबई गएका थिए। तर कम्पनीले गरेको सम्झौताअनुसार तलब, सुविधा तथा अन्य सेवा–सुविधा नपाएको, आफूहरूले कमाएको टिप्ससमेत नदिएको, विभिन्न बहानामा रकम कटौती गरिएको लगायतका गुनासाहरू उनीहरूले गरेका छन्।

४५ डिग्रीभन्दा बढी तापक्रममा घाममा हिँडेर डेलिभरी सेवा दिँदा पनि आफ्नो मेहनतको उचित मूल्य नपाउनु दुःखद र अमानवीय व्यवहार हो। निरन्तरको मानसिक तथा आर्थिक पीडाका कारण उनीहरू स्वदेश फर्किन चाहिरहेका छन्।

यस विषयमा दार्जिलिङ माटोको माया सेवा संस्थाले कम्पनी र सम्बन्धित एजेन्सीसँग पटक–पटक पहल गर्दै आएको भए पनि अहिलेसम्म कुनै ठोस समाधान ननिस्किएकाले संस्थाले दुई दिनको अल्टिमेटम दिएको छ।

पीडितहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएकाले अब थप प्रतीक्षा गर्न सकिने अवस्था छैन। त्यसैले दार्जिलिङ माटोको माया सेवा संस्थाका अध्यक्षको विशेष पहलमा उनीहरूलाई सुरक्षित रूपमा चाँडै घर फर्काउने प्रक्रिया अगाडि बढाइएको छ।

"मानव सेवा नै हाम्रो धर्म" भन्ने भावनाका साथ संस्थाले पीडितहरूको न्याय, सुरक्षा र उद्धारका लागि निरन्तर आवाज उठाइरहनेछ। 🙏🏻❤️

विश्व वातावरण दिवसको अवसरमा 🌱🌍दार्जिलिङ माटोको माया सेवा संस्थाको सक्रिय पहलमा मिरिक हेलिप्याड परिसरमा सरसफाइ तथा वृक्षा...
05/06/2026

विश्व वातावरण दिवसको अवसरमा 🌱🌍

दार्जिलिङ माटोको माया सेवा संस्थाको सक्रिय पहलमा मिरिक हेलिप्याड परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

स्वच्छ वातावरण, हरियाली संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै संस्थाका सम्पूर्ण टोली सदस्यहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

"हरित वातावरण, स्वस्थ जीवन" भन्ने सन्देशका साथ आयोजित यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🌿💚

दार्जिलिङ माटोको माया सेवा संस्था
"कर्म नै हाम्रो धर्म" 🌱🙏

02/06/2026

justiceforsankarchettri✊

दार्जिलिङ माटोको माया सेवा संस्थाको तर्फबाट सम्पूर्ण गोर्खा समाजका लागि यो अत्यन्त गौरव, सम्मान र खुशीको विषय हो कि मानन...
24/05/2026

दार्जिलिङ माटोको माया सेवा संस्थाको तर्फबाट सम्पूर्ण गोर्खा समाजका लागि यो अत्यन्त गौरव, सम्मान र खुशीको विषय हो कि माननीय न्यायमूर्ति मीनाक्षी मदन राई ज्यू पटना उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा पदभार ग्रहण गर्न लाग्नुभएको छ।

एक गोर्खे छोरीको रूपमा यस प्रतिष्ठित पदमा पुग्नु ऐतिहासिक उपलब्धि हो। उहाँको यो पदोन्नति उहाँको अटल समर्पण, इमानदारी, बुद्धिमत्ता तथा न्यायपालिकाप्रतिको विशिष्ट सेवाको उज्ज्वल प्रमाण हो। उहाँको यो उल्लेखनीय सफलता सम्पूर्ण गोर्खा समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

दार्जिलिङ माटोको माया सेवा संस्थाको तर्फबाट माननीय न्यायमूर्ति मीनाक्षी मदन राई ज्यूलाई यस गौरवपूर्ण उपलब्धिको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 💐

हामीलाई पूर्ण विश्वास छ कि उहाँको सक्षम नेतृत्वमा पटना उच्च अदालतले न्याय, निष्पक्षता तथा संवैधानिक मूल्यमान्यतालाई अझ उच्च सम्मानका साथ अगाडि बढाउनेछ। उहाँको कार्यकाल सफल, प्रेरणादायी तथा उदाहरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🌸

🌟 मेग्सज प्रोडक्सनद्वारा आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न, दार्जीलिङ माटोको माया सेवा संस्था सम्मानित 🌟हार्दिक...
18/05/2026

🌟 मेग्सज प्रोडक्सनद्वारा आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न, दार्जीलिङ माटोको माया सेवा संस्था सम्मानित 🌟

हार्दिक बधाई एंव शुभकामना ।🌺

मेग्सज प्रोडक्सनका निर्देशक श्री साजन साङपाङ र उहाँको सम्पूर्ण टिमद्वारा आयोजित सम्मान कार्यक्रम अत्यन्त भव्य, सार्थक र प्रेरणादायी रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कलाकार, संगीतकार, मोडल, कन्टेन्ट क्रिएटर तथा समाजसेवीहरूको उल्लेखनीय योगदानलाई एउटै मञ्चमा सम्मानित गर्दै कला र सेवा दुवै समाजका अभिन्न अंग हुन् भन्ने सशक्त सन्देश प्रवाह गरिएको छ।

