13/09/2026
🕉️🚩उपमन्यु गोत्रीय तथा समस्त ढकाल वंशका आदरणीय भाइखलकहरूमा सादर प्रणाम! 🙏✨
हाम्रो गोत्र तथा बंश केवल एक सामाजिक परिचय मात्र होइन, यो त साक्षात भगवान शिवको असीम कृपा र ममताको ऐतिहासिक साक्षी हो।
🕉️शिवपुराणका अनुसार, बाल्यकालमा दूधको तिर्खा मेट्न बालक उपमन्युले हिमालयमा गइ “ॐ नमः शिवाय” मन्त्रको घोर तपस्या गर्नुभयो।
उहाँको अनन्य र निश्चल भक्ति देखेर प्रसन्न हुनुभएका देवाधिदेव महादेव र माता पार्वतीले उहाँलाई आफ्नो ‘कनिष्ठ पुत्र (मानसपुत्र)’ स्वीकार गर्नुभयो।
🕉️माता पार्वतीले स्तनपान गराउनुभयो र भोको रहनु नपरोस् भनी शिवजीले उहाँलाई पूरै क्षीरसागर (दूधको समुद्र) उपहार दिनुभयो।
हाम्रो संकल्प र गौरव:हामी त्यही दिव्य शिवपुत्रका जैविक र आध्यात्मिक सन्तान हौँ।
🕉️भगवान शिवको असीम कृपा तथा कुलदेवता महर्षि उपमन्युको दिव्य आशीर्वाद नै हाम्रो वंशको सबैभन्दा ठूलो सम्पत्ति हो।
नेपाल ढकाल समाज प्रतिष्ठानको मर्म अनुसार, आउनुहोस् पशु बलिको तामसिक बाटो त्यागेर आफ्नो शुद्ध सात्विक र शैव पहिचानमा गर्व गरौँ र भनौँ:
“सबै ढकाल - एक परिवार”
🕉️हर हर महादेव! 🔱
जय कुलदेवता महर्षि उपमन्यु! 🚩
HarHarMahadev SanatanDharma DhakalSamaj