04/08/2026
📢 आदरणीय अष्ट्रेलियावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (NAWS) ले विगत २७ वर्षदेखि खेलकुद, संस्कृति तथा सामुदायिक गतिविधिहरूमार्फत अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको छ।
यसै गौरवपूर्ण यात्राको २७औँ वार्षिकोत्सव (Gala Dinner) को विशेष अवसरमा, विभिन्न क्षेत्रहरूमा उत्कृष्ट उपलब्धि हासिल गरेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवाहरूको सम्मानार्थ “NAWS Second Generation Excellence Awards” आयोजना गर्ने जमर्को गरेका छौँ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक योग्य बालबालिकाहरुलाई आवेदन संकलनका लागि Expression of Interest (EOI) Form खुला गरिएको जानकारी गराउन चाहन्छौँ।
हामी सम्पूर्ण अभिभावकहरूलाई सम्बन्धित Eligibility Criteria ध्यानपूर्वक अध्ययन गरी आफ्ना योग्य छोराछोरीहरूको विवरण EOI Form मार्फत निर्धारित समयभित्र पेश गरिदिन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, हाम्रो समुदायका प्रतिभाशाली दोस्रो पुस्ताका नेपाली युवाहरूको सफलतासँगै मनाऔँ, उनीहरूको उपलब्धिलाई सम्मान गरौँ, र उज्ज्वल भविष्य निर्माणको यात्रामा उनीहरूलाई थप प्रेरणा दिऔँ।
यहाँहरूको सक्रिय सहभागिता, अमूल्य सहयोग र निरन्तर साथको हार्दिक अपेक्षा गर्दछौँ।
धन्यवाद।
चिरन्जिबी तिवारी
अध्यक्ष
नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (NAWS)
Together for Community • Together for Future
https://forms.gle/SY23qpKHdQF3BAjz9