NRNA Madrid-Spain

NRNA Madrid-Spain एनआरएनए म्याड्रिड — नेपाली समुदायको एकता, संस्कृतिको संरक्षण र सहयोगका लागि समर्पित। ���

23/08/2026

हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा
‘तीज धमाका २०२६’

आदरणीय म्याड्रिडवासी नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपाली समुदाय, गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिडको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०२६ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम ‘तीज धमाका २०२६’ आयोजना हुन गइरहेको छ।

यस विशेष अवसरमा नेपालका चर्चित कलाकार लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै म्याड्रिडमा रहेका नेपाली स्थानीय गायक–गायिका तथा कलाकारहरूको प्रस्तुति, सांस्कृतिक नृत्य र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले कार्यक्रमलाई अझ विशेष बनाउनेछन्।

कार्यक्रममा नेपाली तथा तीज विशेष स्वादिष्ट परिकारहरूको समेत व्यवस्था रहनेछ। विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति, परम्परा र नेपालीपनलाई जीवन्त राख्दै सम्पूर्ण नेपाली समुदायसँगै तीजको खुसी साटासाट गर्ने यो सुन्दर अवसर हो।

📅 कार्यक्रम विवरण

मिति: १३ सेप्टेम्बर २०२६, आइतबार
समय: साँझ ५:०० बजेदेखि
स्थान: Gran Vía 46, Centro, Madrid
प्रवेश शुल्क: €20
मेट्रो: L3 र L5 — Callao

त्यसैले म्याड्रिड तथा आसपासमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, परिवार, साथीभाइ तथा नेपाली संस्कृतिप्रेमी शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई ‘तीज धमाका २०२६’ लाई भव्य र ऐतिहासिक बनाउन हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, गीत, संगीत, नृत्य, स्वादिष्ट नेपाली परिकार र नेपाली संस्कृतिको उल्लाससँगै तीज मनाऔँ।

तपाईंको उपस्थिति नै हाम्रो कार्यक्रमको सफलता हो।

आयोजक
गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिड
‘तीज धमाका २०२६’ — नेपालीपन, संस्कृति र एकताको उत्सव 🇳🇵❤️

20/08/2026

🌺 NRNA Madrid प्रस्तुत गर्दछ — तीज धमाका २०२६! 🎉💃

🎤 विशेष प्रस्तुति:
⭐ लक्ष्मी मल्ल
⭐ श्रीकृष्ण बम मल्ल

🎶 स्थानीय गायक रमेश क्षेत्री

💃 Local Artists | Cultural Dance | DJ Music | नेपाली खानाका परिकार 🍛

📅 १३ सेप्टेम्बर २०२६ | आइतबार
🕔 साँझ ५:०० बजेबाट
📍 Gran Vía 46, Madrid
🚇 Metro L3 & L5

🔥 तीजको धमाका, रमाइलो र संगीतसँगै! 🇳🇵❤️🇪🇸

08/08/2026

एनआरएनए म्याड्रिडद्वारा ‘तीज धमाका २०२६’ आयोजना, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको विशेष प्रस्तुति रहने

म्याड्रिड (स्पेन): गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिडले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०२६ को अवसरमा ‘तीज धमाका २०२६’ नामक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६ (आइतबार) साँझ ५:०० बजेदेखि म्याड्रिडको Gran Vía 46, Centro मा हुने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपालका चर्चित कलाकार लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्ल को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै स्पेनमा रहेका स्थानीय नेपाली गायक–गायिका तथा कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक नृत्य र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूका लागि स्वादिष्ट नेपाली खानाका परिकार तथा तीज विशेष परम्परागत परिकार को समेत व्यवस्था गरिनेछ। यसमार्फत विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्य राखिएको जनाइएको छ।

एनआरएनए म्याड्रिडले स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई तीज पर्वको उल्लास सँगै मनाउन आग्रह गरेको छ।

