03/09/2026
❤️ 🫡 CNN सँगको अन्तर्वार्तापछि धेरैमाझ चिनिएकी नेपालकी पहिलो महिला हेलिकप्टर पाइलट (क्याप्टेन) प्रिया अधिकारी भोटेकोसी बाढीको उद्धारमा अहोरात्र खटिरहेकी छन् । यस विपद्मा एक साताको अवधिमा उनले १०० भन्दा बढी सफल उद्धार उडान भरिसकेकी छन् । धर्तीमा विपद्को महाप्रलय र त्यही प्रलयको छातीबाट मानिसका आशा, प्रतीक्षा र आफन्त फर्काउन उनको वेगिलो उडान जारी छ ।
CNN सँग प्रियाले भनेकी छन्, ‘खोंचजस्तो ठाउँमा एकसाथ २० वटा हेलिकप्टर चलिरहेका हुन्छन् । कुन हेलिकप्टर कता जाँदैछ भनेर बुझ्नुपर्छ । त्यसका लागि हरेकपटक, हरेकसँग कुरा गरिरहनुपर्छ । चुनौती छ तर यस्तो अवस्थामा काम गर्न बानी परिसकेका छौं । हेलिकप्टरमा उद्धार भएर आएका मानिसलाई देख्दा खुसी लाग्छ । उनीहरूलाई देखेर म भन्छु– वाह ! तिमी बाँच्यौ ।’
आकाशमा उडेर धर्तीमा बगिरहेको बाढीबीच मानिसका जीवनहरू खोज्ने प्रिया अधिकारीजस्ता साहसिला छोरीहरू र उद्धारमा खटिइरहेका सबै पाइलटहरूप्रति यो देश सधैं ऋणी रहनेछ । ❤️ 🇳🇵 🙏