Bhojpur Samaj भोजपुर समाज

Bhojpur Samaj भोजपुर समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhojpur Samaj भोजपुर समाज, Community Organization, Hong Kong.

Shout out to my newest followers! Excited to have you onboard!Bipana Rai, Kirat Sujin, Chan Chanle Pakhreen, Birendra Ra...
05/10/2024

Shout out to my newest followers! Excited to have you onboard!

Bipana Rai, Kirat Sujin, Chan Chanle Pakhreen, Birendra Rai

सिर्जना सिज्जु बहिनीका भिडियो मार्फत चखेवा भञ्ज्याङ् देखि शुरु गरेर साल्पा सम्मै पुरै मुन्दुम ट्रेल घुम्ने क्रममा आजको प...
18/08/2024

सिर्जना सिज्जु बहिनीका भिडियो मार्फत चखेवा भञ्ज्याङ् देखि शुरु गरेर साल्पा सम्मै पुरै मुन्दुम ट्रेल घुम्ने क्रममा आजको पालो PART-2

:patreon.com/SirjanaSizzu========================== Direction / Presenter By: Sirjana SizzuCame...

मलाई मन पऱ्यो है यो गीत
16/06/2023

मलाई मन पऱ्यो है यो गीत

09/06/2023

भूपाल राईको काँधमा आएको विरासत

राजकुमार दिक्पाल
२४ जेष्ठ २०८०, बुधबार १७

एक जनालाई यसअघिको प्रज्ञा प्रतिष्ठानको जागिरमा फेरि दोहोरिने मन भएछ । तर उनका लागि दाहिना थिएन, त्यसबेला राजनीतिक परिस्थिति । तर उनी परे, उपाय लगाउनमा खप्पिस, भनसुनको खुराक राम्रैसँग पेलेछन् । मनसुनको भरमा पानी पर्ने र भनसुनको भरमा काम हुने देश न हो, हाम्रो देश !

अनेकौं विकल्पमध्ये एउटै विकल्प बाँकी थियो उनको लागि । त्यो थियो, शक्ति केन्द्रको ढोका ढक्ढक्याउने र दर्शन भेट गर्ने । आँखा चिम्सा र नाक थेप्चा हुलियाका ती प्राज्ञको शक्ति केन्द्रका तत्कालीन तालुकदारको तेल घस्ने काइदा पनि बडो अचम्मको रहेछ । ती तालुकदारको गोडामा ढोग्दै भनेछन्, ‘मलाई जसरी भए पनि गरिदिनु पर्याे हजुर, नभए त म बर्बादै हुन्छु ।’ अनि आफूले लेखेको एउटा नाटकको पातलो किताव चढाउँदै फेरि भनेछन्, ‘म त नाटक पनि लेख्छु नि, कमलादीमा भएन भने नाट्य सङ्गीतमै भए पनि हुन्छ हजुर !’

नाट्य सङ्गीतमा भए पनि प्राज्ञ हुन पाऊँ भन्ने ब्यहोराको निवेदनपछि छुट्ने बेलामा त्यहाँ उनले सानोतिनो नाटकै मञ्चन गरेछन् । बालकोटबाट प्राज्ञ चुन्न खटाइएका तालुकदारको मन पलाग्ने गरी आँखाभरि आँसु पारेछन् ।

पटक पटक आफ्नो गोडा छुँदै त्यो हात आफ्नो शिरमा लगाइसकेपछि छुट्ने बेलामा आँसु नै झारेपछि अब तालुकदारको मन पग्लियो । उनले त्यो आँसुले लेखिएको मौखिक बिन्ति–पत्र बालकोटमा जाहेर गरेछन् । तर बालकोटका महाचतुरोलाई ती प्राज्ञले एक प्रेस विज्ञप्तीमा उनीविरूद्ध गरेको हस्ताक्षर प्रकरणबारे उनका हल्काराहरूले पहिल्यै जाहेर गरिसकेका रहेछन् । त्यसपछि ती प्राज्ञको फेरि जागिरमा दोहोरिने सपना चकनाचुर पुग्यो ।

माझकिरातको इतिहासका पाना पल्टाउने हो भने यहाँका आदिवासीहरूले आफ्नो माटोका लागि ठूलो बलिदान गरेको पाइन्छ । उनीहरू यहाँ रस्ती रसाएका छन्, बस्ती बसाएका छन् । तर प्रज्ञा प्रतिष्ठानको जाबो एउटा जागिर खान जुन ढङ्गबाट ती चिम्सा आँखा र थेप्चा नाक हुलियाका ती व्यक्ति शक्ति केन्द्रसामु रोइकराई प्रस्तुत भए त्यो माझकिरातको गर्विलो इतिहासको अनुहारलाई विरूप पार्ने किसिमको थियो । के यहाँका आदिवासीहरू जागिर माग्नका लागि यति हदसम्म गिर्न बाध्य भइसके ?

