29/09/2026
स्थानिय नामः तितिर
नेपाली नामः कालो तित्रा
English Name: Black Francolin
Scientific Name: Francolinus francolinus
Location: Dhanusha, Madhesh Province, Nepal.
कालो तित्रा तराईका घाँसे मैदान, झाडी र खेतीबारी वरिपरि पाइने आकर्षक भुइँचरा हो। भालेको चम्किलो कालो शरीरमा सेता थोप्ला, सेतो गालाको टल्काइ र खैरो–रातो घाँटीले यसलाई सजिलै चिनाउँछ; पोथी भने खैरो–धर्से रङमा तुलनात्मक रूपमा सादी देखिन्छे। यसको आवाज र उपस्थितिले हाम्रो तराईको जैविक विविधता सम्झाउँछ, त्यसैले घाँसे बासस्थान जोगाऔँ, वन्यजन्तुको अवैध सिकार रोकौँ, र कालो तित्राजस्ता सुन्दर पक्षीका लागि उपयुक्त वासस्थान संरक्षण गरौँ ।
Pipal Tree मार्फत Gemma McGough-Colin फाउण्डेशनको सहयोगमा भाटीघारी सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण गरी पूनःस्थापना गरिएको नदी उकास जग्गामा प्रकृतीको यस सुन्दर उपहारको संख्या वृद्धी भएको देख्न पाउँदा मन प्रसन्न हुन्छ ।