Jhapali Samaj Australia

Jhapali Samaj Australia All Jhapalis who lives in Australia.

मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।।आज कुशे औंसी , बुवाको मुख हेर्ने दिन।आज पिताको सम्मान, सम्झना र विशेष समर...
11/09/2026

मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।।

आज कुशे औंसी , बुवाको मुख हेर्ने दिन।

आज पिताको सम्मान, सम्झना र विशेष समर्पण गर्ने दिन।

सम्पूर्ण आदरणीय बुवाहरूलाई हार्दिक श्रद्धा तथा शुभकामना। 🙏🏽

दिवंगत बुवाहरूप्रति हार्दिक श्रद्धा-सुमन। 🤍

झापाली समाज अस्ट्रेलिया परिवार

विकास • एकता • समृद्धि

झापाली समाज ऑस्ट्रेलिया परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना उपाध्यक्षज्यू 💐🎂✨🎉🥳
09/09/2026

झापाली समाज ऑस्ट्रेलिया परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना उपाध्यक्षज्यू
💐🎂✨🎉🥳

🇳🇵🇦🇺 झापाली समाज अस्ट्रेलियाप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग हस्तान्तरणनेपालका विपद्प्रभावित नागरिकहरूक...
08/09/2026

🇳🇵🇦🇺 झापाली समाज अस्ट्रेलिया

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग हस्तान्तरण

नेपालका विपद्प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि झापाली समाज अस्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अष्ट्रेलियन डलर ११,४६१.७१ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ। विनिमय दरअनुसार उक्त रकम करिब रु. १२ लाख २० हजार ५६९ बराबर हुन आउँछ।

यो सहयोग रकम समुदायका दाता, सदस्य, शुभचिन्तक तथा सहयोगीहरूको सामूहिक योगदानबाट संकलन गरिएको हो। रकम हस्तान्तरणका क्रममा बैंकले ट्रान्सफर शुल्क पूर्ण रूपमा छुट प्रदान गरेकाले संकलित अष्ट्रेलियन डलर ११,४६१.७१ को सम्पूर्ण रकम राहत कोषमा समर्पित गरिएको हो।

सिंहदरबारमा आयोजित कार्यक्रममा झापाली समाज अस्ट्रेलियाका संरक्षक दिनेश पोखरेल तथा उपाध्यक्ष मदन धौरालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको जम्मा रसिद हस्तान्तरण गर्नुभएको थियो।

यसै क्रममा, अन्तर्राष्ट्रिय झापाली समाजले संकलन गरेको रु. १५ लाख पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको थियो। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईं, निवर्तमान अध्यक्ष तथा संरक्षकद्वय दिनेश पोखरेल र मुकुन्द ढुंगाना, नेपाल समितिका संयोजक राजु थापा, अभियन्ता प्रेम चम्लागाईं लगायत अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।

विपद्को यस कठिन घडीमा नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूसँग उभिन पाउनु झापाली समाज अस्ट्रेलियाका लागि सामाजिक दायित्व मात्र नभई गौरवको विषय पनि हो।

सहयोग गर्नुहुने सम्पूर्ण दाता, सदस्य, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

एकता, सेवा र सहयोग नै हाम्रो शक्ति हो। 🙏🏽🇳🇵🇦🇺

अजय राजवंशी
अध्यक्ष
झापाली समाज अस्ट्रेलिया
कार्यसमिति २०२५–२०२७

🇳🇵🇦🇺 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम हस्तान्तरणझापाली समाज अस्ट्रेलियाले नेपालका विपद्प्रभावित दाजुभाइ-द...
07/09/2026

🇳🇵🇦🇺 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम हस्तान्तरण

झापाली समाज अस्ट्रेलियाले नेपालका विपद्प्रभावित दाजुभाइ-दिदीबहिनीको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा AUD 11,461.71 हस्तान्तरण गरेको जानकारी गराउँछौँ।
उक्त रकम बैंकमार्फत USD 8,089.67 मा पठाइएको छ, जुन प्रति अमेरिकी डलर रु. 140 को अनुमानित दरअनुसार करिब NPR 11,32,554 बराबर हुन्छ।
यस हस्तान्तरणमा बैंकले ट्रान्सफर शुल्क पूर्ण रूपमा छुट दिएको छ, कुनै शुल्क काटिएको छैन। त्यसैले पठाइएको सम्पूर्ण AUD 11,461.71 राहत कोषकै लागि समर्पित छ।
सम्पूर्ण दाता, सदस्य तथा शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद।
एकता, सेवा र सहयोग नै हाम्रो शक्ति हो। 🙏🏽

