07/06/2026
🌊 कामको थकान? तनाव? मोबाइलको नोटिफिकेसन? सबैलाई एक दिन बिदा दिऔँ! 😄
यति नेपाली एसोसिएसन, यूकेले गत वर्षझैँ यस वर्ष पनि हाम्रो सबैको प्रतीक्षित Community Seaside Trip 2026 आयोजना गरेको छ।
📍 स्थान: Camber Sands Beach
📅 मिति: Saturday, 4 July 2026
🚌 Departure: बिहान 7:30 बजे विभिन्न पिकअप पोइन्टबाट
🏖️ Return from Camber Sands: साँझ 5:30 बजे
संसारकै सबैभन्दा पुरानो हामी सबैको साझा नेपाली संस्था यति नेपाली एसोसिएसन, यूके सँग एक दिनका लागि समुद्र किनारमा रमाउन, नाच्न, गाउन, खान, हाँस्न र समुदायसँग जोडिन सबैलाई हार्दिक निमन्त्रणा छ।
सोच्नुस् त — २/३ सय नेपाली दाजुभाइ, दिदीबहिनी, परिवार र साथीहरू एकै ठाउँमा, समुन्द्रको छेउमा, मादलुको तालमा गीत, नाच, रमाइलो, घरबाट ल्याएको खाना, अनि नेपालीपनको छुट्टै माहोल! 😍
त्यो दिन त Camber Sands पनि “आज नेपाल नै आयो कि क्या हो!” भनेर सोच्ला जस्तो छ। 😄🇳🇵
त्यहाँ पुगेर हुने cultural activities, music, entertainment, fun games, sports, family-friendly activities र community networking ले दिनलाई अझ विशेष बनाउनेछ।
नयाँ चिनजान, पुराना साथीभाइसँग भेटघाट, अनि समुदायभित्र आत्मीयता बढाउने यो राम्रो अवसर पनि हो।
🚌 Pick-up Locations:
South Harrow — Opposite ASDA
Hounslow West Underground Station
Yeading Lane — Opposite Co-operative
Slough Town Centre — Station Approach
Wembley Central — Ealing Road Library
⚠️ सिट सीमित छन्!
अनि टिकट यतिको आफ्नै online booking platform मार्फत मात्र उपलब्ध हुनेछ। त्यसैले “पछि गरौँला” भन्दा भन्दै सिट सकिएला है! 😄
🎉 केही दिनका लागि मात्र group ticket मा special discount पनि उपलब्ध छ।
त्यसैले परिवार, साथीभाइ, छिमेकी, आफन्त सबैलाई मिलाएर छिटो बुक गर्नुहोस्।
👉 Booking Link:
https://booking.yetinepaliassociation.com/events/96551059-7e08-43a6-b4ef-a5903a197acc
आउनुहोस्, एक दिन काम, तनाव र व्यस्ततालाई छोडेर समुद्र किनारमा नेपाली समुदायसँग अविस्मरणीय सम्झना बनाऔँ।
यति नेपाली एसोसिएसन, यूके टिम
“Bringing Communities Together, Celebrating Unity and Friendship.”