Hong Kong Nepalese Federation

Hong Kong Nepalese Federation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hong Kong Nepalese Federation, Community Organization, Unit/S5, 2/F, Bowring Commercial Centre, 150-164 Woosung Street, Jordan, Kowloon.

हार्दिक शुभकामना !🎉श्रावण १५ गते- खीर खाने दिन अर्थात् असार र साउन महिनाभरी खेतमा मिहिनेत गरेका हाम्रा किसान दाजुभाइ तथा...
31/07/2026

हार्दिक शुभकामना !🎉
श्रावण १५ गते- खीर खाने दिन अर्थात् असार र साउन महिनाभरी खेतमा मिहिनेत गरेका हाम्रा किसान दाजुभाइ तथा दिदीबहिनीहरुको श्रमको सम्मान गर्ने दिनको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🌾🥣💕

सबै खुशी, सुखी अनि समृद्ध होऊन् । सबैको जय होस् !

हङकङ नेपाली महासंघ ।

‼️TOMORROW ‼️for the Basic Cantonese Language Class! 🌈LEVEL UP your Cantonese Language!📈Basic Cantonese Language Classes...
31/07/2026

‼️TOMORROW ‼️

for the Basic Cantonese Language Class! 🌈
LEVEL UP your Cantonese Language!📈
Basic Cantonese Language Classes
🗓️ Starting Date: 01 Aug 2026
🕕 Time: 7 PM - 9 PM (SATURDAY)
🕕 Time: 10 AM - 12 PM (SUNDAY)
📍 Venue: Kirat Yakthung Chumlung Him, Jordan
FREE CLASSES !!! LIMITED SEATS !!!

First Come, First Serve!
👉Register now by scanning the QR code in the poster below OR click the link https://www.jotform.com/build/261791533088464
For more details:
📞 Enquiries: 3547 2415 / 6644 9594
🏢 Visit us at: Flat- S5, 2/F, Bowring Commercial Centre, 150-160 Woosung Street, Jordan (Near Jordan MTR Exit- C2 or Austin MTR Station Exit- F)

Rita Gurung
Immediate Chairperson & Centre In-Charge, Hong Kong Nepalese Federation

🇳🇵नेपाल सन्दर्भ : खुशीको खबर !🎉पुराना नेपाली चलचित्रहरूको नि:शुल्क विशेष प्रदर्शनी!📣चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत...
31/07/2026

🇳🇵नेपाल सन्दर्भ : खुशीको खबर !🎉
पुराना नेपाली चलचित्रहरूको नि:शुल्क विशेष प्रदर्शनी!📣

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा नेपाली चलचित्रको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले १० पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना हुँदैछ । भरखरै नेपाली चलचित्र बिकास बोर्डबाट 'युनिभर्सल प्रमाणपत्र' प्राप्त गर्न सफल डिजिटल प्रविधि मार्फत् सुरक्षित गरिएका १० पुराना नेपाली चलचित्रको विशेष प्रदर्शन हुन गईरहेको छ ।

निम्न अनुसारका १० नेपाली चलचित्रहरु प्रदर्शन गरिनेछन् ।
🎬️ आमा
🎬️ सिन्दुर
🎬️ परिवर्तन
🎬️ मनको बाँध
🎬️बके घर के डेरा
🎬️ कुमारी
🎬️ शान्तिदीप
🎬️ हिजो आज भोलि
🎬️ बदलिँदो आकाश

नेपाली चलचित्रको इतिहास, तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा निर्माण परम्परालाई नजिकबाट जान्न र बुझ्न यस चलचित्र प्रदर्शनीको सुनौलो अवसरको फाईदा लिनुहुन सम्पूर्ण चलचित्रकर्मी, बिद्यार्थी, अनुसन्धानकर्ता, संञ्चारकर्मी तथा चलचित्रप्रेमी दर्शक सम्पूर्णलाई आमन्त्रण गरिएको छ ।

चलचित्र प्रदर्शन मिति:
२०८३ साउन २२ गते शुक्रबार देखि २७ गते बुधबारसम्म ।
स्थान: चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोक, काठमाडौं ।
‼️प्रवेश निःशुल्क‼️
सिट सीमित भएकाले अग्रिम रुपमा आफ्नो सिट सुरक्षित गर्नुहोस्।
🔹थप जानकारी तथा सिट आरक्षणका लागि🔹
WhatsApp: ९८६६६६५७५६