कार्यक्रमले मनोरञ्जन क्षेत्रलाई मात्र नभई समाजसेवाको निस्वार्थ भावनालाई पनि उच्च सम्मान प्रदान गरेको छ। विशेष गरी दार्जीलिङ माटोको माया सेवा संस्थालाई गरिएको सम्मानले कार्यक्रमको सामाजिक उत्तरदायित्व र गहिराइलाई अझ स्पष्ट बनाएको छ। दार्जीलिङको माटो, संस्कृति र समुदायप्रति समर्पित यस्ता संस्थाहरूलाई प्रोत्साहन मिल्नु अत्यन्तै प्रशंसनीय कदमको रूपमा लिइएको छ।

सोही अवसरमा संस्थाको तर्फबाट प्रमुख संयोजक श्री महेन्द्र गोर्खा सुब्बा ज्यू, महासचिव श्री प्रवीणशंकर ज्यू तथा केन्द्रीय समिति उदयगिरि ज्यू सन्तोष विश्वकर्मा ज्युले सम्मान प्राप्त गर्नुभएको छ। यसले संस्थाको सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा गरिरहेको योगदानलाई थप उजागर गरेको छ।

निर्देशक साजन साङपाङ र मेग्सज प्रोडक्सनको सम्पूर्ण टिमप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ। उहाँहरूको यो प्रयासले दार्जीलिङमा कला, संस्कृति र समाजसेवालाई जोड्ने एक सशक्त पुल निर्माण गरेको छ। यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरित गर्दै समाजमा सकारात्मक सोच र एकताको सन्देश फैलाउने विश्वास गरिएको छ।

सामाजिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको दार्जीलिङ माटोको माया सेवा संस्थालाई आगामी दिनका लागि अझ सफलता र प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

18/05/2026

न्यायका लागि आर्थिक सहयोगको हार्दिक अपिल

स्वर्गीय शंकर क्षेत्रीको मृत्यु सिलिगुढीस्थित हिट एण्ड रन (Hit and Run) घटनामा भएको हो। यस घटनाले परिवार मात्र होइन, हामी सम्पूर्ण गोर्खे समाजलाई समेत गहिरो शोकमा डुबाएको छ।

उक्त घटनापछि परिवार सुरुदेखि नै न्यायका लागि कानुनी लडाइँमा सक्रिय रूपमा संलग्न छ र हालसम्म पनि कानुनी प्रक्रिया निरन्तर जारी रहेको छ। तर अत्यन्त दुःखको कुरा, यस परिवारले सरकारबाट कुनै पनि राहत वा सहानुभूति प्राप्त गरेको छैन।

न्यायको यस लामो यात्रामा स्वर्गीय शंकर क्षेत्रीकी बहिनी मनु क्षेत्री (Manu Chettri) ज्यू एक्लै निरन्तर संघर्षरत रहनुभएको छ।

यसैले, समाज, सरकार तथा प्रशासन समक्ष एकै स्वरमा “Just for Shankar Chettri” भन्दै न्यायको माग सहित सहयोगी मनहरू समक्ष आर्थिक सहयोगको हार्दिक अपिल गरिएको छ।

न्याय प्राप्तिको यस यात्रामा आवश्यक कानुनी खर्च तथा आर्थिक भारका कारण परिवार अत्यन्त कठिन परिस्थितिमा रहेको छ।

तपाईंहरूको सानो सहयोगले पनि न्याय प्राप्तिको संघर्षमा ठूलो बल र सहारा प्रदान गर्नेछ।

सहयोग विवरण:

Name: Ms. Manu Chettri
Account No: 33902573609
IFSC Code: SBIN0014075
Bank: State Bank of India (SBI)

Google Pay (GPay): 9832869302

Contact Number: 7866093610 (Manu Chettri)







न्यायका लागि आर्थिक सहयोगको हार्दिक अपिलस्वर्गीय शंकर क्षेत्रीको मृत्यु सिलिगुढीस्थित हिट एण्ड रन (Hit and Run) घटनामा भ...
18/05/2026

न्यायका लागि आर्थिक सहयोगको हार्दिक अपिल

स्वर्गीय शंकर क्षेत्रीको मृत्यु सिलिगुढीस्थित हिट एण्ड रन (Hit and Run) घटनामा भएको हो। यस घटनाले परिवार मात्र होइन, हामी सम्पूर्ण गोर्खे समाजलाई समेत गहिरो शोकमा डुबाएको छ।

उक्त घटनापछि परिवार सुरुदेखि नै न्यायका लागि कानुनी लडाइँमा सक्रिय रूपमा संलग्न छ र हालसम्म पनि कानुनी प्रक्रिया निरन्तर जारी रहेको छ। तर अत्यन्त दुःखको कुरा, यस परिवारले सरकारबाट कुनै पनि राहत वा सहानुभूति प्राप्त गरेको छैन।

न्यायको यस लामो यात्रामा स्वर्गीय शंकर क्षेत्रीकी बहिनी मनु क्षेत्री (Manu Chettri) ज्यू एक्लै निरन्तर संघर्षरत रहनुभएको छ।

यसैले, समाज, सरकार तथा प्रशासन समक्ष एकै स्वरमा “Just for Shankar Chettri” भन्दै न्यायको माग सहित सहयोगी मनहरू समक्ष आर्थिक सहयोगको हार्दिक अपिल गरिएको छ।

न्याय प्राप्तिको यस यात्रामा आवश्यक कानुनी खर्च तथा आर्थिक भारका कारण परिवार अत्यन्त कठिन परिस्थितिमा रहेको छ।

तपाईंहरूको सानो सहयोगले पनि न्याय प्राप्तिको संघर्षमा ठूलो बल र सहारा प्रदान गर्नेछ।

सहयोग विवरण:

Name: Ms. Manu Chettri
Account No: 33902573609
IFSC Code: SBIN0014075
Bank: State Bank of India (SBI)

Google Pay (GPay): 9832869302

Contact Number: 7866093610 (Manu Chettri)







Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Darjeeling Maato ko Maya foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share