माझकिरातको गर्विलो इतिहास
यी हरफहरू लेखिरहेको बेला एउटा कविता चर्चामा छ । उक्त कविताको शीर्षक हो ‘हरिनन्द र माटो’ । कक्षा १२ को ऐच्छिक नेपालीको पाठ्यक्रममा राखिएको यो कविता हटाउन अहिले सम्बन्धित निकायमा ठूलो दवाव परिरहेको छ । संयोगवश त्यहीँ कविताका रचनाकार भूपाल राई हालः नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति छन् ।

हरिनन्द भन्नाले एक प्रवृत्तिमा परिणत भइसकेका एक व्यक्ति हुन् । उनी खोटाङ खार्पाका उपाध्यय पोखरेल हुन् । पुराना लालमोहरहरूमा उनको नाम हरिनन्दन उपाध्यय लेखिएको छ । माटो भन्नाले माझकिरातको भूगोल हो । माझकिरातकै नून खाएका अर्का व्यक्ति स्वरूपसिंह कार्कीसँग मिलेर माझकिरातलाई गोरखा राज्यमा मिलाउन हरिनन्दले गरेको कामको इतिहाससम्मत बयान उक्त कवितामा रहेको छ ।

अब एकछिन हरिनन्द र माझकिरातको इतिहासको छोटो चर्चा गरौँ है-

त्यसबेला माझकिरातमा सेनहरू साँस्कृतिक रूपमा मात्र राजा थिए । त्यहाँको वास्तविक शासन त किरात खम्बू (राई)हरूको हातमा थियो । माझकिरातमा खम्बू दिवानहरूको अधीनमा रहन नरूचाएका हरिनन्द उपाध्यय र स्वरूपसिंह कार्कीले चौदण्डी राज्यकै नून खाएर सोही राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहको पाउमा सुम्पने षड्यन्त्र गर्दै रहेका थिए । उनीहरू दुवै मौकाको खोजीमा थिए ।

बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकोसंक्षिप्त जीवनी’ (२०६१ः४१७) पढ्दा के थाहा हुन्छ भने– विभिन्न रूपमा माझकिरातमा घुसेका क्षेत्री बाहुन भारदारहरू त्यसबेलाका सेन राजा कर्ण सेनका दिवान अजित राय (अगमसिंह राय)को अधीनमा रहेर काम गर्न गाह्राे मान्थे । त्यसैले खार्पाली पोखरेल हरिनन्द उपाध्यय र क्षेत्री कर्मचारी स्वरूपसिंह कार्कीको खम्बू दिवानसँग मनमुटाव सुरू हुन पुगेको थियो ।

हरिनन्द उपाध्यय र स्वरूपसिंह कार्कीले चौदण्डी राज्यकै नून खाएर सोही राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहको पाउमा सुम्पने षडयन्त्र गरे ।

तीमध्ये हरिनन्द यसबारेमा गोरखाली राजा पृथ्वीनारायण शाहका मानिसहरूसँग भित्रभित्रै पत्राचार गरिरहेका थिए । राजा कर्ण सेनका पुरोहितसमेत रहेका उनले चौदण्डी राज्यको सामथ्र्यलाई विचार गरेर यो सामथ्र्यले गोरखाली राज्यको शक्तिलाई थेग्न सक्दैन भन्ने जाहेर गर्दै पृथ्वीनारायण शाहका मानिससँग पत्राचार गरेको थाहा पाएपछि उनलाई देशद्रोही मानेर पक्राउ गर्न खोज्दा उनी चौदण्डी राज्यबाट भागेको इमानसिंह चेम्जोङले ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः८६) पढ्दा थाहा हुन्छ ।

