NRNA NCC Belgium

NRNA NCC Belgium NRNA-NCC BELGIUM vzw Message From president! I will try my best to take NRNA in a newer height spreading good message and contributing in community unification.

I am very thankful and indebted to all those who elected, helped and trusted me to serve Nepalese Community and Non Resident Nepalese Association Belgium as the President. In addition, I will work to keep social harmony, and render my best social services to the entire community. I will also leave no stone unturned to keep NRNA Belgium as an umbrella organization among Nepalese community and all o

ver Belgium. I expect your full support, suggestions, and constructive feedback to keep NRNA Belgium inclusive, transparent, and progressive during my tenure. Khadka Bahadur KC
President
NRNA-NCC Belgium

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीको १२औं बृहतएकताको महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन हुनुभएका अध्यक्षद्वय...
17/03/2026

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीको १२औं बृहत
एकताको महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन हुनुभएका अध्यक्ष
द्वय डा. हेमराज शर्मा ज्यु, महासचिव डा. चिरन्जिवी खड्काज्यू लगाएत
सम्पुर्ण नवनिर्वाचित कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
बेल्जियमबाट प्रतिनिधित्व गर्नुहुने गैर आवासीय नेपाली संघ बेल्जियमका पुर्व अध्यक्ष लोक प्रसाद दाहाल ज्यू उपाध्यक्ष साथै
अन्तराष्ट्रिय समन्वय समितीकी पूर्व महिला संयोजक अनुजा प्रधान ज्यू
उपमहासचिवमा सर्वसम्मत हुनुभएकोमा बिशेष बधाई तथा शुभकामना॥

मिति ९ मार्च २०२६ मा सम्पन्न चितवन सहायता कोष बेल्जियमको ९ औँ अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित समाजसेवी...
10/03/2026

मिति ९ मार्च २०२६ मा सम्पन्न चितवन सहायता कोष बेल्जियमको ९ औँ अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित समाजसेवी तथा सफल व्यवसायी श्री तेजेन्द्र कँडेल लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ /
NRNA NCC बेल्जियम

महिलाले घर, समाज र देश निर्माण गर्छिन् /महिला शक्ति परिवर्तनको आधार हो/अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना/
08/03/2026

महिलाले घर, समाज र देश निर्माण गर्छिन् /
महिला शक्ति परिवर्तनको आधार हो/
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना/

07/03/2026

एनआरएनए एनसीसी बेल्जियमको आयोजनामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस “Give to Gain” भन्ने नाराका साथ आज भर्चुअल जुममार्फत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि आईसीसी महिला संयोजक अनुजा प्रधान ज्यु, विशिष्ट अतिथिहरू आईसीसी महिला उपाध्यक्ष रोजिना प्रधान राई ज्यु, आईसीसी उपाध्यक्ष राज रेग्मी ज्यु, आईसीसी सचिव टिका गुरुङ ज्यु, आईसीसी महिला कोषाध्यक्ष कञ्चन थापा ज्यु, आईसीसी युरोप महिला संयोजक प्रसुन्ना कडेल ज्यु, आईसीसी अमेरिकाज संयोजक बेद बस्नेत ज्यु, आईसीसी सदस्य हरि भट्टराई ज्यु, अतिथिहरूमा एनआरएनए एनसीसी नेदरल्यान्डका अध्यक्ष सबु पौडेल ज्यु, पूर्व आईसीसी सदस्य सरु चापागाईं ज्यु, प्रबासी नेपाली मञ्च अस्ट्रियाका अध्यक्ष तथा एनआरएनए अभियन्ता बाबा राजेश्वरी थापा ज्यु, पूर्व आईसीसी महिला संयोजक रजनी प्रधान ज्यु, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल ज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन एनसीसी बेल्जियम महिला सचिव रश्मी निरौला तथा निवर्तमान महासचिव रुबिना शर्माले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यूहरू तथा महानुभावहरूलाई एनसीसी बेल्जियमको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

