Chhantyal Association UK

Chhantyal Association UK Chhantyal association webpage

भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समबेदना!!म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा न. ३ भकिम्ली थोतनरी निवासी बेलायत छन्त्याल ...
08/10/2026

भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समबेदना!!

म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा न. ३ भकिम्ली थोतनरी निवासी बेलायत छन्त्याल संघको खेलकुद सचिब शेर झिंराजा छन्त्याल ज्युको ममतामयी आमा मनदेवी झिंराजा छन्त्यालको उपचारको क्रममा ८७ बर्षको उमेरमा भएको असामयिक निधनको खबरले बेलायतबासी छन्त्यालहरु मर्माहत भएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूमा गहिरो समवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको पीडालाई सहन सक्ने शक्ति र धैर्य भगवानले शोकाकुल परिवारलाई प्रदान गरून् भन्ने कामना गर्दछौँ।

बेलायत छन्त्याल संघ,

हार्दिक बधाई तथा शुभकामना!!! 🎉विश्व नेपाली साहित्य महासंघ, यूके पश्चिम शाखाको दोस्रो अधिवेशन मिति ५ सेप्टेम्बर २०२६ मा द...
18/09/2026

हार्दिक बधाई तथा शुभकामना!!! 🎉

विश्व नेपाली साहित्य महासंघ, यूके पश्चिम शाखाको दोस्रो अधिवेशन मिति ५ सेप्टेम्बर २०२६ मा द टनर रेस्टुरेन्टमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट बेलायत छन्त्याल संघका सचिव श्री जीत बुढाथोकी छन्त्यालज्यू उपाध्यक्ष पदमा चयन हुनुभएकोमा बेलायत छन्त्याल संघ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ।

उहाँको नेतृत्वदायी भूमिकाले नेपाली साहित्य, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास लिएका छौँ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐

बेलायत छन्त्याल संघ

रसुवाको भोटेकोशी बाढीप्रति हार्दिक श्रद्धाञ्जली तथा ऐक्यबद्धता! रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीका ...
28/08/2026

रसुवाको भोटेकोशी बाढीप्रति हार्दिक श्रद्धाञ्जली तथा ऐक्यबद्धता!

रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीका कारण भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति बेलायत छन्त्याल संघ अत्यन्त दुःखी र मर्माहत भएको छ।

यस अकल्पनीय तथा विनाशकारी प्राकृतिक विपत्तिको पीडादायी क्षणमा रसुवावासी लगायत प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकहरूले भोग्नुपरेको दुःख, पीडा र त्रासप्रति हामी हार्दिक सहानुभूति तथा ऐक्यबद्धता प्रकट गर्दछौँ।

यस विनाशकारी बाढीमा परी अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, बाढीका कारण बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरूको यथाशीघ्र सकुशल खोज तथा उद्धार होस् भन्ने कामना गर्दछौँ। बेपत्ता नागरिकका परिवारजनलाई यस दुःखद घडीमा धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।

यो विपत्ति केवल रसुवा र प्रभावित क्षेत्रका नागरिकहरूको मात्र पीडा होइन; यो सम्पूर्ण नेपाली समाजको साझा दुःख र पीडा हो। त्यसैले बेपत्ता नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्न, घाइतेहरूको शीघ्र तथा निःशुल्क उपचारको व्यवस्था गर्न, साथै विस्थापित तथा प्रभावित नागरिकहरूका लागि तत्काल राहत, सुरक्षित, आश्रय र दीर्घकालीन पुनर्स्थापनाको प्रभावकारी प्रबन्ध गर्न हामी नेपाल सरकार तथा सम्बन्धित सबै निकायसमक्ष हार्दिक आग्रह गर्दछौँ।

विपत्तिपछिको उद्धार, राहत र पुनर्स्थापना केवल राज्यको दायित्वमा मात्र सीमित रहन सक्दैन। यस्तो कठिन र संवेदनशील घडीमा मानवीयता, सहकार्य, सहयोग र राष्ट्रिय एकताले नै पीडितहरूको दुःखमा साथ दिने तथा उनीहरूको घाउमा मलम लगाउने आधार निर्माण गर्न सक्छ।

