01/09/2026
चितवन समाज यूकेको पहिलो बैठक सम्पन्न
चितवन समाज यूकेको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकमा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गर्यो।
साथै, देशमा गएको विषम प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई आर्थिक सहयोग गर्ने निर्णयसमेत गरिएको छ।
समाजको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै आगामी दिनमा पनि निरन्तर सामाजिक तथा मानवीय कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।