साथै, भर्खरै सम्पन्न नेपालको प्रतिनिधि सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुहुने सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्युको सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा महिला सशक्तिकरण र अधिकारका लागि सबै एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको छ।

सबैलाई धन्यवाद।

सरिता पौडेल धमला
महिला संयोजक
एनआरएनए एनसीसी बेल्जियम

05/03/2026

celebration8marchbynrnabelgium

आदर्णिय एनआरएनए बेल्जियम पुर्व अध्यक्षज्यूहरु, अन्तराष्ट्रिय  समन्वय परिषदका पदाधिकारी एवं आईसीसी सदस्य ज्यूहरु, बेल्जिय...
04/03/2026

आदर्णिय एनआरएनए बेल्जियम पुर्व अध्यक्षज्यूहरु, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं आईसीसी सदस्य ज्यूहरु, बेल्जियमस्थित सम्पुर्ण संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधीज्युहरु, एनआरएनए अभियन्ता एवं सामाजिक ब्यक्तित्वज्यूहरु तथा सम्पुर्ण महिला दिदीबहिनीहरु,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आयोजनामा “ Give to Gain “ भन्ने नाराका साथ ११५औ अन्तराष्ट्रिय महिला दिबस यहि मार्च ७ गते अनलाईन जुम मार्फत शुभकामना आदानप्रदान गर्ने गरी मनाउने निर्णय गरिएकोले तपाईंहरुको गरिमामय उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौं।

https://us06web.zoom.us/j/84720019616?pwd=58JRPa6XHgTiJfdHk8hwsNWvQwQlaR.1

Meeting ID: 847 2001 9616
Passcode: 002404

सरिता पौडेल धमला
महिला संयोजक
एनआरएनए बेल्जियम

हिजो सम्पन्न थकली सेवा समिति बेल्जियमको अधिवेशनबाट सर्वसम्मत रूपमा मनोनीत अध्यक्ष, NRNA बेल्जियमका पूर्व कोषाध्यक्ष, सफल...
03/03/2026

हिजो सम्पन्न थकली सेवा समिति बेल्जियमको अधिवेशनबाट सर्वसम्मत रूपमा मनोनीत अध्यक्ष, NRNA बेल्जियमका पूर्व कोषाध्यक्ष, सफल व्यवसायी तथा सामाजिक व्यक्तित्व श्री अजित तुलाचन ज्यू तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।

यो रङ्गहरूको पर्वले तपाईंको जीवनमा पनि नयाँ उत्साह, उमङ्ग र सफलताका रङ्गहरू थपिदिओस् / जसरी होलीका विभिन्न रङ्गहरू एकआपस...
02/03/2026

यो रङ्गहरूको पर्वले तपाईंको जीवनमा पनि नयाँ उत्साह, उमङ्ग र सफलताका रङ्गहरू थपिदिओस् / जसरी होलीका विभिन्न रङ्गहरू एकआपसमा मिलेर एउटा सुन्दर दृश्य बनाउँछन्, त्यसरी नै तपाईंको जीवनमा पनि प्रेम, सद्भाव र खुसीको सधैं बास रहोस् /

महाशिवरात्री २०८२ को सम्पूर्णमा हार्दिक शुभकामना 🙏
15/02/2026

महाशिवरात्री २०८२ को सम्पूर्णमा हार्दिक शुभकामना 🙏

१२औँ महाधिवेशनलाई सफल बनाउनु हामी सबैको साझा कर्तव्य हो /“ एक पटकको नेपाली, सधैंको नेपाली “
04/02/2026

१२औँ महाधिवेशनलाई सफल बनाउनु हामी सबैको साझा कर्तव्य हो /
“ एक पटकको नेपाली, सधैंको नेपाली “

गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्....

30/01/2026

सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली 🙏💐

Adres

Leuven

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer NRNA NCC Belgium nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact De Organisatie

Stuur een bericht naar NRNA NCC Belgium:

Delen