त्यसैले राज्यका सम्बन्धित निकाय, सामाजिक तथा मानवीय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, प्रवासी नेपाली समुदाय तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो सामर्थ्य र क्षमताअनुसार राहत, उद्धार तथा पुनर्स्थापनाका मानवीय कार्यमा एकजुट भई सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।

यस दुःखद घडीमा बेलायत छन्त्याल संघ, रसुवालगायत सबै प्रभावित क्षेत्रका नागरिक तथा समुदायसँग काँधमा काँध मिलाउँदै उभिएको छ। पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भइरहेका र आगामी दिनमा गरिने हरेक मानवीय प्रयासप्रति हाम्रो निरन्तर ऐक्यबद्धता रहनेछ।

"नेपाल आमाको दुःखमा हामी पनि सँगै छौँ।"

नर्सिङ घरब्जा छन्त्याल
अध्यक्ष
बेलायत छन्त्याल संघ

मिम प्रसाद खडका छन्त्याल
महासचिव
बेलायत छन्त्याल संघ

हार्दिक बधाई तथा शुभकामना!म्याग्दी जिल्ला, धवलागिरी गाउँपालिका, गुर्जाखानी निवासी हाल ब्रिटिश आर्मिमा कार्यरत क्याप्टेन ...
13/07/2026

हार्दिक बधाई तथा शुभकामना!

म्याग्दी जिल्ला, धवलागिरी गाउँपालिका, गुर्जाखानी निवासी हाल ब्रिटिश आर्मिमा कार्यरत क्याप्टेन पृथी बहादुर छन्त्याल ज्युलाई वि.सं. २०८३ असार २३ गते (७ जुलाई २०२६) विन्डसर क्यासलमा आयोजित एक निजी समारोहमा, परिवारको उपस्थितिमा, महामहिम बेलायतका राजाबाट ‘मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर’ (MVO) सम्मान प्रदान गरिएको छ।

विगत १२ महिनादेखि उहाँले ‘किङ्स गोर्खा अर्डली अफिसर’ (KGOO) का रूपमा उत्कृष्ट सेवा गर्दै ‘६७ गोर्खा फिल्ड स्क्वाड्रन’ को सेकेन्ड-इन-कमान्ड (दोस्रो वरिष्ठ अधिकारी) को जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गर्नुभएको छ। साथै, उहाँ ब्रिटिश आर्मीको ‘मेजर’ पदमा बढुवाका लागि छनोट हुनुका साथै ‘६३ वर्क्स ग्रुप’ (63 Works Group) को रेजिमेन्टल सेकेन्ड-इन-कमान्ड पदमा नियुक्त हुनुभएको छ।

क्याप्टेन पृथी बहादुर छन्त्याल ज्युलाई प्राप्त यस विशिष्ट MVO सम्मान तथा ब्रिटिश आर्मीको मेजर पदमा बढुवाका लागि छनोट हुनुभएकोमा बेलायत छन्त्याल संघको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं।

उहाँको यस उल्लेखनीय उपलब्धिले सम्पूर्ण छन्त्याल समुदायलाई गौरवान्वित बनाएको छ। साथै, उहाँ तथा सम्पूर्ण परिवारको सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

निरन्तर सफलता, प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना!

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका १ गुर्जाखानी घर भई हाल बेलायत रेदिङ शहरमा बसोबास गर्नुहुने बेलायत छन्त्याल संघको सकृ...
27/04/2026

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका १ गुर्जाखानी घर भई हाल बेलायत रेदिङ शहरमा बसोबास गर्नुहुने बेलायत छन्त्याल संघको सकृय सद्स्य बिष्णु छन्त्याल ज्युको पुज्यनिय पिता सोम बहादुर छन्त्यालको ८३ बर्षको उमेरमा यही २५ अप्रिल २०२६ सालमा बर्कशायर हस्पितल रेदिङमा उपचारको क्रममा असामयिक निधनको खबरले सम्पूर्ण बेलायतबासी छन्त्यालहरुलाई मर्माहित र स्तब्ध बनाएको छ । यस दु:खद समयमा बेलायत छन्त्याल संघ दिबंगत आत्माको चिर शान्तिको कामना सहित भाव्पूर्ण श्रद्धान्जली अर्पन गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।

बेलायत छन्त्यल संघ

Address

London

Alerts

Be the first to know and let us send you an email when Chhantyal Association UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share