NRNA Madrid-Spain

Cómo llegar Contactar con la organización

NRNA Madrid-Spain एनआरएनए म्याड्रिड — नेपाली समुदायको एकता, संस्कृतिको संरक्षण र सहयोगका लागि समर्पित। ���

🌺🙏 विजया दशमी तथा बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺नेपालीहरूको महान् पर्व बडादसैँ तथा विजया दशमीको पावन अवसरमा स्पेन...
18/10/2026

🌺🙏 विजया दशमी तथा बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

नेपालीहरूको महान् पर्व बडादसैँ तथा विजया दशमीको पावन अवसरमा स्पेनको म्याड्रिडमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️

माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून्। यस पर्वले हामी सबै नेपालीबीच आपसी सद्भाव, एकता, प्रेम र भाइचारालाई अझ प्रगाढ बनाओस्।

शुभ विजया दशमी! 🌺🙏

हार्दिक शुभकामना,
एनआरएनए म्याड्रिड परिवार 🇳🇵❤️🇪🇸

#नेपालीएकता #दसैँकोशुभकामना

⚽❤️ हार्दिक धन्यवाद — NRNA Madrid परिवार ❤️⚽प्रथम एभरेष्ट कप–२०२६ मा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो खेलकौशल, प्रतिभ...
12/10/2026

⚽❤️ हार्दिक धन्यवाद — NRNA Madrid परिवार ❤️⚽

प्रथम एभरेष्ट कप–२०२६ मा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो खेलकौशल, प्रतिभा, मेहनत र खेलभावना प्रदर्शन गर्नुहुने NRNA Madrid पुरुष तथा महिला फुटबल टोलीका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद तथा बधाई! 🙏🏆

खेलमा सहभागी हुनु नै एउटा गौरवको विषय हो। मैदानमा यहाँहरूले देखाउनुभएको समर्पण, एकता, अनुशासन र आत्मविश्वासले NRNA Madrid परिवारको गौरव बढाएको छ। नतिजाभन्दा माथि उठेर खेलकुदमार्फत नेपाली समुदायको एकता, भाइचारा र प्रतिभा प्रदर्शन गर्नुभएकोमा हामी गर्व गर्दछौँ।

विशेषगरी, हाम्रो महिला फुटबल टोली को सहभागिता निकै उत्साहजनक र प्रेरणादायी रहेको छ। ❤️ महिला खेलाडीहरूलाई अवसर, प्रोत्साहन र उचित मञ्च प्रदान गर्ने हाम्रो प्रयास आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नेछ। महिला फुटबललाई निरन्तरता दिँदै आगामी दिनहरूमा अझ धेरै महिला खेल, प्रतियोगिता तथा अवसरहरू लिएर आउने हाम्रो प्रतिबद्धता छ।

हाम्रो लक्ष्य सहभागिता मात्र होइन, खेलाडीहरूको क्षमता विकास, नयाँ प्रतिभाको पहिचान र नेपाली फुटबलको प्रवर्द्धन पनि हो। ⚽

सम्पूर्ण खेलाडीहरू, सहयोगीहरू तथा शुभेच्छुकहरूप्रति NRNA Madrid परिवारको तर्फबाट हार्दिक आभार!

हामी सहभागी भयौँ, हामीले आफ्नो प्रतिभा देखायौँ, र हामी अझ बलियो भएर फर्किनेछौँ! 💪❤️

सधैँ खेलाडीहरूको साथमा — NRNA Madrid परिवार 🇳🇵🇪🇸

🏆⚽🇳🇵 पहिलो एभरेस्ट कप २०२६ का लागि हार्दिक अग्रिम शुभकामना! 🇪🇸🇳🇵स्पेनको राजधानी म्याड्रिडमा आयोजना हुन गइरहेको पहिलो एभर...
05/10/2026

🏆⚽🇳🇵 पहिलो एभरेस्ट कप २०२६ का लागि हार्दिक अग्रिम शुभकामना! 🇪🇸🇳🇵

स्पेनको राजधानी म्याड्रिडमा आयोजना हुन गइरहेको पहिलो एभरेस्ट कप २०२६ को सफलताको लागि एनआरएनए म्याड्रिड परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।

पुरुषसँगै महिला खेलाडीहरूको समेत सहभागिताले यस प्रतियोगितालाई अझ विशेष र उत्साहपूर्ण बनाउने विश्वास लिएका छौँ। खेलकुदको माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्दै प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने यस महत्वपूर्ण आयोजनाको हामी उच्च प्रशंसा गर्दछौँ।

