25/09/2026
वोल्भरह्याम्प्टन नेपाली समुदायद्वारा बाढीपीडितका लागि करिब ४१ लाख रुपैयाँ सहयोग
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि वोल्भरह्याम्प्टनस्थित नेपाली समुदायले करिब ४१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुसी छौँ।
हाम्रो नेपाली समाज वोल्भरह्याम्प्टन ले प्रत्यक्ष रूपमा ५ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ। यसका साथै, वोल्भरह्याम्प्टनमा विभिन्न च्यारिटी डिनर तथा सहयोग संकलन कार्यक्रमहरू आयोजना गरी बाढीपीडितका लागि रकम संकलन गरिएको छ।
यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक धन्यवाद:
* रामचन्द्र सुवेदी – Boatsman Bar & Grill (पूर्व Treasure): २ लाख रुपैयाँ
* राम भट्टराई – Three Crowns Pub (पूर्व अध्यक्ष): ६ लाख रुपैयाँ
* सागर गैरे (VP)– Desi Yew Tree: ४ लाख रुपैयाँ
* ऋषि सापकोटा (EX VP) – Gurkha Kitchen: ४ लाख रुपैयाँ
* Namaste Restaurant – सहयोग संकलन this week
* Sitara Hall – ५ लाख रुपैयाँ
* Krishna Temple – ५ लाख रुपैयाँ
यसका अतिरिक्त, वोल्भरह्याम्प्टनमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूले व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष जम्मा गर्नुभएको छ।
विभिन्न पब तथा रेस्टुरेन्टहरूमा च्यारिटी संकलन बाकसहरू समेत राखिएको छ। ती बाकसबाट संकलित रकम पनि छिट्टै सम्बन्धित राहत कोषमा हस्तान्तरण गरिनेछ।
यस कठिन घडीमा वोल्भरह्याम्प्टनको नेपाली समुदायले देखाएको एकता, उदारता र मानवीय भावना वास्तवमै प्रशंसनीय छ।
राहत अभियानमा आर्थिक सहयोग गर्नुहुने, कार्यक्रम आयोजना गर्नुहुने, आफ्नो व्यवसाय तथा स्थान उपलब्ध गराउनुहुने, च्यारिटी बाकस राख्न सहयोग गर्नुहुने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण व्यक्ति, व्यवसाय, संघसंस्था तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद।
तपाईंहरूको यो सहयोग र सद्भावले बाढीबाट प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्नेछ।
🙏
HNSW UK