Hamro Paani - हाम्रो पानी।

Hamro Paani - हाम्रो पानी। बैकुण्ठे भूमिगत खानेपानी तथा सरसफाई ?

यो आयोजना खानेपानी पूर्वाधार निर्माण, दिगो सञ्चालन/व्यवस्थापन फ्रेमवर्क स्थापना गर्न बनेको हो।यस आयोजनाले माडी नगरपालिका वडा नं ८ को लगभग ४२० घरपरिवारलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य लिएकोछ जस्मा इन्द्रबस्ती, दक्षिण अयोद्यापुरी, चौकिडाँडा, तल्लो कन्तिपुर अनि कान्तिपुर पर्दछ​।
The project is established to construct water supply infrastructure and to establish framework for su

stainable operation and management of the system.The project aims to provide safe and clean drinking water to approx. 420 households of ward number 8 of Madi Municipality, which covers Indrabasti, Dakhchin Ayodhyaopuri, Chauki Danda, Kantipur and Lower Kantipur area.

बागमति प्रदेश सामाजिक बिकास मन्त्रालय हेटाेेडा बाट हाम्रो खानेपानी अफिस का लागि निर्माण हुदै गरेको भवनको अबलोकन गर्नु भए...
29/05/2026

बागमति प्रदेश सामाजिक बिकास मन्त्रालय हेटाेेडा बाट हाम्रो खानेपानी अफिस का लागि निर्माण हुदै गरेको भवनको अबलोकन गर्नु भएकोमा धन्यबाद ।बाग्मति प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय टिम लाइ।

यस मा. न. पा. वडा नम्बर ८ मा हाल सन्चलित सन्चलि बैकुनठे भुमिगत खानेपानी तथा सरसफाइ योजना उपभोक्ता सन्स्था लाइ माडि नगरपा...
06/05/2026

यस मा. न. पा. वडा नम्बर ८ मा हाल सन्चलित सन्चलि बैकुनठे भुमिगत खानेपानी तथा सरसफाइ योजना उपभोक्ता सन्स्था लाइ माडि नगरपालिका को सहकार्यमा सङ्घिय खानेपानी मन्त्रालय बाट बैकल्पिक बोरिङ र बाग्मति प्रदेश सामजिक बिकास मन्त्रालय बाट खानेपानी अफिस निर्माण का लागि आर्थिक बर्श २०८२/०८३ को बजेट को निर्माण कार्य अन्तिम चरण मा पुगेको सम्पुर्नमा अनुरोध गर्दै समय समय मा अवलोकन र अनुगमन गर्न सम्बन्धित सम्पुर्न उपभोक्ता हरुमा अनुरोध गर्दछौ।सहयोग गर्नुहुने सम्पुर्नमा हार्दिक आभार ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्दछौ।

बैकुनठे भुमिगत खानेपानी

आज २०८३ साल बैशाख १३ गते यस माडी एकीकृत समावेशी दिगो विकास परियोजना माडी ८ बाट सन् २०२१ मा JYSK Denmark को आर्थिक लगानीम...
26/04/2026

आज २०८३ साल बैशाख १३ गते यस माडी एकीकृत समावेशी दिगो विकास परियोजना माडी ८ बाट सन् २०२१ मा JYSK Denmark को आर्थिक लगानीमा स्वीकृत गरिएको खाने पानी निर्माण, माडी ब्रेन पावर, माडी गल पावर र संस्था सबलीकरणको काम सम्पन्न भई समाज कल्याण परिषदबाट छनौट भई आउनु भएको विज्ञहरूको अनुगमनको क्रममा मोबाइलमा कैद गरिएका केही तस्बिरहरूको सम्झनास्वरूप प्रस्तुति गरेका छौ।

माडि नगरपालिका वडा नम्बर ८ मा JYSK डेन्मार्क, माडि नगरपालिका र उपभोक्ता को संयुक्त लगानिमा हाल सन्चालन मा रहेको बैकुण्ठ ...
13/04/2026

माडि नगरपालिका वडा नम्बर ८ मा JYSK डेन्मार्क, माडि नगरपालिका र उपभोक्ता को संयुक्त लगानिमा हाल सन्चालन मा रहेको बैकुण्ठ भुमिगत खानेपानी लगायत को अवलोकन गरि मापदण्ड पुरागरि निर्माण सम्पन्न भएका नेपालका अन्य केहि खानेपानी योजनाको समेत अवलोकन गरि आगामि समयमा सङ्घीय खानेपानी मन्त्रालय द्वारा निर्माण गरिने खानेपानी योजना का लागि सङ्घीय खानेपानी मन्त्रालय, Oxfam का टिम सँग छलफल कार्य सम्पन्न भएको छ ।
अवलोकनमा पाल्नुहुने सम्पुर्णमा धन्यवाद 🙏

