14/08/2026
नमस्कार सबैमा ।
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, चेक गणतन्त्र (एनआरएन चेक गणतन्त्र) द्वारा मिति 09/08/2025 मा 7Th NRNA Sport tournament सम्पन्न गरियो।
Sladovnická 580,Brno-Tuřany (बर्नो) मा आयोजना गरिएको उक्त Tournament कार्यक्रममा प्रमुख अथितिको रूपमा ICC सदस्य डा. गिरिश कडेल को उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष इ.छबिलाल कडेल को अध्यक्षता, पुर्ब ICc सदस्य उत्तम आचार्य ,पूर्व अध्यक्ष यदुराम पन्थी, पेल्जन समाज का अध्यक्ष सन्तोष रायमाझी,समाजसेबि तथा व्यवसायी अच्युत केसि, सल्लाहकार बुद्द लामा ,निबर्तमान प्रबक्ता अम्बिका पान्डे ज्यु लगायत को आथित्यता तथा विशेष आतिथ्यता सस्थापक अध्यक्ष जितेन्द्र रायमाझी रहेको कार्यक्रममा उहाँहरुले नै बिजेता टिमलाई trophey तथा मेडल प्रदान गर्नुभएको थियो ।
सहभागी सम्पुर्ण Team लगाएत खेलाडीहरु, रेफ्री तथा खेल प्रेमी साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
आर्थिक सङ्कलनमा विशेष भूमिका निर्वाह गर्नुभएका यस संस्थाका अध्यक्ष इ.छबिलाल कडेलज्यू तथा खेल सम्योजक भुवनलाल श्रेष्ठ लाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं।
बर्नो बसोबास गर्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरू स्वयंसेवक भै खेल समयभर सहयोग गर्नुभएको मा तथा स्वमसेबक ब्यबस्थापन गर्नु हुने खेल सम्योजक भुवनलाल श्रेष्ठ प्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं।
त्यसैगरी खेलमैदान खोज्ने कार्य देखि कार्यक्रम समापन सम्म आइपर्ने विविध कार्यमा अतुलनीय भूमिका निर्वाह गर्नुभएका अतिज गुरुङ ,बिजेन थापा, Dhiraj Tamang ,Ashish Tumbapo, Himal chhetri प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ।
तेस्तै गरि football मा scoring लेखेर तथा विभिन्न सहयोग गरि स्वमसेबक भुमिका निर्बाह गर्नु भएको मा कमल कडेलजि लगायत ब्रदरहुड फुटबल क्लब को खेलाडीहरु लाई धेरै धेरै धन्यवाद ।
तेसै गरि खाना तथा खाजा व्यबस्थापनतर्फ
1) Best food Indian Market Brno
2) Annapurna Restaurace Brno
3) Buddha Restaurace Brno
4) Namaste food Land Mikulov-
5) Himalaya Restaurace Brno
6) Nepal Cary House Brno
7) Jomsom Restaurace Brno
8. Saragam Restaurace Brno
9) Lali guras Restaurace Blansko
10) Nepali Indian Thali Brno
11) POKHARA Restaurant
12) Royal Nepal Restaurace Brno
13) Manaslu Restaurace vyskov
14) Everest Restaurace Brno
15) Sangit Thapa Zlin
16) Nishan Sapkota
तथा खाना तयारी तथा बितरण मा महत्वपुर्ण भुमिका खेल्नु हुने सम्लग्न कुकहरु तथा स्वमसेबक ज्यु हरु प्रती धन्यवाद
कार्यक्रम अबधी भर को लागि पिउने पानी उपलब्ध गराउनु भएको मा ब्रदरहुड फुटबल क्लब बर्नो तथा फलफूल, सर्बत लगायत बिभिन्न पेय पदार्थ उपलब्ध गराउनु खेल सम्योजक भुवन लाल श्रेष्ठ तथा शर्मिला श्रेष्ठ ज्युलाई बिशेष धन्यवाद
कार्यक्रम सञ्चालन को लागि आर्थिक सहयोग गर्नु हुने समाजसेबि,बुद्धिजीवीबर्ग,विभिन्न पेशा व्यावसायि लगायत को दाता हरु मा विशेष धन्यवाद
यस Tournament मा बिभिन्न खेल तर्फ निम्न अनुसारका टिमहरू बिजयि भएका थिए :
फुटबल
Winner: NFN F.C. Prague
First Runner up: Friend F.C. Kadan
Best keeeper: Chhabi lal kandel
Best player: Narvesh Pradhan
High scorer: Yadav Gurung
भलिबल(महिला) तर्फ
Winner: Kadan women volleyball A
First runner-up: Prague women volleyball
Best player: Ranju Chaudhary
पुरुष भलिबल: बिबाद तथा समय अभाव को कारण पुरुष भलिबल खेल अर्को सुचना मा बिस्तृत जानकारी गराउने गरि स्थगित गरियको छ।
साथै ब्रनो लगायत अरु ठाँउबाट पनि उपस्थित भएर,चाहेर तर उपस्थित हुन नसक्दा पनि बिभिन्न माध्यम बाट कार्यक्रमलाइ अझै सुगन्ध थपिदिनुभएको सम्पुर्ण महानुभावहरुप्रति पनि हामि कृतज्ञता प्रकट गर्दछौ।
खेल प्रति भएको तँपाई हरुको उत्साहपुर्ण सहयोग र सहभागीता को लागी र सम्पुर्ण आर्थिक सहयोगी दाता तथा स्वयमसेवक साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
धन्यवाद ।
खेल संयोजक
भुबनलाल श्रेष्ठ
बिनोद रिमाल
महासचिव
इ.छविलाल कँडेल
अध्यक्ष
तथा,
गैरआवासिय नेपाली सँघ,
राष्ट्रिय समन्वय समिति, चेक गणतन्त्र