NRNA Canada

NRNA Canada NRN Canada is a federally registered nonprofit organization (NPO) based in Canada.

११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन – आरोहण २०२६गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय...
08/24/2026

११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन – आरोहण २०२६

गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” चीनको ग्वाङझाउमा अगस्ट १४–१६, २०२६ मा सम्पन्न भयो।

सम्मेलनमा क्यानडाबाट सहभागी प्रतिनिधिहरूले गैरआवासीय नेपालीका अधिकार, नागरिकता, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, लगानीका अवसर, पर्यटन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा भएका छलफलमा सहभागिता जनाएका थिए।

सम्मेलनबाट २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र २०२६’ जारी गर्दै डायस्पोराको ज्ञान, सीप, कृषि, पर्यटन, ऊर्जा, लगानी र सञ्जाललाई नेपालको आर्थिक तथा सामाजिक विकासमा थप प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

भर्खरैदेखि GoFundMe पुनः Active भएको छ।कृपया सम्पूर्ण साथीहरूले यो जानकारी सबै सम्बन्धित व्यक्ति तथा समुदायमा सकेसम्म छि...
08/22/2026

भर्खरैदेखि GoFundMe पुनः Active भएको छ।

कृपया सम्पूर्ण साथीहरूले यो जानकारी सबै सम्बन्धित व्यक्ति तथा समुदायमा सकेसम्म छिटो पुर्‍याइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

सबैको धैर्यता, सहयोग र समन्वयका लागि धेरै धेरै धन्यवाद।

गुल्मी, नेपाल घर भई हाल क्यानडाको सडबरीमा बस्दै आउनुभएका नेपाली विद्यार्थी,… NRNA Canada needs your support for हार्दिक श्रद्धाञ्जली ....

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
08/22/2026

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

समुदायमा फेरि अर्को दुःखद् विपत् आइपरेको छ। 🙏यस कठिन घडीमा पीडित परिवारलाई साथ र सहयोगको अत्यन्त आवश्यकता छ।सम्पूर्ण नेप...
08/21/2026

समुदायमा फेरि अर्को दुःखद् विपत् आइपरेको छ। 🙏
यस कठिन घडीमा पीडित परिवारलाई साथ र सहयोगको अत्यन्त आवश्यकता छ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आ-आफ्नो ठाउँबाट सक्दो आर्थिक तथा मानवीय सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

गुल्मी, नेपाल घर भई हाल क्यानडाको सडबरीमा बस्दै आउनुभएका नेपाली विद्यार्थी,… NRNA Canada needs your support for हार्दिक श्रद्धाञ्जली ....

🏆 NRNA Canada Summer Sports Festival 2026 सफलतापूर्वक सम्पन्न! 🇳🇵🇨🇦NRNA NCC Canada Sports Committee को पहलमा अगस्ट १५, २...
08/19/2026

🏆 NRNA Canada Summer Sports Festival 2026 सफलतापूर्वक सम्पन्न! 🇳🇵🇨🇦

NRNA NCC Canada Sports Committee को पहलमा अगस्ट १५, २०२६ मा ब्राम्टन, ओन्टारियोमा आयोजित Summer Sports Festival 2026 भव्य, सभ्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

Kids Soccer, Female Soccer, Veterans Soccer, घैँटो फुटाइ, Tug of War, Musical Chair, Balloon Blasting तथा विभिन्न दौड प्रतियोगितासहितका खेलहरूमा करिब ४५० खेलाडी तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस महोत्सवले विभिन्न पुस्ता र समुदायलाई एउटै मैदानमा जोड्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाएको छ।

कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने NRNA NCC Canada का Board Members, विभिन्न संघ–संस्था, खेलाडी, स्वयंसेवक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद।

आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।

NRNA NCC Canada 🇳🇵🇨🇦

NRNA Canada extends its heartiest congratulations to the Canada Nepal Forum for Research (CANEFOR) on the successful com...
08/18/2026

NRNA Canada extends its heartiest congratulations to the Canada Nepal Forum for Research (CANEFOR) on the successful completion of its 5th Ottawa Research Conference, held at the University of Ottawa on August 15–16, 2026.