🔸एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन
शो दिउँसो १२ बजे शुरु हुनेछ ।
🔸दुईवटा चलचित्र प्रदर्शन हुने दिन
पहिलो शो बिहान ११ बजे र दोश्रो शो दिउँसो २ बजे
संञ्चालन हुनेछ ।

🇳🇵सामाजिक सद्भाव कायम गरौं !!!आ-आफ्नो ठाउँबाट शान्ति-सहिष्णुता फैलाउन पहल गरौं !!!तपाई-हामी बीचको भावनात्मक संम्बन्ध प्र...
31/07/2026

🇳🇵सामाजिक सद्भाव कायम गरौं !!!
आ-आफ्नो ठाउँबाट शान्ति-सहिष्णुता फैलाउन पहल गरौं !!!
तपाई-हामी बीचको भावनात्मक संम्बन्ध प्रगाढ बनोस् ।🙏❤️🤝

‼️FINAL NOTICE‼️🚨 FREE First Aid + Adult CPR Certification Course 🆓🩺💡 Learn essential life-saving skills, including:✅ Ba...
27/07/2026

‼️FINAL NOTICE‼️
🚨 FREE First Aid + Adult CPR Certification Course 🆓🩺

💡 Learn essential life-saving skills, including:
✅ Basic First Aid techniques
✅ CPR for adults
✅ How to respond in emergencies
✅ Hands-on practice & certification

The details of the training are as below:
📅 Date: Sunday, 2 August 2026
🕘 Time: 09:00 AM – 06:00 PM
📍 Venue: Little Buds Kindergarten, Jordan
🎓 Certification provided upon completion!
🌟 Perfect for parents, teachers, volunteers, and anyone who wants to be ready in emergencies.

⚠️ Limited seats – Register now!
📲 Scan the QR code on the poster to secure your spot.

📞 For more info:
🏢 Address: Flat-S5, 2/F, Bowring Commercial Centre, 150-164 Woosung Street, Jordan, Kowloon (Near Jordan MTR Exit C2)
📱 Call: 3547 2415 / 6644 9594
💬 WhatsApp: 6462 3335

Organised By: Hong Kong Nepalese Federation (HKNF)
Supported By: Hong Kong St. John Ambulance

✨ Take the step toward being a community hero!
Please look at the poster below for details 👇

Rita Gurung
Immediate Chairperson& Centre In-Charge, Hong Kong Nepalese Federation

अनुभव र अनुभूति : हङकङमा First Aid Training संचालन र निरंतरता ।हङकङमा ईतिहास रचिएको छ, म अत्यन्तै गर्वित एवं हर्षित छु ।...
27/07/2026

अनुभव र अनुभूति : हङकङमा First Aid Training संचालन र निरंतरता ।

हङकङमा ईतिहास रचिएको छ, म अत्यन्तै गर्वित एवं हर्षित छु । सन्दर्भ, मैले हङकङ नेपाली महासंघ द्वारा संचालित 'The Community Support Team for the Nepalese Community' (CSTN) परियोजनाको प्रोजेक्ट ईन्चार्ज भएर स्वयंसेवक रुपमा हङकङ नेपाली समुदायको सर्वोपरि हितका लागि सेवारत भएको समयावधि पनि अहिले १० बर्ष पूरा भईसकेको छ, यात्रा निरन्तर जारी छ । हङकङ सरकारको होम अफेयर्स डिपार्टमेण्ट द्वारा प्रायोजित नेपालीहरुको लागि समर्पित यस CSTN परियोजना अन्तर्गतका सम्पूर्ण सेवाहरु नि:शुल्क उपलब्ध छन् ।