इतिहासकार ज्ञानमणि नेपालको ‘नेपाल निरूपण’(२०५५ः२९७) अनुसार हरिनन्द पोखरेल र स्वरूपसिंह कार्कीले चौदण्डी राज्यबाट माटोको डल्लो नै लगेर पृथ्वीनारायण शाहलाई नुवाकोट दरबारमा बुझाउँदा ‘भारा–फौज खटाई बक्सनु भया नौलखा किरातको मूलुक मधेश पहाड हात गरी ढोकामा छिराउँला’ भन्ने बिन्ति बिसाए ।

‘के खोज्छस् … आँखा’ भनेझै बडो प्रशन्नता व्यक्त गर्दै पृथ्वीनारायण शाहले ‘माझकिरातबाट राज्यलक्ष्मी मकहाँ आइन्’ भनी आफ्ना बडामहारानीलाई त्यो माटोको डल्लो पूजा गरेर भण्डारमा राख्न दिए ।

पृथ्वीनारायण शाहले माझकिरातमा आफ्नो दूत बनाएर बाङ्ग्या बस्नेत आदिलाई पठाएका थिए । त्यहाँको सबै परिस्थिति बुझेर यिनीहरू फर्केर आएपछि र पश्चिमतिरको युद्ध रोकिनासाथ उनले बख्शी अभिमानसिंह बस्न्यातलाई चौदण्डी अधिकार गर्न खटाए भने पहाडखण्डबाट त्यसतर्फ पसेका सरदार रामकृष्ण कुँवर र उनका नायव अमरसिंह थापाको नेतृत्वमा पुगेको गोरखाली सेनालाई हरिनन्द र त्रिलोचन पोखरेलले दूधकोशी र सुनकोशीको दोभानमा रातको समयमा डुङ्गामा तारी वि.सं. १८२९ भदौ १३ गते माझकिरातमा घुसाए (आचार्य, २०६१ः४१७–१८) ।

हरिनन्दका सन्तति तेजप्रसाद पोखरेलको भनाईअनुसार गोरखालीले माझकिरातमा हमला गर्ने तयारी गरिरहेको बेला हरिनन्दले गोरखालीहरूलाई माझकिरात मास्न बन्दुकको आवश्यकता रहेको सुझाव दिएका थिए । हरिनन्द स्वयम् मुगलान गई धेरै बन्दुकहरू किनी ती बन्दुकहरूलाई मुर्दाका रूपमा मुठा पारी कात्रोले बेरेर चोयाले बाँधी शङ्ख फुक्दै लाश दाहसंस्कार गर्न लगेझैँ मुगलानबाट स्वदेश भित्र्याएका थिए (चेम्जोङ, २०५९ः८६) ।

त्यसबेला माझकिरातमा गोरखालीहरूले गरेको ज्यादती हृदयविदारक रहेको छ ।

बेलायतको इण्डिया अफिस लाइब्रेरीमा हज्सनका पाण्डुलिपि अध्ययन गरी फर्किएका इतिहासकार तथा संस्कृतिविद् डा. रमेश ढुङ्गेलको लेखाईले पनि यस कुरा पुष्टि गर्छ ।

डा. ढुङ्गेलले ‘हिमाल’ वर्ष १५ अङ्क २२ (फागुन २०६२ः६१) मा उल्लेख गरेअनुसार । त्यतिबेला गोरखाली शासकले राई–लिम्बूप्रतिको नीतिमा त्यति उदारता प्रदर्शन गरेको देखिएन । हज्सनको सङ्कलनमा प्राप्त सामग्रीअनुसार गोरखा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू–किरातीका पुरूष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा बालक सन्तानलाई समेत गोरखालीले मारिदिएका थिए । यतिसम्म कि पुरूष सन्तान जन्माउने आशङ्का महिलाको गर्भ समेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चासमेत हज्सन पेपरमा परेको छ ।

पृथ्वीनारायण स्वयम्को पत्रको भाकामा पनि युद्धको बेला पक्राउ परेका महिला र बालबालिकाको बारेमा उल्लेख छ । योगी नरहरिनाथले सम्पादन गरेको ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह’ भाग १ (२०२२ः६)मा यस्तो उल्लेख छ । पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई माझकिरात विजयबारे वि.सं. १८३० मा लेखेको पत्रमा ‘…अरूण साँध लाग्यो, हजार वैरी काटिए । सये चार वैरी नदीमा वगी मरे । चौध सय जहान वच्चा पकडिया’ भन्ने परेकोले हज्सन पेपरमा उल्लेख भएको अत्याचारपूर्ण घटना असत्य हो भन्ने लाग्दैन ।

