लेखानी समाज युके -LSUK

लेखानी समाज युके -LSUK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लेखानी समाज युके -LSUK, Community Center, 95 Kilnwood, High Wycombe.

19/12/2025
आज लेखानी समाज यूकेद्वारा आयोजित विशेष भेटघाट तथा स्वागत–सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।नेपालबाट युरोप भ्रम...
18/12/2025

आज लेखानी समाज यूकेद्वारा आयोजित विशेष भेटघाट तथा स्वागत–सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपालबाट युरोप भ्रमणमा रहनुभएका लेखानी मा.वि. का पूर्व हेडमास्टर, नेपाली कांग्रेसका पूर्व बाग्लुङ जिल्ला सांसद तथा गण्डकी प्रदेशका पूर्वमन्त्री सम्माननीय श्री मणिभद्र शर्मा कडेलज्यू तथा उहाँकी धर्मपत्नी श्रीमती इन्द्रकली शर्मा कडेलज्यूको गरिमामय उपस्थितिले कार्यक्रम अझै अर्थपूर्ण बनेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै श्री मणिभद्र शर्मा कडेलज्यूले लेखानी समाज यूकेसँग प्रत्यक्ष भेट गर्न पाउँदा अत्यन्तै खुशी लागेको भावना व्यक्त गर्नुभयो। साथै, आज उपस्थित हुनुभएका सबैप्रति धन्यवाद ज्ञापन गर्दै, उपस्थित हुन नसक्नुभएका सबैलाई सम्झना गर्नुभएको थियो। उहाँले लेखानी समाज यूकेले जन्मथलो लेखानीप्रति गर्दै आएको निरन्तर सहयोग, सामाजिक उत्तरदायित्व र सकारात्मक योगदानको खुलेर प्रशंसा गर्दै समाजप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई लेखानी समाज यूकेको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। अध्यक्षज्यूको अनुपस्थितिमा सचिवको रूपमा कार्यक्रम सञ्चालन गर्दा सहयोग गर्ने सबैप्रति विशेष आभार व्यक्त गर्दछौं।

यस्तै आत्मीय भेटघाट र सहकार्यले हाम्रो समाज अझ मजबुत बन्दै जाओस् भन्ने कामना सहित

🙏 धन्यवाद । नमस्कार ।

कादेश र लेखानी को पानारामिक भिउ
03/12/2025

कादेश र लेखानी को पानारामिक भिउ

02/12/2025

राष्ट्रिय कलाकार स्याम राना को दमदार प्रस्तुति

02/12/2025

राष्ट्रिय कलाकार रिना केसी को दमदार प्रस्तुति

02/12/2025

राष्ट्रिय कलाकार जुना श्रीस मगर। को दमदार प्रस्तुति

आदरणीय लेखानी समाज UK का अध्यक्षज्यू, सल्लाहकारज्यू तथा समस्त सदस्यगण,नमस्कार।कादेश कुल पूजा मेला 2082 को लागि आर्थिक रू...
02/12/2025

आदरणीय लेखानी समाज UK का अध्यक्षज्यू, सल्लाहकारज्यू तथा समस्त सदस्यगण,
नमस्कार।

कादेश कुल पूजा मेला 2082 को लागि आर्थिक रूपमा साथ दिनु भएका सबैजना चन्दादाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूकै सहयोग र सद्भावका कारण यो धार्मिक तथा सांस्कृतिक कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुगेको छ।

कुल पूजा मेलाका आयोजक टिमलाई जम्मा रू. 2,00,160/- हस्तान्तरण गरिएको जानकारी गराउँदै, पुनः एकपटक सबै सहयोगी हातहरूलाई मुरी–मुरी धन्यवाद।

आर्थिक सहयोग गर्नेको नामावली
1. Ful/Chinimaya Shrish Rs 55000✅
2. Ser Pun £25✅
3. Prem Chhantyal £50✅
4. Lal Roka Rs.10,000✅
5. Min Siris £55.✅
6. Kaushila Kaucha £30✅
7. Chabimaya Pun £55✅
8. Prem Bahadur Gurung £35.✅
9. Tara / Jit Pun £25✅
10. Amar Pun £55✅
11. Sher Pun Rs 5,000✅
12. Chhabilal Pun £25✅
13. Lekh Kaucha £20✅
14. Chandra kala Pun £25✅
15. Maya Pun £35✅
16. Aasha Pun Rs 21000✅
17.Kali Pun £20✅
18.Man Kaucha £20✅
19. Bhuwan Pun £35✅
20. Lila Pun £20✅
21. Ek maya thapa Rs 5000✅
22. KRISHNA ROKA £ 30✅

यस पवित्र कार्यमा साथ दिनु हुने सबैलाई उत्तरउत्तर प्रगतिका लागि शुभकामना।

धन्यवाद।
फुल श्री स

31/08/2025

Welcome to the official page of Lekhani Samaj UK - LSUK.
Established in 2009, our society aims to preserve and promote Nepalese traditions, culture, and values in the UK. We strive to encourage unity, mutual respect, and support for our members, especially during times of need, by offering financial and emotional assistance.
We also work to inspire the younger generation to stay connected with their heritage and participate actively in community activities.

Address

95 Kilnwood
High Wycombe
HP14 4UP

Alerts

Be the first to know and let us send you an email when लेखानी समाज युके -LSUK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share