यसै परियोजनाको वयस्क समूहलाई लक्ष्यित पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत हङकङका नेपाली समुदायको अत्यन्तै प्राथमिकतामा (Most Demanded Training as CSTN FAMILY SURVEY) परेको तालिम हो - प्राथमिक उपचार तालिम (First Aid Training) । हङकङ सरकारबाट महासंघले परियोजना संचालन स्वीकृति प्राप्त भएको पहिलो बर्ष २०१६ मा नै २० जना नेपालीहरुलाई प्राथमिक उपचार तालिम उपलब्ध गराएका थियौ । बिशेष धन्यवाद व्यक्त गर्दछौं, बिगत १० बर्ष देखि Hong Kong St. John Ambulance को सहकार्य तथा स्थान सौजन्य स्वरुप लिटल बर्ड किन्डरगार्टेनको सहयोगार्थमा यो तालिम सुसम्पन्न हुँदै आईरहेको छ । शुरुआतमा प्राथमिक उपचार तालिम मात्रै प्रदान गरिएकोमा सहभागीहरुको सुझावलाई मध्यनजर गर्दै पछिल्लो बर्षहरुमा CPR कोर्सलाई समेत समावेश गरी प्रवर्द्धन गरिएको छ । हालसम्म करिब १४० जना तालिमबाट लाभान्वित भई उत्तीर्ण सर्टिफिकेट साथमा कार्ड हासिल गरिसकेको हामीसँग तथ्यांक सुरक्षित छ । बर्सेनि संचालन हुने यो तालिम यस बर्ष २०२६ का लागि आगामी २ अगष्ट आईतबारको दिन संचालन गरिने संम्बन्धमा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सहर्ष जानकारी गर्दछौं । अन्ततः सिमित बजेट, श्रोत र साधनका बाबजुद प्राप्त उपलब्धि प्रति हामी सन्तुष्ट छौं ।

हङकङ नेपाली महासंघको तर्फबाट हामी सिएसटिएन टिम निरन्तर नेपाली समुदाय र हङकङबासी बीच समन्वयकारी भूमिका निभाउदै सामाजिक एकीकरण, सद्धभाव, जनचेतना तथा क्षमता अभिबृद्धीका लागि सदा अग्रसर तथा समर्पित छौं । यस ऎतिहासिक यात्रामा अमूल्य सुझाव, साथसहयोग दिनुहुने सम्पूर्ण सहयोगी हातहरु प्रति हार्दिक साधुवाद टक्राउँदै आगामी दिनहरु पनि यस्तै निरन्तर अर्थपूर्ण साथको अपेक्षा गर्दछौं ।🙏❤️🤝
'हाम्रो एकता, हाम्रो सफलता'
सबैको जय होस् !

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।
Photo of the 1st First Aid Training👇️ Under the observation of HAD Representatives Mr. Sujan Karki & Mr. Khan, the Hong Kong Nepalese Federation successfully conducted the 'First Aid Training 2016' on Sunday 23 July 2016 at Little Buds Kindergarten (Unit E, G/F-1/F, Golden Could Court, 1-4 Ferry Street, Kowloon).

27/07/2026

🇳🇵नेपाल सन्दर्भ :रुन्छ नि मन किन रुदैन?!
ब्यबस्थाहरु परिवर्तन हुँदै आईरहेका छन् तर अवस्था अझै परिवर्तन हुन नसकेको जस्तो लाग्छ..... आशा अझै जिउँदै छ !

यो भिडियो क्लिप नै हो, जसले मेरो मनमस्तिष्क हल्लाईदिएको थियो । म धेरै रोएकी थिए, जतिपटक हेर्छु मुटु भक्कानिएर आउँने अनि एक्लै रुन्थे । हाम्रो देश र हाम्रो ती हुँदा खाने नेपालीहरुको भोगाइ, पिडा ब्यथा अनि कोरोना भाईरस महामारी संम्झेर मनमा केही गरौं भन्ने हुटहुटी जागेर आउँने थियो । तर के गर्ने कसो गर्ने स्थिति यस्तो कि मेरो अरु जोकोहीको आफ्नै जीवनको कुनै टुङ्गो थिएन, जुनसुकै बेला जेपनि हुन सक्थ्यो । ती दिनहरु आज स्मरण गर्दा पनि जीउ सिरिङ्ग हुन्छ, एकप्रकारको उकुसमुकुसपना अझै पनि हुने गर्दछ । त्यस्तो महाबिपत्ती अब कहिल्यै नदोहोरिऊन् ।

