09/09/2025
श्रद्धाञ्जली सभा र मैनबत्ती प्रज्ज्वलन
गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डद्वारा आयोजित:
नेपालमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका वीर युवाहरूको सम्झनामा श्रद्धाञ्जली सभा र मैनबत्ती प्रज्ज्वलन कार्यक्रम
- समय: आज, साँझ ७ :३०
- स्थान: जीपीओ अगाडि, सिटी सेन्टर डब्लीन
🇳🇵🇳🇵🇳🇵
यस दुखद घडीमा एकजुट भएर मृतक आत्माको चिर शान्तिको कामना गरौं र जेन जी आन्दोलनप्रति ऐक्यबद्धता जनाऔं।
आयरल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली झण्डा सहित उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🇳🇵🇮🇪