Rupakot Samaj, Finland

Reittiohjeet

Rupakot Samaj, Finland Kohteen Rupakot Samaj, Finland, Vapaaehtoistyö, Helsinki yhteystiedot, kartta ja reittiohjeet, yhteydenottolomake, aukioloajat, palvelut, arvostelut, kuvat, videot ja ilmoitukset.

27/07/2026

🙏 हार्दिक आभार तथा धन्यवाद 🙏
हिजो रूपाकोट समाज, फिनल्यान्ड द्वारा आयोजित हरितालिका तीज विशेष दर खाने कार्यक्रम प्रतिकूल मौसम र निरन्तर वर्षाको बाबजुद पनि आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल, भव्य र अविस्मरणीय बनाइदिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक नमन तथा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं।
यस कार्यक्रमका लागि स्वादिष्ट खानाको प्रायोजन तथा व्यवस्थापन गर्नुहुने सम्पूर्ण रेस्टुरेन्ट व्यवसायीहरूलाई विशेष धन्यवाद। यहाँहरूको अमूल्य सहयोगले कार्यक्रमलाई थप सफल बनाउन ठूलो योगदान पुगेको छ।
यसैगरी, कार्यक्रमको सफलताका लागि उदार मनले आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू, सहयोगी तथा शुभेच्छुकहरूप्रति पनि रूपाकोट समाज, फिनल्यान्ड परिवार हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछ। यहाँहरूको उदार सहयोग र विश्वासले नै यस्तो सामाजिक तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको हो।
हाम्रो कार्यक्रमका लागि नगरपालिकाबाट आवश्यक अनुमति लिने कार्यमा अमूल्य सहयोग पुर्‍याउनुहुने हाम्रो इभेन्ट्सका शेखर आचार्यज्यू तथा उहाँको सम्पूर्ण टोलीप्रति समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ। उहाँहरूको सहयोग, समर्पण र सक्रियताप्रति हामी अत्यन्तै आभारी छौँ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव कायम रहने विश्वासका साथ पुनः हार्दिक धन्यवाद।
साथै, नेपालबाट घुम्न फिनल्यान्ड आउनुभएका आदरणीय बुवा–आमा तथा अन्य सम्पूर्ण आगन्तुक महानुभावहरूले आफ्नो व्यस्त समयबाट पनि कार्यक्रममा सहभागी भई हाम्रो उत्सवको गरिमा र शोभा बढाइदिनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ आत्मीय, पारिवारिक र अविस्मरणीय बनाएको छ।
नेपाली बाजागाजाले तीजको मौलिक संस्कृतिलाई जीवन्त बनाउँदै कार्यक्रमलाई अझ मनोरञ्जनात्मक र उल्लासमय बनाइदिनुहुने सम्पूर्ण कलाकार तथा वाद्यवादकहरूप्रति हार्दिक नमन तथा कृतज्ञता व्यक्त गर्दछौं।
यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय, प्रायोजन, स्वयंसेवा तथा अन्य विभिन्न माध्यमबाट सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण नेपाली समुदाय, सहयोगी संस्था, शुभेच्छुक तथा स्वयंसेवकहरूप्रति रूपाकोट समाज, फिनल्यान्ड परिवार हार्दिक आभारी छ।
कार्यक्रम सञ्चालनका क्रममा कुनै कमी–कमजोरी वा त्रुटि भएको महसुस गर्नुभएको भए, कृपया त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै रूपाकोट समाज, फिनल्यान्डका अध्यक्ष भक्तिराम भण्डारी वा समाजका अन्य पदाधिकारीहरूलाई आफ्ना रचनात्मक सुझाव तथा सल्लाह प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। तपाईंहरूका अमूल्य सुझावहरूले आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, उत्कृष्ट र प्रभावकारी बनाउन हामीलाई प्रेरणा दिनेछन्।
आगामी दिनहरूमा पनि यहाँहरूको अमूल्य साथ, सहयोग, विश्वास र सहभागिताको निरन्तर अपेक्षा राख्दछौं।
सम्पूर्ण नेपाली समुदायप्रति पुनः हार्दिक धन्यवाद।
जय नेपाल! 🇳🇵

भवदीय,
भक्तिराम भण्डारी
अध्यक्ष
रूपाकोट समाज, फिनल्यान्ड

Osoite

Helsinki

Verkkosivusto

Ilmoitukset

Saat tiedon ensimmäisenä: lähetämme sinulle sähköpostia, kun Rupakot Samaj, Finland julkaisee uutisia ja tarjouksia. Sähköpostiosoitettasi ei käytetä muihin tarkoituksiin, ja voit perua tilauksen milloin tahansa.

Oikopolut

Jaa

Kategoria