जतिबेला हङकङदेखि नजिकै चीनको एउटा प्रान्तबाट सानो आगोको झिल्को सरी साधारण रुघाखोकी जस्तै लक्षण भएको श्वासप्रश्वास संम्बन्धी रोगले बिश्वमा महामारीको रुप धारण गरेर धेरै मानिसहरुको अकालमा ज्यान लिईसकेको अवस्था थियो । स्वास्थ्य, सुरक्षा, सेवासुविधा, बिज्ञान एवं प्रविधि, राज्य संयन्त्र तथा नितीनियम आदि सबैसबै असफल भएको विषम एवं भयावह अवस्था बिश्वले सामना गरिरहेको थियो । ग्लोबल सुरक्षा नीति अनुसार मानवको सर्वोपरि हित एवं कल्याण र शान्ति सुरक्षाको दृष्टिकोणले बिश्व स्वास्थ्य संघले संसारभर निश्चित मापदण्ड तय गरी विभिन्न चरणमा विविध तहमा लक डाउनको नीति अवलम्बन गरेको थियो । यस्तैमा हाम्रो देश नेपाल पनि तत्कालीन अवस्थामा कोभिड-१९ को ईपिसेन्टर ठम्याइ- 'रेड जोन'मा राखेको थियो, लक डाउनको कडा नितीनियम लागू गरिएको थियो । कोभिड १९ महामारीले बिश्व आक्रान्त भएको समय कसलाई कतिबेला के हुने हो जीवनको कुनै टुङ्गो थिएन । यस्तो रोगले महामारीको रुप लियो कि जसको त्यतिबेला कुनै औषधोपचारको थिएन । अस्पतालहरु बिरामीको चापले गर्दा गुणस्तरीय सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरु असमर्थ भएका थिए । कोरोना भाईरसको संक्रमण दिनानुदिन फैलिनु, नियन्त्रण र रोकथामका लागि कुनै ठोस नीति तथा प्रभावकारी संयन्त्रको अभावमा विकसित मूलूकहरुका थुप्रै मानिसहरुले जीवन गुमाउनु परेको दुःखद् घटनाले भरिएका समाचारहरु टिभी रेडियो संचार माध्यममा सुन्दा र देख्दा डर र त्रासमा दिनहरु बिताउनु पर्ने बाध्यता थियोे । भनिन्छ, त्यसबेलाको परिस्थितिमा मानिसहरु बिरामी भएरभन्दा पनि समाचार र रोग प्रतिको मिथ्या अनभिज्ञताले उब्जाएको डर र त्रासले जीवन गुमाउनेहरुको संख्या निकै उच्च रहेको बिज्ञहरु अनुमान गर्दछन् । नेपालको परिप्रेक्षमा भने ज्वरोको लागि एउटा गोलि सिटामोल अनि श्वास फेर्न अक्सिजनको अभावमा मात्रै धेरैको ज्यान गुमाउन परेको थियो ।

यसै पृष्ठभूमिमा तयार पारिएको नेपाल र एउटा साधारण नेपाली नागरिकको वेदना, कथाब्यथालाई कलाको माध्यमबाट दर्शाउने कोशिश गरिएको यो भिडियो अत्यन्तै मार्मिक एवं संवेदनशील छ । कोभिड महामारीको कहालीलाग्दो दर्दनाक बिषमपरिस्थितिलाई बिषयबस्तु बनाई निर्माण गरिएको यस भिडियो क्लिपले समय बोलेको छ, एउटा राष्ट्रको सम्मानित नागरिकको अवस्थालाई उजागर गरेको छ । फेरीपनि म स्पष्ट महसुस गर्न सक्दछु कि उ भित्रको एउटा झिनो आशा भने अझै मरिसकेको छैन, जतिसुकै कठिन अवस्था किन नहोस् झिनो आशा अझै बाँचेको छ, बाँचिरहोस् मनमनमा यसैगरी..... । कलाको माध्यमबाट मार्मिक ढंगले संदेश स्वरुप आफ्नो कला प्रस्तुत गर्न सफल हुनुभएकोमा बहुप्रतिभशाली कलाकार सन्दीपलाई नमन गर्दछु उहाँको कलालाई सम्मान गर्दछु । यो उहाँको गज्जबको कलाकारिताले मेरो मनमस्तिष्कलाई आज पनि उसैगरी चिमोट्त्ने गर्दछ, त्यो समयलाई बारम्बार महसुस गर्न बाध्य तुल्याउछ । यसै भिडियोबाट प्रभावित भएर नै मैले हङकङ नेपाली महासंघको एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाल परराष्ट्र मन्त्रालयले जारी गरेको राहत सामाग्री सहयोग संम्बन्धी आव्हान पत्र र महाबाणिज्यदुतावास हङकङसँग समन्वय गरी एउटा उदाहरणीय समाजसेवाको कार्य गर्ने सुअवसर जुरेको थियो । स्मरण रहोस्, नेपालभरी अक्सिजनको अभावमा बिरामीहरुले मृत्यु वरण गरिरहेको बिषमपरिस्थितीको बेला हङकङको एक दातृ संस्थाको सहयोगमा २०० वटा अक्सिजन कन्सन्ट्रेशन नि:शुल्क ७७ जिल्लामा वितरण गर्ने कार्य हङकङ नेपाली महासंघले सुसम्पन्न भएको थियो । मेरो जीवनको स्मरणीय क्षणहरुमा यो एउटा यस्तो समय कालखण्ड हो जसभित्र मैले जीवन दाउमा लगाएर समाजसेवीको उत्कृष्ट उदाहरण दिन सफल भएकी छु अनि थुप्रै तितामिठा अनुभव र अनुभूतिहरु बाँचेकी छु । प्रोत्साहन स्वरुप हङकङ पुलिस फोर्सबाट कदर पत्र र याउचिममोङ्ग जिल्ला परिषदबाट प्रशंसा पत्रबाट सम्मानित भएको क्षणले आफैलाई गर्बित एवं जिम्मेवार तुल्याउँदछ, जसलाई म कहिल्यै बिर्सन सक्दिन ।