कार्यक्रमस्थल Gran Vía 46, Centro, Madrid मा मेट्रो लाइन L3 र L5 मार्फत सहज रूपमा पुग्न सकिने आयोजकले जनाएको छ।

‘तीज धमाका २०२६’ ले नेपाली कला, संस्कृति, संगीत, नृत्य र परम्परागत खानाको माध्यमबाट स्पेनस्थित नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक संरक्षण र पर्वको उत्साहलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

07/08/2026

🌺 NRNA Madrid प्रस्तुत गर्दछ
- तीज धमाका २०२६ 🎉💃

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०२६ को अवसरमा NRNA Madrid ले भव्य "तीज धमाका २०२६" कार्यक्रम आयोजना गर्न लागेको छ।

🎤 विशेष आकर्षण:
🌟 लक्ष्मी मल्ल
🌟 श्रीकृष्ण बम मल्ल

🎶DJ Music / स्पेनस्थित स्थानीय गायक–गायिकाहरूको विशेष सांगीतिक प्रस्तुति 💃 स्थानीय कलाकारहरूद्वारा आकर्षक सांस्कृतिक नृत्यहरू ,🍛 स्वादिष्ट नेपाली खानाका परिकार

📅 मिति: १३ सेप्टेम्बर २०२६ (आइतबार)
🕔 समय: साँझ ५:०० बजेदेखि
📍 स्थान: Gran Vía 46, Centro, Madrid
🚇 मेट्रो: Line L3 & L5

तीजको उल्लास, नेपाली संस्कृति, गीत–संगीत, नृत्य र मनोरञ्जनले भरिपूर्ण यस विशेष कार्यक्रममा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

आउनुहोस्, तीजको रमाइलो सँगै मनाऔं र नेपाली संस्कृति जगेर्ना गरौं। 🇳🇵❤️🇪🇸

सम्पूर्णमा नमस्कार। 🙏विलालगोर्डो डेल जूकार क्षेत्रमा बसोबास गर्दै आएका करिब २५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू खाद्य...
06/08/2026

सम्पूर्णमा नमस्कार। 🙏

विलालगोर्डो डेल जूकार क्षेत्रमा बसोबास गर्दै आएका करिब २५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू खाद्यान्न अभावमा परेको जानकारी प्राप्त भएपछि NRNA Madrid ले सहयोगस्वरूप संकलन गरिएको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

यस अभियानमा नेपाली समुदायसँगै त्यही क्षेत्रमा बसोबास गर्दै आएका आवश्यकतामा परेका केही भारतीय समुदायका सदस्यहरूलाई पनि खाद्यान्न सहयोग प्रदान गरिएको छ। साथै, Hindustani Foods ले पनि आफ्नो तर्फबाट खाद्यान्न सामग्री उपलब्ध गराई यस मानवीय अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग गरेको छ।

यस मानवीय अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने NRNA Madrid का सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक नमन तथा उच्च सम्मान व्यक्त गर्दछौं।
तपाईंहरूको उदारता, विश्वास र सहयोगले आवश्यकतामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई ठूलो राहत पुगेको छ।

खाद्यान्न वितरण कार्यक्रममा NRNA Madrid का उपाध्यक्ष आशिष सुवेदी, कोषाध्यक्ष बिनोद कार्की तथा प्रवक्ता क्रिस श्रेष्ठ र सन्तोष कार्कीको सहभागिता रहेको थियो।यस प्रकारका मानवीय अभियानलाई निरन्तर अगाडि बढाउन NRNA Madrid का अध्यक्ष हर्क बहादुर थापा ज्यूले विशेष प्रेरणा, नेतृत्व र सहयोग प्रदान गर्दै आउनुभएको छ।

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने भावनासहित भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धतासहित सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद। 🙏❤️

– NRNA Madrid Family!!!

Dirección

Madrid

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando NRNA Madrid-Spain publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Contacto La Organización

Enviar un mensaje a NRNA Madrid-Spain:

Atajos

Compartir