01/10/2026
नमो गुरुः नमो बुद्धायः नमो धर्मायः नमो संघायः
प्रधानमंत्री दैवी प्रकोप उद्धारकोषमा ११ लाख सहयोग
———————
गत भदौ १०, २०८३ का दिन रसुवा क्षेत्र भन्दा माथी हिमपहिरो गै रसुवा , भोटेकोशी,त्रिशुली, बेत्रावती, टिमुरे, श्याब्रुबेशी लगायत थुप्रै ठाउमा ठूलो बाढी पहिरो गै नेपालको हिमाली पहाडी क्षत्रमा सयौ व्यक्तीहरको मृत्यु, हजारौ बेपत्ता हुनुका साथै थुप्रै बस्तीहरुमा बाढीले बगरमा परिणत गर्नुका साथै कैयौ घर टहराहरु, पूलहरु, खेत बारी बस्ती बगाइ बिशाल क्षति नेपालले व्यहोर्नु पर्दा हामी नेपालीहरु संसारको जुनै कुरामा आफ्नो देशलाइ यो विपदबाट उठाउन एकजुट हुने हाम्रो संस्कार छ ।
जस अनुसार हामी बिदेशमा भएका नेपालीहरुले संसारभरबाट व्यक्तीगत र सामूहिक सहयोह सबैले गरिरहनु भएकोछ ।
यसै क्रममा बुद्धिस्ट गुम्बा रेडींग यूकेले गुम्बाको मूलगुरु खेन् रिम्पोक्षे शीर लामा गुरु ज्यूको अगुवाईमा गुम्बासंग आवद्द मनकारी दाताहरु, गुम्बाको तर्फबाट र स्वयम् श्रद्देय मूलगुरु ज्यू समेतबाट गरी जम्मा ने.रु.११,००,००० (नेरु एघार लाख रुपैया मात्र) को चेक हिजो १४ असोज २०८३का दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागी गृहमंत्री सुदन गुरुंग ज्यूलाई कास्की जिल्लाको माननीय श्रीमती बिना गुरुंग समेतको उपस्थितीमा हस्तान्तरण गरियो ।
यस पूण्यदानमा सहभागी सम्पूर्ण दाताहरु, गुम्बा परिवार र श्रद्धेय मूल गुरु खेन् रिन्पोछे शीर लामा गुरु ज्यूलाई हार्दिक धन्यवाद ।
भगवान बुद्धले सबैको कल्याण गरुन् , जय बुद्ध!
कमल गुरुंग
महासचिव
बुद्धिस्ट गुम्बा रेडींग यूके