माझकिरातको युद्धमा गोरखालीसँग बन्दुक र गोली थियो भने खम्बु सेनासँग धनुकाँडलगायतका परम्परागत हतियार मात्रै थियो ।

खम्बू युवाहरू धनुकाँड चलाउन कुशल हुन्थे । यिनीहरूका विषमा चोपिएका धनुकाँड खतरनाक हुन्थे । तर बन्दुकको गोलीले जति टाढासम्म मार गर्न सक्थ्यो, उति टाढा धनुकाँढको मार आइपुग्दैनथ्यो । यसकारण गोरखालीको बन्दूकअगाडी खम्बूहरूको धनुकाँडको केही जोर चल्न सकेन (आचार्य, २०६१ः४१८) ।

हरिनन्द उपाध्ययले माझकिरात मास्न लाश बनाएर मुगलानबाट गोप्य रूपमा बन्दूक ल्याएको प्रसङ्ग माथि परिसकेको छ ।

त्यहाँका धनाढ्य हरिनन्द पोखरेलसँग प्रशस्तै धनसम्पति थियो । उनले माझकिरात मास्न केहीको कमि हुन दिएनन् । त्यसबेला गोरखालीहरूको सहयोगका लागि उनले प्रशस्तै धनको खोलो बगाएका थिए ।

माझकिरातमा लड्न आएका रामकृष्ण कुँवर र अभिमानसिंह बस्नेत गरी दुई समूहका गोरखाली सेनाका लागि हरिनन्द उपाध्यय (पोखरेल)ले धनको खोलो नै बगाएका थिए ।

हरिनन्दका सन्तति सीताराम पोखरेल र बलराम पोखरेलले लेखेको ‘नेपालको इतिहासमा पोखरेल’ (२०७७ः५५३–५४)मा प्रकाशित गरेको यससम्बन्धी दुई पत्र हेर्दा हरिनन्द उपाध्ययले बगाएको धनको खोलोको आँकडा हेर्न सकिन्छ । यी पत्रमध्ये भाद्र सुदी १० मा रामकृष्णले हरिनन्दलाई लेखेको पत्रमा ‘…तिमीले दूधकोशी तारेउ, फौजलाई खर्च बाड्न लियाको पटना रूपैया ३५५८ फौजलाइ बांडिया…’ भन्ने परेको छ ।

यस्तै अभिमानसिंह बस्नेत र पारथ भण्डारीले वि.सं. १८३० फागुन सुदीमा लेखेको पत्रमा ‘सरदार रामकृष्णले ली आयाको तमरा रूपैया ३५५८ फौजलाई बाड्दा हामीले लियाको तम्रा पटना रूपैया ७४६६ अघिका पछि जम्मा रूपैया ११०५१ को र नौलखा किरातको डल्लो अर्जी चढाई सारा फौज झिकाय पर्वत्मा दुनिया उपरा किरातीदेखि फोरी हाम्रा मनमा चौदण्डीका मुलुक पहाड मदेश अम्बल गरायाको तम्रो चाकरि रिझ्यो…’ भन्ने परेको छ ।

यसवापत हरिनन्दले प्रशस्तै विर्ता पाए । उनै विर्तावाल हरिनन्दका सन्तति आज धनी, पहुँचवाला र राज्यको संस्थापनसँग निकट रूपमा सम्बन्धित हुन पुगेका छन् । उनीहरूले नै भूपाल राईको कविता पाठ्यक्रमबाट हटाउन दवाव दिइरहेका छन्, यतिखेर ।

मुस्किलले बचेका सन्तान
माथि सुरूमै उल्लेख गरिएको प्राज्ञ खान शक्ति केन्द्रसँग ढोगभेटमा रूदै बिन्तिपत्र हाल्ने पात्र र नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कूलपति भूपाल राई दुवै गोरखाली अत्याचारबाट बडो मुस्किल बचेका माझकिरातीका सन्तान हुन् ।