यहि माघ ११ (January 25) देखि माडि नगरपालिका वडा नम्बर ८ इन्द्रवस्ति बाट हाल नियमित सन्चलनमा रहेको बैकुनठे भुमिगत खानेपान...
01/02/2026

यहि माघ ११ (January 25) देखि माडि नगरपालिका वडा नम्बर ८ इन्द्रवस्ति बाट हाल नियमित सन्चलनमा रहेको बैकुनठे भुमिगत खानेपानी तथा सरसफाइ योजना मा बैकल्पिक बोरिङ निर्माण का लागि काम भैरहेको हुनाले यस खानेपानीमा आवद्द इछुक उपभोक्ताहरुले अवलोकन गरि सुझाब दिनुहुन अनुरोध गरिन्छ।

आज मिति २०८२/०९/१० गते यस मा न पा  ८ मा संचालित बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजना को अनुगमन गर्दै सङ्हिय खानेपानी...
25/12/2025

आज मिति २०८२/०९/१० गते यस मा न पा ८ मा संचालित बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजना को अनुगमन गर्दै सङ्हिय खानेपानी मन्त्रालय, मा न पा Envidan Engineer छिमेकी उपभोक्ता अध्यक्ष ज्यु हरु बाट ।

माडि नगरपालिका को सहकार्यमा सङ्हिय सरकार को लगानिमा यस माडि बैकुण्ठ भुमिगत खानेपानी योजनाका लागि बैकल्पिक बोरिङ निर्माणक...
15/12/2025

माडि नगरपालिका को सहकार्यमा सङ्हिय सरकार को लगानिमा यस माडि बैकुण्ठ भुमिगत खानेपानी योजनाका लागि बैकल्पिक बोरिङ निर्माणका लागि Envidan Engineer Jens Dyrberg Nielsen र Surya Prajapati को साथमा माडि एकिकृत समावेशी दिगोबिकास परियोजना का अध्यक्ष कृष्णराज अधिकारी बाट के कसरि गर्दा राम्रो हुन्छ भन्ने बिषयमा गोबिन्दबस्ति खानेपानी आयोजनाको अवलोकन गर्दै आज।

JYSK डेन्मार्क, माडि नगरपालिका र उपभोक्ता को सम्युक्त लगानीमा निर्माण सम्पन्न माडि नगरपालिका वडा नम्बर ८ मा संचालित बैकु...
15/12/2025

JYSK डेन्मार्क, माडि नगरपालिका र उपभोक्ता को सम्युक्त लगानीमा निर्माण सम्पन्न माडि नगरपालिका वडा नम्बर ८ मा संचालित बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजनाको दैनिक सन्चालन सम्बन्धी अनुगमन गरि Envidan Engineer Jens Dyrberg Nielsen र Surya Prajapati आगामि समयका लागि सुझाव का लागि उपस्थित हुनुभएको मा बैकुण्ठ भुमिगत खानेपानी योजना को तर्फबाट धन्यवाद ब्यक्त गर्दछौ।

माडि नगरपालिका को सहकार्य मा संघीय खानेपानी मन्त्रालय बाट मिति २०८२/०६/२३ गते माडि नगरपालिका वडा नम्बर ८ मा हाल संचालित ...
10/10/2025

माडि नगरपालिका को सहकार्य मा संघीय खानेपानी मन्त्रालय बाट मिति २०८२/०६/२३ गते माडि नगरपालिका वडा नम्बर ८ मा हाल संचालित बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजनालाइ दैनिक पानी बितरनमा समस्या आउन नदिनका लागि अतिरिक्त बोरिङ को लागि अनुगमन गर्दै गर्दाको तस्बिर हरु।

यस बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजना उपभोक्ता संस्था मा आवद्ध सम्पुर्ण उपभोक्ता हरुमा बिजया दशमि २०८२ को शुभकाना ...
21/09/2025

यस बैकुण्ठ भुमिगत खानेपानी तथा सरसफाइ योजना उपभोक्ता संस्था मा आवद्ध सम्पुर्ण उपभोक्ता हरुमा बिजया दशमि २०८२ को शुभकाना तथा सम्पुर्ण उपभोक्ता हरुलाइ यस बिजया दशमिको उपलक्ष्यमा भाद्र महिनाको आस्विन महिनाको २० गते बाट लिइने महसुलमा हाल लिइदै आएको न्युनतम शुल्क रु २०० मात्र सबै उपभोक्ता हरुलाइ छुट दिइएको ब्यहोरा अनुरोध गर्दै न्युनतम शुल्क भन्दा माथिको शुल्क मात्र बुझाउनु हुन अनुरोध छ।साथै आस्विन महिना देखि सबै शुल्क यथावत् उठाइने समेत जानकारि गरिन्छ।

Adresse

Farmen 12
Silkeborg
8600

Internet side

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når Hamro Paani - हाम्रो पानी। sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Del