Indian Christian Minority Organization- ICMO

Indian  Christian Minority Organization- ICMO Lets get together for pray

जोइन्ट फारम पहाड-तराई क्रिश्चियन वेलफेयर अर्गनाइजेशनको सभा दार्जीलिङमा सम्पन्नदार्जीलिङ: आज मिति २०२५ जनवरी १४, मंगलबार,...
15/01/2025

जोइन्ट फारम पहाड-तराई क्रिश्चियन वेलफेयर अर्गनाइजेशनको सभा दार्जीलिङमा सम्पन्न

दार्जीलिङ: आज मिति २०२५ जनवरी १४, मंगलबार, दार्जीलिङको GDNS हलमा "जोइन्ट फारम पहाड-तराई क्रिश्चियन वेलफेयर अर्गनाइजेशन" को एक महत्त्वपूर्ण सभा सम्पन्न भएको छ। उक्त सभा रेभ. पास्टर अजय छेत्री (खरसाङ) को अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा GTA क्षेत्रका विभिन्न क्षेत्रहरू मिरिक, खरसाङ, पंखाबारी, सौरेनी/पनिघट्टा, गाडी धुरा, सिलिगुडी/सालबारी, सुकिया पोखरी, बिजनबारी, सुनादह, धोतरिया/रंगबुल, लेबुङ भेली, बदमताम/फुपसेरिङ, सोम/सिंगतम, रंग्ली/रंग्लियाट, दार्जीलिङ टाउनलगायत कलिम्पोङ जिल्लाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सभामा सबै ब्लक तथा क्षेत्रहरूबाट सदस्यहरू समेटेर जोइन्ट फारमको केन्द्रीय कमिटी गठन गरिएको छ। सर्वसम्मतिले पास्टर रमेश गुरुङलाई अध्यक्ष र पास्टर असिम राईलाई मूल सचिव चयन गरिएको छ। हाल केन्द्रीय कमिटीमा ४२ जना सदस्यहरू रहेका छन् भने अनुपस्थित अन्य अगुवाहरूलाई पनि समावेश गर्दै बृहत् कमिटी तयार गरिनेछ।

यो केन्द्रीय कमिटीमार्फत GTA क्षेत्रका ४५ वटा समष्टि र १३ वटा ब्लकमा जिम्मेवारी बाँडफाँट गर्ने योजना बनाइएको छ। समष्टिहरूमा ४५ जना र ब्लकहरूमा १३ जना सदस्यहरू चयन गरिनेछन्।

"जोइन्ट फारम पहाड-तराई क्रिश्चियन वेलफेयर अर्गनाइजेशन" को मूल उद्देश्य GTA क्षेत्र र पहाड-तराई क्षेत्रमा छरिएर रहेका अल्पसंख्यक समुदायलाई एक सूत्रमा बाँध्नु, एकता स्थापना गर्नु, र समाजमा शान्ति, प्रेम र भाइचाराको सन्देश फैलाउनु हो।

यस साझा मञ्चले अनुशासनको साथ पहाड र तराईका सम्पूर्ण अल्पसंख्यक समुदायलाई समेट्दै सामाजिक एकीकरणको दिशामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।

25/09/2024

दार्जीलिंगको
हावा साह्रै मिठो
पानी साह्रै चिसो
चिया पत्ति भयो
किन यति साह्रो तितो,,,?
कमान भयो
किन यति साह्रो पिरो,,,,?
मान्छे
किन यति साह्रो गिलो,,,?

HAPPY INDEPENDENCE DAY TO YOU ALL साथै ICMO स्थापना दिवसको पनि हार्दिक शुभकामना यहाँहरुलाइ
15/08/2024

HAPPY INDEPENDENCE DAY TO YOU ALL
साथै ICMO स्थापना दिवसको पनि हार्दिक शुभकामना यहाँहरुलाइ

Address

Darjeeling
734201

Website

Alerts

Be the first to know and let us send you an email when Indian Christian Minority Organization- ICMO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share