Global NRNA Canada

Global NRNA Canada Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global NRNA Canada, Nonprofit Organization, 148 Pefferlaw Cir, Bramton, Brampton, ON.

ग्लोबल एनआरएनए क्यानडाद्वारा आयोजित २२औं एनआरएनए दिवसमा विश्व साइकल यात्रीलाई सम्मान तथा नगद हस्तान्तरणमिति २०२५ अक्टोबर...
10/14/2025

ग्लोबल एनआरएनए क्यानडाद्वारा आयोजित २२औं एनआरएनए दिवसमा विश्व साइकल यात्रीलाई सम्मान तथा नगद हस्तान्तरण

मिति २०२५ अक्टोबर १३ का दिन ग्लोबल एनआरएनए क्यानडाले २२औं एनआरएनए दिवस ग्रेटर टोरन्टो क्षेत्र -GTA_ का निवासीहरू, विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा भव्य रूपमा एभरेस्ट टेक्वान्दो एकेडेमीको हलमा (Unit #7 ,120 Clementine Dr Brampton, ON, Canada, Ontario L6Y 0L8) सम्पन्न गरेको छ ।

कार्यक्रम ग्लोबल एनआरएनए क्यानडाका अध्यक्ष श्री गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा र एनआरएनए–आइसीसीका उत्तर अमेरिका क्षेत्रीय उप–समन्वयक श्री नरबहादुर तण्डनको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।
ग्लोबल एनआरएनए क्यानडाका अध्यक्ष श्री बुढाथोकीले नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले ग्लोबल एनआरएनए क्यानडा क्यानडामा बसोबास गर्ने गैर–आवासीय नेपालीहरूको हक–हितका लागि निरन्तर काम गर्दै आएको जानकारी दिनु भएको थियो।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी र अभियन्ताहरूले आफ्नो मन्तव्य राख्दै एनआरएनएको एकता सुदृढ गर्न, संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न, र यसलाई पारदर्शी, समावेशी तथा सहभागी संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनु भएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा हाल विश्वभ्रमणको क्रममा क्यानडामा रहनुभएका दुई नेपाली साइकल यात्री भगत खत्री र अजय मिश्रलाई प्रमुख अथिति नरबहादुर तण्डनको बिशेष आर्थिक सहयोगमा उहाहरुलाई ग्लोबल एनआरएनए क्यानडाको तर्फबाट सम्मान गर्दै क्यानेडियन डलर १४०० नगद हस्तान्तरण गरिएको थियो।

नेपाल सरकारका पूर्व पर्यटन दूत तथा शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएका श्री नरबहादुर तण्डनले एनआरएनएको संरचनालाई राजनीतिक स्वार्थमुक्त राखी एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले आफुले एनआरएनए अभियन्ताको हैसियतमा नेपालमा पु¥याएका योगदानबारे जानकारी दिनु भएको थियो। साथै, उहाँले एनआरएनएको भित्र ‘माग्ने संस्कृतिको सट्टा दिन सक्ने संस्कृतिको’ विकास गर्नुपर्ने र मातृभूमिको विकासका लागि निस्वार्थ भावनाले काम गर्नुपर्नेमा विशेष जोड दिनु भएको थियो।
कार्यक्रममा कन्सर्न नेपालका प्रतिनिधि चन्द्र राई, ग्लोबल एनआरएनए क्यानडाका सल्लाहकार गोविन्द शिवाकोटी, एनआरएनए–एनसीसी क्यानडाका संस्थापक सदस्य सुभास बिके, नेवा गुठीका संस्थापक महासचिव बिमलमान श्रेष्ठ, एनसीएनसीका पूर्व अध्यक्ष गोविन्द घिमिरे, रुपन्देही समाज क्यानडाका अध्यक्ष ऋषिराम गैरे, र समाजसेवी शंकर आचार्यलगायतका व्यक्तिहरूले मन्तव्य दिनु भएको थियो। कार्यक्रम सम्पन्न गर्नका लागि एभरेस्ट टेक्वान्दो एकेडेमीका संचालक श्री धिरेन्द्र शाहीले हल उपलब्ध गराई विशेष सहयोग गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य ग्लोबल एनआरएनए क्यानडाका कोषाध्यक्ष देवराम टमटाले धन्यवाद ज्ञापन प्रवक्ता लिला थापाले र कार्यक्रम सञ्चालन महासचिव सुमन पौडेलले गर्नु भएको थियो।

हार्दिक निमन्त्रणा (Heartfelt Invitation)
10/09/2025

हार्दिक निमन्त्रणा (Heartfelt Invitation)

GEN_Z  आन्दोलनमा शाहदत प्राप्त गर्नु भएका सबैमा हार्दिक श्रद्धाञ्जली
09/08/2025

GEN_Z आन्दोलनमा शाहदत प्राप्त गर्नु भएका सबैमा हार्दिक श्रद्धाञ्जली

Address

148 Pefferlaw Cir, Bramton
Brampton, ON

Alerts

Be the first to know and let us send you an email when Global NRNA Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share