We commend all the visionaries, coordinators, and volunteers whose tireless efforts made this landmark event possible. Our sincere appreciation also goes out to all the distinguished participants, scholars, and community members who contributed their valuable insights and made the sessions truly impactful.

Events like these strengthen our community's intellectual bond and pave the way for meaningful growth. NRNA Canada is incredibly proud to witness, participate and support such empowering initiatives.

गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानडा, क्यानडा नेपाल फोरम फर रिसर्च (CANEFOR) द्वारा अगस्ट १५ र १६, २०२६ मा ओटावामा सफलतापूर्वक सम्पन्न भएको पाँचौं सम्मेलनको सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछ।
यो ऐतिहासिक कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण आयोजक, संयोजक र स्वयंसेवकहरू प्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं। साथै, आफ्नो महत्त्वपूर्ण उपस्थिति र बौद्धिक विचारहरू मार्फत कार्यक्रमलाई अर्थपूर्ण बनाउनुहुने सम्पूर्ण प्रबुद्ध सहभागीहरू, अनुसन्धानकर्ताहरू तथा समुदायका सदस्यहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं।

यस्ता प्राज्ञिक कार्यक्रमहरूले हाम्रो समुदायको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै आगामी पुस्ताका लागि प्रेरणाको मार्ग प्रशस्त गर्नेछन्। एनआरएनए क्यानडा यस्ता गौरवशाली र सशक्तिकरणका कार्यहरूमा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ।

१८औँ हिमालयन मेला भव्य रूपमा सम्पन्न~NCCS परिवारप्रति हार्दिक धन्यवाद एवं बधाई!Nepalese Canadian Community Services (NCC...
08/17/2026

१८औँ हिमालयन मेला भव्य रूपमा सम्पन्न~NCCS परिवारप्रति हार्दिक धन्यवाद एवं बधाई!

Nepalese Canadian Community Services (NCCS) द्वारा टोरन्टोको Nathan Phillips Square मा आयोजित १८औँ हिमालयन मेला २०२६ Aug 8 मा भव्य, सभ्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा NRNA NCC Canada को तर्फबाट NCCS का अध्यक्ष सुदर्शन सापकोटा एवं सम्पूर्ण कार्यसमिति तथा यस कार्यक्रमसँग जोडिनुभएका सबैमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं।

विगत १८ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको हिमालयन मेलाले क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली भाषा, कला, संस्कृति, भेषभूषा, संगीत, खानपान र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। साथै, यसले क्यानडाभर रहेका नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै हाम्रो एकता, सद्भाव र सामुदायिक गौरवलाई अझ मजबुत बनाएको छ।

यति ठूलो र महत्वपूर्ण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अथक मेहनत गर्नुहुने NCCS को नेतृत्व तथा सम्पूर्ण कार्यसमिति, आयोजक टोली, स्वयंसेवक, कलाकार, प्रायोजक, सहयोगी संघसंस्था, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति NRNA NCC Canada हार्दिक आभार व्यक्त गर्दछ।

विशेष धन्यवाद, यस मेलामा उत्साहजनक सहभागिता जनाई नेपाली कला, संस्कृति र पहिचानप्रतिको प्रेम र एकता प्रदर्शन गर्नुहुने सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई।

यस्ता कार्यक्रमहरूले हाम्रो नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थितिलाई अझ सशक्त र परिचित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।

१८औँ हिमालयन मेलाको सफल आयोजनाका लागि NCCS परिवारलाई पुनः हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलता र निरन्तरताको शुभकामना। 🙏🇳🇵❤️🇨🇦

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) क्यानडा

08/15/2026
08/15/2026

🏆 NRNA NCC Canada – Ontario Summer Sports Festival 2026 🇳🇵🇨🇦

आज शनिबार, August 15 मा आयोजना भइरहेको NRNA NCC Canada Ontario Summer Sports Festival 2026 मा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक स्वागत तथा सहभागिताका लागि अनुरोध गर्दछौं।

Address

305B, 2 County Court Boulevard
Brampton, ON
L6W3W8

Alerts

Be the first to know and let us send you an email when NRNA Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share