28/04/2026
अन्तिम दर्शन, माल्यार्पण, श्रद्धाञ्जली अर्पण तथा सद्गति कार्यक्रममा उपस्थितिका लागि सूचना!
सबैमा नमस्कार,
हाम्रो समाज, शान्ति नेपाली समाज बेलायतका सक्रिय सदस्य श्री बिक्रम खरेलज्यूका ससुराबुवा तथा समाजका सदस्य श्री सीता अर्याल खरेलज्जूका पिताश्री, गुल्मी सराङ्ग स्थायी घरभै हाल पारिवारिक भेटघाटका क्रममा वेष्ट ब्रोम्विच, बेलायत रहनुभएका स्व. रघुनाथ शर्माको आकस्मिक उपचारका क्रममा हुनपुगेको दुखःद निधनको जानकारी यहाँहरु समक्ष गर्नुपरेकोमा हामीलाई दुःख लागेको छ। दिवङ्गत आत्माप्रति शिवसायुज्य प्राप्तिको कामना सहित संस्था परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं। बिक्रमजी, सीताजी लगायत समस्त शोकाकुल अर्याल परिवारजनमा हार्दिक समवेदना!
यसै सन्दर्भमा स्व. रघुनाथ शर्माको पार्थीव शरिरमा माल्यार्पण, पुष्पार्पण गर्ने, अन्तिम दर्शन गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने र सद्गति समेत गरिने कार्यक्रम छ। स्थान, मिति र समय यसै सूचनाको साथ संलग्न फ्लाएर बमोजिम रहेको निवेदन गर्न चाहन्छौं।
समस्तमा सुखदुःखमा साथ रहने संस्थाको भावना बमोजिम समयमै उपस्थित भैदिनुहुन हार्दिक अनुरोध छ।
निर्देशन/अनुरोध:
कार्यक्रमको बाह्य ब्यवस्थापनको लागि कार्यसमितिका साथीहरू लाग्नुहुनेछ। समाजका बर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार, संस्थापक, संरक्षक समस्तमा उक्तदिनलाई ब्यवस्थित बनाउन आवश्यक भोलेन्टियरको भूमिका निभाईदिनुहुन अनुरोध छ।
धन्यवाद!
-कार्यसमिति, २०२४-२६