19/09/2026
NEBAB र POSGARD बीच विशेष व्यावसायिक सहकार्य सम्झौता सम्पन्न ।
नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक हित, आधुनिकीकरण तथा व्यवसाय सञ्चालनमा आवश्यक प्रविधि र सेवाहरू सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले निरन्तर विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ।
यसै क्रममा NEBAB र POSGARD बीच सन् २०२६–२०२८ का लागि विशेष सहकार्य सम्झौता सम्पन्न भएको जानकारी सम्पूर्ण सदस्य तथा सम्बन्धित व्यवसायीहरूमा गराउन पाउँदा हामीलाई खुशी लागेको छ। उक्त सम्झौताअन्तर्गत NEBAB सदस्यहरूका लागि Kassa (POS), बिक्री तथा व्यवसाय व्यवस्थापनसम्बन्धी विभिन्न उपकरण र सेवाहरू विशेष सहुलियतमा उपलब्ध हुनेछन्।
सम्झौता अनुसार NEBAB सदस्यहरुलाई उपकरण खरिदतर्फ Premium Kassa Package को मूल्य €3,490 बाट घटाई €2,990 कायम गरिएको छ। त्यसैगरी Pro Kassa Package €1,990 बाट €1,690 मा उपलब्ध हुनेछ।
मासिक सेवा शुल्कमा समेत NEBAB सदस्यहरूका लागि विशेष सहुलियत प्रदान गरिएको छ। TOP Business प्याकेज €99 बाट €90 प्रति महिना, Premium Basic+ €75 बाट €70 प्रति महिना तथा Pro Basic लाई €50 प्रति महिना कायम गरिएको छ।
यस सहकार्यअन्तर्गत Kassa Software तथा Update , ग्राहक व्यवस्थापन, Dashboard तथा Report, Website, Webshop, Klant Kaart तथा Table Reservations प्रणाली, PayApp/WaiterApp, Integration लगायत व्यवसाय सञ्चालनका लागि उपयोगी विभिन्न डिजिटल सेवा तथा सुविधाहरू उपलब्ध हुनेछन्।
यस सम्झौताले विशेषगरी रेस्टुरेन्ट, हस्पिटालिटी तथा अन्य व्यवसाय सञ्चालन गरिरहेका NEBAB का सदस्यहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत आफ्नो व्यवसायलाई थप व्यवस्थित, प्रभावकारी र किफायती रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास संघले लिएको छ।
NEBAB आफ्ना सदस्यहरूको व्यावसायिक हित, लागत न्यूनीकरण, व्यवसायको आधुनिकीकरण तथा नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्यले भविष्यमा पनि विभिन्न प्रतिष्ठित कम्पनी तथा संस्थाहरूसँग यस्ता सहकार्य र सम्झौताहरूलाई निरन्तर विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ।
भुवन सुवेदी
महासचिव
नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB)