25/08/2026
बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली तथा रक्तदान कार्यक्रम
आज २५ अगस्त २०२६ का दिन अखिल असम गोर्खा छात्र संघ, विश्वनाथ जिल्ला समितिको आयोजनामा जिल्ला समिति कार्यालय परिसरमा अवस्थित वीर शहीद मेजर दुर्गामल्लको प्रतिमामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरियो।
बलिदान दिवसको पावन अवसरमा विश्वनाथ जिल्ला समितिको आयोजनामा तथा कुमलिया आञ्चलिक समितिको सहयोगमा रक्तदान शिविरसमेत आयोजना गरियो। उक्त शिविरमा ३० युनिट रक्तदान गरी विश्वनाथ असामरिक चिकित्सालयलाई हस्तान्तरण गर्न सफल भयौँ।
रक्तदान जीवनदान हो। यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, रक्तदाता साथीहरू तथा जिल्ला र आञ्चलिक समितिका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
मेजर दुर्गामल्ल अमर रहून्!
वीर शहीदहरूको बलिदान अमर रहोस्!
जय गोर्खा! जय आई असम!
#সদৌ_অসম_গোৰ্খা_ছাত্ৰ_সন্থা
#বিশ্বনাথ_জিলা
#বাঘমৰা_আঞ্চলিক_আগছু