📅 ११ अक्टोबर २०२६, आइतबार
📍 Campo de Fútbol David González, Madrid

प्रतियोगिता भव्य, सभ्य, सफल र ऐतिहासिक रूपमा सम्पन्न होस्। सहभागी सम्पूर्ण टोली, खेलाडी, आयोजक, रेफ्री, स्वयंसेवक तथा सम्पूर्ण व्यवस्थापन टिमलाई NRNA Madrid परिवारको तर्फबाट अग्रिम हार्दिक शुभकामना! 🙏❤️

खेलकुदले जोडोस्, नेपालीपनले एक बनाओस्। 🇳🇵🤝🇪🇸

🏆 सफलताको हार्दिक शुभकामना — पहिलो एभरेस्ट कप २०२६! ⚽🔥

— NRNA Madrid Family 🇳🇵🇪🇸

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉एनआरएनए म्याड्रिड परिवारका उपाध्यक्ष श्री आशिष सुबेदी ज्यूलाई जन्मदिनको सुखद अवसरमा सुस...
03/10/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

एनआरएनए म्याड्रिड परिवारका उपाध्यक्ष श्री आशिष सुबेदी ज्यूलाई जन्मदिनको सुखद अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सफलता तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आगामी दिनहरू अझ सुखद, सफल र उपलब्धिमूलक रहून् भन्ने हार्दिक कामना गर्दछौं। 🙏🌸

🇳🇵🇪🇸 एनआरएनए म्याड्रिड परिवार

प्रथम पर्वत समाज स्पेन खुल्ला भलिबल प्रतियोगिता २०२६ को TIE-SHEET सार्वजनिक खेलाडी तयार छन्।Team NRNA Madrid-Spain खेल ह...
21/09/2026

प्रथम पर्वत समाज स्पेन खुल्ला भलिबल प्रतियोगिता २०२६ को TIE-SHEET सार्वजनिक

खेलाडी तयार छन्।Team NRNA Madrid-Spain

खेल हुने मिति: २१ सेप्टेम्बर २०२६
स्थान: Parc de Besòs, Barcelona

🏐🇳🇵 शुभकामना NRNA Madrid Boys Team! 🇪🇸🔥

आजको खेलका लागि सम्पूर्ण टिम तथा खेलाडीहरूलाई हार्दिक शुभकामना। 💪🏐
आत्मविश्वास, एकता र उत्कृष्ट प्रदर्शनका साथ खेल्दै NRNA Madrid को नाम उच्च राख्नुहोस्। ❤️🇳🇵

सफलताको शुभकामना! 🙌🔥

#शुभकामना

14/09/2026

🌺🇳🇵 हरितालिका तीजको हार्दिक शुभकामना 🇳🇵🌺

नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ को पावन अवसरमा म्याड्रिड, स्पेन तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

तीज पर्वले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपसी एकता, सद्भाव र आत्मीयता अझ प्रगाढ बनाओस्।

🌸 तीजको उमंग, संस्कृतिको सम्मान र एकताको सन्देश! 🌸

गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिड
स्पेन 🇪🇸

🇳🇵❤️ नेपालका बाढी–पहिरो पीडितका लागि NRNA Madridद्वरा सहयोगको अपिल 🤝नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोका कारण धे...
30/08/2026

🇳🇵❤️ नेपालका बाढी–पहिरो पीडितका लागि NRNA Madridद्वरा सहयोगको अपिल 🤝

नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोका कारण धेरै नेपाली परिवार अहिले पीडा र संकटमा पकेका छन्। यस्तो दुःखद घडीमा गैरआवासीय नेपाली संघ (NRNA) Madrid सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई सहयोगमा हातेमालो गर्न हार्दिक अपिल गर्दछौ ।

🙏 सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ।
दुखको यो समयमा सहयोग गर्न चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष”मा सिधै रकम जम्मा गर्न अनुरोध गर्दछौ ।

साथै सहयोग गर्न चाहनुहुन्छ तर रकम पठाउने प्रक्रियामा समस्या छ भने या दोधारमा पर्नु भयो भने NRNA Madrid लाई सम्पर्क गर्न सक्नुहुन्छ।
रकम पठाउने प्रक्रियामा आवश्यक सहयोग तथा सहजीकरण गर्न हामी तयार छौ 🤝

💰 सहयोग गर्ने तरिका:
🇳🇵 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
🔹 नेपाल सरकारको आधिकारिक QR / बैंकिङ माध्यम प्रयोग गर्नुहोस्।
🔹 विदेशबाट समेत सहयोग गर्न सकिने आधिकारिक व्यवस्था रहेको छ।

👉 आधिकारिक सहयोग विवरण:
"प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष – नेपाल सरकार"