अन्त्यमा, कोभिड आक्रान्त महामारीमा जीवन गुमाउनु हुने संसरभरीका सम्पूर्ण दिवंगत आत्माहरुको चिरशान्तीको कामना गर्दछु । साथदिनुहुने सहयोगी मनहरु प्रति हृदयदेखि नै कृतज्ञता आभार प्रकट गर्दछु अनि मृत्युलाई धेरै नजिकबाट नियालेर आज दोश्रो जिन्दगी भनौं बोनसको जिन्दगी बाँचिरहेका तपाई-हामी सबैलाई फेरीपनि धेरै धेरै बधाई तथा शुभकामना ! कुरोको बिट मार्नु अगाडि फेरी मनैदेखी अनुरोध छ की, जे सकिन्छ त्यही सबैले केही असल सामाजिक सेवा गर्दै रहौं बाँचिन्जेलीलाई💕

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।

Healthy Cooking Class 2026 started😋
27/07/2026

Healthy Cooking Class 2026 started😋

हार्दिक धन्यवाद तथा शुभकामना!हङकङ नेपाली महासंघका पूर्व सल्लाहकार, लिटल बर्ड्स् किन्डरगार्टेनका संस्थापक एवं सुपरभाइजर, ...
27/07/2026

हार्दिक धन्यवाद तथा शुभकामना!
हङकङ नेपाली महासंघका पूर्व सल्लाहकार, लिटल बर्ड्स् किन्डरगार्टेनका संस्थापक एवं सुपरभाइजर, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी- श्री धन थापा ज्यू ले महासंघलाई विविध तवरले साथसहयोग सल्लाह सुझाव प्रदान गर्दै आउनुभएकामा हामी आभारी छौं । बिशेषत: हङकङ नेपाली महासंघ द्वारा संचालित सिएसटिएन परियोजनालाई नैतिक, भौतिक तथा आर्थिक रुपमा गत १० बर्षदेखि निरन्तर सहयोग गर्दै आउनुभएकोमा परियोजनाको १०औं बार्षिकोत्सवको उपलक्ष्यमा उहाँ र लिटल बर्डस् किन्डरगार्टेन परिवार प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद स्वरुप यो 'मायाको चिनो' प्रदान गर्दछौं ।

हङकङेली नेपाली समुदाय र यहाँका बासिन्दाको सर्वोपरि हित र कल्याणका लागि तपाई-हाम्रो मैत्रीपूर्ण हात र साथ सदा निरन्तर हातेमालो अघि बढिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । अन्त्यमा, बिद्यालय परिवारलाई धेरै धेरै बधाई, माया अनेकौं शुभकामना सहित!🙏❤️🤝

रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्ल्ब हङकङ ।
[तस्बिरमा लिटल बर्डस् किन्डरगार्टेनका संस्थापक एवं सुपरभाइजर श्री धन थापा तथा प्रीन्सिपल मिसका साथ म ।]

Address

Unit/S5, 2/F, Bowring Commercial Centre, 150-164 Woosung Street, Jordan
Kowloon

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 11:00 - 16:00

Telephone

+85235472415

Website

Alerts

Be the first to know and let us send you an email when Hong Kong Nepalese Federation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hong Kong Nepalese Federation:

Shortcuts

Share