14/06/2026
#दुःखद_घटना
बेङ्गलोरबाट अत्यन्तै दुःखद र हृदयविदारक घटना सार्वजनिक भएको छ।
प्राप्त जानकारी अनुसार, दार्जिलिङको बिजनबारी निवासी पूर्व लेप्चाले आफ्नी गर्लफ्रेन्डको बेङ्गलोरमा ह_त्_या गरेको आरोप लागेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ Janshakti Foundation Bengaluru का तर्फबाट राहुल शंकरज्यू, मन थापाज्यू, कृष्ण शर्माज्यू, नरबहादुरज्यू, दीपा क्षेत्रीज्यू लगायत अन्य सदस्यहरू घटनास्थल तथा सम्बन्धित निकायसँग समन्वयका लागि उपस्थित हुनुभएको थियो।
हाल यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। सत्य तथ्य छानबिनबाट बाहिर आउने विश्वासका साथ हामी सम्बन्धित निकायलाई निष्पक्ष र गहिरो अनुसन्धान गर्न अनुरोध गर्दछौं।
जनशक्ति फाउन्डेसन बेङ्गलोर यस जघन्य घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषी प्रमाणित हुने व्यक्तिलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गर्दछ, ताकि भविष्यमा यस्ता अमानवीय घटनाहरू दोहोरिन नपाऊन्।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
https://www.facebook.com/share/r/1Ev3bpzfMY/
जनशक्ति फाउन्डेसन बेङ्गलोर
Regards
Rahul Shankar
General Secretary