यी दुईमा फरक के भने भूपाल राई माझकिरातको माटो सुम्सुम्याउँदै इतिहासको विरासत धान्न मरिमेट्छन् भने अर्को पात्र चाहिँ जागिरका लागि स्वाभिमान बन्धकी राख्दै शक्तिकेन्द्रको पाउमा पसारिन्छन् र आँखा भिजाउँदै साहनुभूतिका लागि याचना गर्छन् । त्यसैले उनी परम्परागत संस्थापन पक्षको प्रियपात्र हुन पुगेका छन् । यता भूपाल राई चाहिँ सधैँका वागी ।

तर समयले अलिकति कोल्टे फेरिदिदा एउटा निरन्तर वागी नेपाल प्रज्ञा प्रतिष्ठानको उच्च पदमा पुगेका छन् । उनको उपस्थितिले यतिखेर प्रज्ञा प्रतिष्ठानमा वर्षौंदेखि हालीमुहाली चलाउँदै आएका परम्परागत संस्थापन पक्षको निद्रा र भोक गायव हुन पुगेको छ । तर यो अस्वभाविक भने होइन ।

बैरागी काँइलालाई पनि रोक्न खोजियो
नेपालमा गणतन्त्र घोषणापछि प्रज्ञा प्रतिष्ठानको नाममा टाँसिदै आएको ‘राजकीय’ शब्द हटाइयो । त्यसबेला प्रज्ञा प्रतिष्ठानको कूलपतिमा वैरागी काइँलाको नाम निर्विकल्प थियो । तर उनलाई पनि रोक्न खोजिएको थियो ।

त्यसबेला कतिपयले प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मोदनाथ प्रश्रितको पनि नाम लिइरहेका थिए । तर उनै मोदनाथलाई अघिसरा बनाएर एक जना जागित्ररूपी मण्डले प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि कुनै समयका पञ्चायत र राजा महेन्द्रको राम्रैसँग नून खाएका एक वृद्धको नाम लिदै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकहाँ प्रतिनिधि मण्डल गएका रहेछन् । तर प्रधानमन्त्री नेपालसँगै रहेका उनका राजनीतिक सल्लाहकार रघु पन्तले यो प्रतिनिधि मण्डललाई जिल्लाराम हुने किसिमको जवाफ दिएर पठाएछन् ।

नेपाली कविताको क्षेत्रका शिखर व्यक्तित्व, लिम्बू मुन्धुमका प्रखर शोधशाधक मात्रै होइन वैरागी काइँलाको परिचय । नेपालमा अभिव्यक्ति स्वतन्त्रताका लागि पञ्चायत रहुन्जेल त्यसविरूद्धको सक्रियता र गणतन्त्रका लागि स्रष्टा आन्दोलनमा उनले देखाएको नैतिक र भौतिक प्रतिवद्धता वैरागी काइँलाको अर्को महत्वको परिचय हो ।

उनलाई समेत रोक्न उनै मण्डलेहरूको सक्रियता पनि दयालाग्दो थियो, त्यो बेला ।

भूपाल राईको काँधमा आएको विरासत
जोशिलो कलम लिएर निरन्तर वागीका रूपमा आन्दोलित भूपाल राई यतिखेर जिम्मेवारीमा छन् । उनले जिम्मेवारी बहन गर्नासाथ नेपालमा जातीय रूपमा परम्परागत संस्थापन पक्षमा नराम्ररी भूकम्प जान थालेको छ । उनीहरूको उकुसमुकुस कहिले मुद्दामामिला, कहिले उजुरीका रूपमा देखिएको छ । कहिले ‘बालप्रज्ञा’ विरूद्ध लालपाते तरबार चलाएको भन्दै रोनाधोना गर्छन् भने कोही कोठे बैठक राखी नेपाली भाषामाथि वर्तमान नेतृत्वले आक्रमण गर्याे भनी हस्ताक्षर सङ्कलन गर्छन् । वर्षेनि आयोजना हुँदै आएको कविता महोत्सवलाई बहुभाषिक बनाएर थप उत्सवमय बनाउने प्रयास गर्दा कोही वर्तमान प्राज्ञहरूलाई ‘छापामारहरूको पोलिटिकल कमिसार’ को पगरी भिराउँछन् ।

वास्तवमा यस्ता कर्महरू ती परम्परागत संस्थापन पक्षबाट अनपेक्षित भने होइन । यो किन पनि स्वभाविक हो भने उनीहरूको भाग खोसिएको छ यतिबेला । उनीहरूमा भाउन्न छुटिरहेको बेला अझै कतिपय तमासा उनीहरूले देखाउन बाँकी नै छ । यसको सामनाका लागि भूपाल राई र उनको समूह तयार रहनु आवश्यक छ ।

