National Headlines

National Headlines "News on the go—quick, credible, and curated for your digital life. Stay updated, anytime, anywhere."

साउदीविरुद्ध नेपालले पहिले बलिङ गर्ने, लगातार तेस्रो जितको लक्ष्य !एसिसी प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबिय...
06/09/2026

साउदीविरुद्ध नेपालले पहिले बलिङ गर्ने, लगातार तेस्रो जितको लक्ष्य !
एसिसी प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। टस जितेर साउदीले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। नेपालले यसअघि बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। चार अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधिको दाबेदारी बलियो बनाउने लक्ष्यमा छ।

भोटेकोशी बाढीमा १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन !रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको वि नाशकारी बा ढीम...
06/09/2026

भोटेकोशी बाढीमा १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन !
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको वि नाशकारी बा ढीमा हालसम्म १ हजार ३३१ जनाको श!व फेला परेको छ भने ५ हजार जना सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रबाट १३ हजार १०१ जनाको उद्धार गरिएको छ। फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत भएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।
पुरा समाचार कमेन्टमा ...

बा आमाले सबै त्यागे हुर्काउने कर भयो,छोरा छोरी पाल्न परदेशको सफर भयो।आज छोरा छोरी हुर्केपछि के भयो मित्र,आफै उपचार बिना ...
06/09/2026

बा आमाले सबै त्यागे हुर्काउने कर भयो,
छोरा छोरी पाल्न परदेशको सफर भयो।
आज छोरा छोरी हुर्केपछि के भयो मित्र,
आफै उपचार बिना मरिन्छ की डर भयो।

॥१॥

इरानमाथि आ!णविक कार्यक्रमलाई लिएर दबाब बढाउँदै चार शक्ति राष्ट्रअमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्...
06/09/2026

इरानमाथि आ!णविक कार्यक्रमलाई लिएर दबाब बढाउँदै चार शक्ति राष्ट्र
अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमबारे दबाब बढाउने तयारी गरेका छन्। चार देशले इरानले आणविक अप्रसारसम्बन्धी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा लैजाने प्रस्ताव अघि बढाउन लागेका हुन्। आईएईएले निरीक्षणमा अवरोधका कारण आणविक प्रसारको जोखिम बढेको चेतावनी दिँदै आएको छ।
पुरा समाचार कमेन्टमा ...

चार प्रदेशमा वर्षा, सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावनादेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। हाल ...
06/09/2026

चार प्रदेशमा वर्षा, सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना
देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। हाल लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम, लुम्बिनी, कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
पुरा समाचार कमेन्टमा ...

बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर, आजका लागि...
06/09/2026

बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर, आजका लागि कतिमा हुदै छ त अमेरिकी डलर,जापानियन, रिङ्गेट, रियाल, दिराम लागायातको कारोबार ?
कमेन्टमा पुरा समाचार ...

ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् भदौ २१ गते आईतबारको दैनिक राशिफल
06/09/2026

ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् भदौ २१ गते आईतबारको दैनिक राशिफल

नेपाली पात्रो बाट

बझाङमै पहिलोपटक दूरबिन प्रविधिबाट शल्यक्रिया, ५२ वर्षीया महिलाको पित्तथैली सफलतापूर्वक निकालियो
05/09/2026

बझाङमै पहिलोपटक दूरबिन प्रविधिबाट शल्यक्रिया, ५२ वर्षीया महिलाको पित्तथैली सफलतापूर्वक निकालियो

बझाङः जिल्ला अस्पताल बझाङमा पहिलोपटक आधुनिक दूरबिन प्रविधि अर्थात् ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया सेवा स.....

होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्टधनगढी  ः होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिम प्रदेशको पहि...
05/09/2026

होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट
धनगढी ः होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनले रुवस होटलका सञ्चालक प्रकाश चन्द्र भट्टको अध्यक्षतामा नयाँ प्रदेश समिति सर्वसम्मत चयन गरेको छ ।
धनगढीस्थित रुवस होटलमा शनिबार सम्पन्न अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले निवर्तमान अध्यक्षमा दिनेश राज भण्डारीलाई राखेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कञ्चनपुरको गंगोत्री होटलका सञ्चालक जगदिश चन्द्र भट्ट र उपाध्यक्षमा सिद्धार्थ होटल कञ्चनरपुरका सञ्चालक परमानन्द भण्डारी चयन भएका छन् ।
नवनिर्वाचित समितिको महासचिवमा थर्क बहादुर शाह चयन भएका छन् । सदस्यहरूमा मान सिह साउद, पदम विक्रम सिंह, नरेन्द्र खड्का, भुवन सिंह भण्डारी, चन्द्रप्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र दिपेश शाह चयन भएका छन् ।
प्रथम साधारण सभाको प्रमुख अथिति तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा हानका राष्ट्रिय अध्यक्ष विनायक शाह विशिष्ट अथिति रहेका थिए भने कार्यक्रमको अध्यक्षता दिनेश राज भण्डारीले गरेका थिए ।
सुदूरपश्चिममा होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान, पर्यटन प्रवद्र्धन तथा प्रदेशको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले एसोसिएशनले काम गर्ने अपेक्षा गरिएको छ ।
अधिवेशनले प्रदेशमा रहेका होटल तथा पर्यटन व्यवसायीबीच सहकार्य र समन्वय बढाउँदै पर्यटन व्यवसायलाई प्रदेशको आर्थिक विकाससँग जोड्ने विषयमा समेत जोड दिएको छ । सुदूरपश्चिम प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको प्रदेश भए पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा व्यवसायमैत्री वातावरणको अभावमा अपेक्षाकृत लाभ लिन नसकेको व्यवसायीहरूको भनाइ छ।
नवनिर्वाचित समितिले होटल व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने, पर्यटन पूर्वाधार विकासमा सहकार्य गर्ने तथा सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पहल गर्ने बताइएको छ ।
पहिलो अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएपछि प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूबीच थप एकता र सहकार्यको वातावरण बनेको व्यवसायीहरूले बताएका छन् ।

आज घरमै बसेर पवित्र पाथीभरा माताको चरण तथा पाउको दर्शन गर्नुहोस्। 🙏💙 माताको कृपादृष्टिले सबैको जीवनमा सुख, शान्ति र समृद...
05/09/2026

आज घरमै बसेर पवित्र पाथीभरा माताको चरण तथा पाउको दर्शन गर्नुहोस्। 🙏💙 माताको कृपादृष्टिले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
मनमा राखेका पवित्र इच्छा तथा मनोकामना पूरा होऊन्। जय पाथीभरा माता! 🙏🌺

Address

Godawari-2, Attariya Kailali
Jaipur
10911

Alerts

Be the first to know and let us send you an email when National Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Headlines:

Shortcuts

Share