03/05/2026
हाम्रो नेपाली समाज क्रोएसिया दुब्रोभ्निक संग जोडिनु भएका सम्पुर्णलाई नमस्कार 🙏🙏
सर्वप्रथम धेरै धेरै धन्यवाद तपाइँहरू सबै लाइ, हामिले संचालन गरेको सहयोग रकम संकलन कार्यक्रम मा यति धेरै फराकिलो मन बनाएर सहभागी हुनुभएकोमा , जसकारण आज सम्म जम्मा एघार सय असी युरो ( 1180 euro) संकलन भएको छ। यो कार्यमा लागिपर्ने सबै हाम्रो सस्थाका पदाधिकारी ज्यु हरु लाई धेरै धन्यबाद । विशेष धन्यवाद हाम्रो आदरणीय सल्लाहकार समिति सदस्य श्री मान कुमार राई ज्यु लाई उहाको कृयाशिलताले यो अभियानलाइ थप मजबुत बनाएको छ। अब कुरा रहयो सहयोग रकम हस्तान्तरण को , हामिले यो अभियान सुरु गर्दा स्व. आनन्दी तामाङ को लागि भनेर सुरु गरेता पनि अभियानकै बीचमा अर्का एक नेपाली युवा स्व. सालिक राम पौडेल को दु:खद निधन भयो , तेति मात्र न भएर बिगत 3 महिना देखि सम्पर्क बिहिन रहनु भएको स्व. भुवन खड्का को पनि दु:खद खबरले हामी सबै प्रवासी नेपाली लाई सोकमग्न बनायो । सम्पुर्ण मृतक आत्म प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछौ ।
र हाम्रो अभियान बाट प्राप्त सहयोग रकम पनि 3 जना लाई नै बराबरी बाडेर हस्तान्तरण गर्ने निर्णय कार्यसमितिले गरेको छ।
यो रकम पुर्णरुपमा पारदर्शी तरिकाले बितरण गरिने छ र यस सम्बन्धी सम्पुर्ण प्रमाण हाम्रो फेसबुक पेज nepaali community croatia dubrovnik मा राखिने छ । थप जान्कारी को लागि हाम्रो पेजमा जोडिनु हुन अनुरोध गर्दछु ।