सबैलाई खुसी बनाउँछु भनेर हिड्नु जस्तो समयको बर्बादी अरू हुन सक्दैन । काम गर्ने ठाउँमा पुगेकाहरूले राम्रो काम गर्ने हो, सबैलाई खुसी बनाउँछु भनेर समयको बर्बादी गर्ने होइन ।

गौतम बुद्धको जीवनी पढ्ने हो भने उनले पनि सबैलाई खुसी बनाउन सकेका थिएनन् । उनका पनि प्रशस्तै विरोधीहरू थिए । उनका आफ्नै काकाका छोरा देवदत्त यस्ता विरोधीहरूमध्ये एक थिए ।

सुरूमा उनले बुद्धविरूद्ध भिक्षुहरूमा फूट ल्याउने प्रयास गरेका थिए । बुद्धको लोकप्रियता देखेर देवदत्तलाई कतिसम्म भाउन्न भएको थियो भने उनको समूह कहिले बुद्ध हिड्ने बाटोमाथिको पहराबाट ढुङ्गामुढा बर्साउँथे भने कहिले बाँधेर राखिएको बौलाहा हात्तीलाई रक्सी खुवाएर बुद्धको बाटो छेक्थे । तर बुद्धको ज्ञानको यात्रामा त्यस्ता अवरोधले कहिल्यै असर गर्न सकेन ।

भूगोल, भाषा, संस्कृति तथा धर्मको विविधता नेपाली राष्ट्रियता हो । परम्परागत नेपाली संस्थापन पक्ष सकेसम्म एक भाषा एक भेषकै नीति लागू गर्न चाहन्छ । त्यसैले उनीहरू चन्द्रागिरीमा पृथ्वीनारायण शाहलाई सम्झना गर्न पुग्छन् । पृथ्वीनारायण शाहको नीतिद्वारा प्रताडित माटोमा जन्मेको र त्यहीँको संस्कृतिमा हुर्केको भूपाल राईलाई यस्तो मान्य हुने कुरै छैन ।

त्यसैले भूपालले मूलुकको विविधता सुहाउँदो जतिसुकै काम गरे पनि ती परम्परागत संस्थापन पक्षले यसविरूद्ध सिरूपाते खुकुरी नचाउन छाड्ने छैन । भूपालले जतिसुकै बान्की परेको सेलरोटी पकाए पनि उनीहरूले त्यसको भ्वाङ मात्र देख्नेछन् । किनकि दुख्ने आँखालाई उज्यालो मन पर्दैन ।

यतिखेर मलेसिया र खाँडीको तातोमा आलु पिडालुजस्तै उसिनिएर रेमिटेन्स पठाउँछन्, नेपाली युवा । यी युवाको यसरी धाराका धारा पसिना नबग्ने हो भने नेपाली अर्थतन्त्रको फोक्सोमा अक्सिजनको अभाव हुने निश्चित छ । तर परम्परागत संस्थापन पक्षका प्राज्ञहरू एक हातले नभ्याएर दुई हातले सोहर्न पाउँदा मात्रै आनन्द मान्छन् । भूपाल राईले यो रोक्न खोज्दा उनीहरू अझै उग्र हुन पुगेका छन् ।

यस्ता सानातिना अवरोधहरूबाट कतै नअल्मलिई, कतै नरोकिई भूपाल राई आफ्नो भगिरथ यात्रालाई अगाडी बढाउनु नै मूलुकको प्राज्ञिक कल्याण हुनेछ । अन्यथा लेखको सुरूमै उल्लेख गरिएको पात्रभन्दा भूपाल राई के फरक हुनसक्लान् त ?

प्रदेश नं.१ भोजपुर जिल्ला ट्याम्के मैयूँमा  पर्ने यो  मुन्धुम पद मार्ग प्रकृतिका छटाहरु
28/05/2023

प्रदेश नं.१ भोजपुर जिल्ला ट्याम्के मैयूँमा पर्ने यो मुन्धुम पद मार्ग प्रकृतिका छटाहरु

Address

Hong Kong

Telephone

+85270758085

Website

Alerts

Be the first to know and let us send you an email when Bhojpur Samaj भोजपुर समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhojpur Samaj भोजपुर समाज:

Share