🤝 NRNA Madrid को सन्देश
“हामी जहाँ भए पनि हाम्रो मन नेपालमै छ। आज विपद्मा परेका नेपाली परिवारका लागि हामी सबैले आफ्नो क्षमताअनुसार सहयोग गरौँ।”

🇳🇵 एकता नै हाम्रो शक्ति हो।
❤️ नेपालका लागि, नेपालीका लागि।

🚨 महत्वपूर्ण सूचना | तीज धमाका २०२६ स्थगित/रद्द🇳🇵 नेपालमा  आएको बाढी तथा पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर...
28/08/2026

🚨 महत्वपूर्ण सूचना | तीज धमाका २०२६ स्थगित/रद्द

🇳🇵 नेपालमा आएको बाढी तथा पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै NRNA Madrid ले Sep 13 मा आयोजना गर्न लागेको “तीज धमाका २०२६” कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

यस कठिन समयमा नेपालमा रहेका बाढी–पहिरो प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै NRNA Madrid ले मनोरञ्जनभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिने निर्णय गरेको हो।

🙏 कार्यक्रमको तयारीमा साथ, सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण कलाकार, स्थानीय कलाकार–नृत्य समूह, प्रायोजक, सहयोगी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा NRNA Madrid हार्दिक आभार व्यक्त गर्दछ।

❤️ अहिले हाम्रो प्राथमिकता—नेपाल र नेपाली।
सक्दो सहयोग गरौँ, प्रभावित परिवारको साथ बनौँ।

तीज धमाका २०२६ — CANCELLED
🇳🇵 दुःखको समयमा एकता नै हाम्रो शक्ति हो।

23/08/2026

हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा
‘तीज धमाका २०२६’

आदरणीय म्याड्रिडवासी नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपाली समुदाय, गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिडको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०२६ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम ‘तीज धमाका २०२६’ आयोजना हुन गइरहेको छ।

यस विशेष अवसरमा नेपालका चर्चित कलाकार लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै म्याड्रिडमा रहेका नेपाली स्थानीय गायक–गायिका तथा कलाकारहरूको प्रस्तुति, सांस्कृतिक नृत्य र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले कार्यक्रमलाई अझ विशेष बनाउनेछन्।

कार्यक्रममा नेपाली तथा तीज विशेष स्वादिष्ट परिकारहरूको समेत व्यवस्था रहनेछ। विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति, परम्परा र नेपालीपनलाई जीवन्त राख्दै सम्पूर्ण नेपाली समुदायसँगै तीजको खुसी साटासाट गर्ने यो सुन्दर अवसर हो।

📅 कार्यक्रम विवरण

मिति: १३ सेप्टेम्बर २०२६, आइतबार
समय: साँझ ५:०० बजेदेखि
स्थान: Gran Vía 46, Centro, Madrid
प्रवेश शुल्क: €20
मेट्रो: L3 र L5 — Callao

त्यसैले म्याड्रिड तथा आसपासमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, परिवार, साथीभाइ तथा नेपाली संस्कृतिप्रेमी शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई ‘तीज धमाका २०२६’ लाई भव्य र ऐतिहासिक बनाउन हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, गीत, संगीत, नृत्य, स्वादिष्ट नेपाली परिकार र नेपाली संस्कृतिको उल्लाससँगै तीज मनाऔँ।

तपाईंको उपस्थिति नै हाम्रो कार्यक्रमको सफलता हो।

आयोजक
गैरआवासीय नेपाली संघ (NRNA) म्याड्रिड
‘तीज धमाका २०२६’ — नेपालीपन, संस्कृति र एकताको उत्सव 🇳🇵❤️

20/08/2026

🌺 NRNA Madrid प्रस्तुत गर्दछ — तीज धमाका २०२६! 🎉💃

🎤 विशेष प्रस्तुति:
⭐ लक्ष्मी मल्ल
⭐ श्रीकृष्ण बम मल्ल

🎶 स्थानीय गायक रमेश क्षेत्री

💃 Local Artists | Cultural Dance | DJ Music | नेपाली खानाका परिकार 🍛

📅 १३ सेप्टेम्बर २०२६ | आइतबार
🕔 साँझ ५:०० बजेबाट
📍 Gran Vía 46, Madrid
🚇 Metro L3 & L5

🔥 तीजको धमाका, रमाइलो र संगीतसँगै! 🇳🇵❤️🇪🇸

Dirección

Madrid

Página web

Notificaciones

Sea el primero en enterarse: le enviaremos un correo electrónico cuando NRNA Madrid-Spain publique novedades y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin y puede darse de baja en cualquier momento.

Contactar Con La Organización

Enviar un mensaje a NRNA Madrid-Spain:

Atajos

Compartir