अजय राजवंशी
अध्यक्ष, झापाली समाज अस्ट्रेलिया

🇳🇵🇦🇺 Jhapali Samaj Australia | Official Relief Updateझापाली समाज अस्ट्रेलिया | आधिकारिक राहत जानकारी A promise made in s...
05/09/2026

🇳🇵🇦🇺 Jhapali Samaj Australia | Official Relief Update
झापाली समाज अस्ट्रेलिया | आधिकारिक राहत जानकारी

A promise made in service has been fulfilled with gratitude and accountability.

Through the International Jhapali Samaj relief initiative, Jhapali Samaj Australia committed NPR 5,00,000 to support disaster-affected families in Nepal. We are pleased to confirm that this commitment has been completed.

Relief Collection Summary

• Total amount collected: AUD $17,184
• Sent to Nepal: NPR $5,00,000— equivalent to AUD $4,611.73
• Support provided to NRNA Australia: AUD $1,111
• Remaining dedicated relief balance: To be transferred to the Prime Minister’s Disaster Relief Fund, Nepal

No part of this dedicated relief collection has been used for organisational running costs. Every contribution received for Nepal will remain committed to Nepal’s relief and recovery.

We sincerely thank every donor, supporter, business, community member, the International Jhapali Samaj, NRNA Australia, and all partners who stood with Nepal during this difficult time.

Our commitment was clear: to turn community compassion into practical support. We are grateful to every person who trusted us and contributed. Together, we have shown that unity, transparency and service can make a real difference.

Executive Committee 2025–2027

President: Ajaya Rajbanshi
Vice President: Madan Dhaurali
General Secretary: Dipen Odari
Secretary: Kausal Raj Sitoula
Treasurer: Luna Siwakoti

एकता, सेवा र सहयोग नै हाम्रो शक्ति हो।
Unity. Service. Solidarity.

— Jhapali Samaj Australia Family
Development · Unity · Prosperity

पवित्र श्रावण महिनाको यो पहिलो सोमबारले हामीलाई स्वास्थ्य, शान्ति र आध्यात्मिक उन्नतिको आशीर्वाद दिओस्। भगवान शिवको कृपा...
20/07/2026

पवित्र श्रावण महिनाको यो पहिलो सोमबारले हामीलाई स्वास्थ्य, शान्ति र आध्यात्मिक उन्नतिको आशीर्वाद दिओस्। भगवान शिवको कृपाले सबैको जीवनमा सुख, समृद्धि र मंगलमय क्षणहरू भरिपूर्ण होऊन्।

तपाईं र तपाईंको परिवारलाई श्रावण महिनाको पहिलो सोमबारको झापाली समाज ऑस्ट्रेलियाको तर्फबाट हार्दिक नमन! 🙏🏽

#श्रावण #श्रावणमहिना #पहिलोसोमबार #शुभकामना #भक्तिभाव

हार्दिक समवेदनाझापाली समाज अस्ट्रेलियाका कार्यसमिति सदस्य रोशन धौरालीज्यूकी मातामही आमा कमला धौरालीको असामयिक निधनप्रति ...
14/07/2026

हार्दिक समवेदना

झापाली समाज अस्ट्रेलियाका कार्यसमिति सदस्य रोशन धौरालीज्यूकी मातामही आमा कमला धौरालीको असामयिक निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं।

शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्वर्गीय आत्माको चिरशान्ति तथा वैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

झापाली समाज अस्ट्रेलिया परिवार 🙏🏽

हार्दिक बधाई तथा शुभकामना अन्तर्राष्ट्रिय झापाली समाजको विधान अनुसार सन् २०२५–२०२७ को कार्यसमितिमा भूपाल सिटौलाज्यू लाई ...
02/07/2026

हार्दिक बधाई तथा शुभकामना

अन्तर्राष्ट्रिय झापाली समाजको विधान अनुसार सन् २०२५–२०२७ को कार्यसमितिमा भूपाल सिटौलाज्यू लाई कार्यसमितिको प्रवक्ता पदमा मनोनयन गरिएकोमा झापाली समाज अस्ट्रेलियाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

यो महत्वपूर्ण जिम्मेवारीले संस्थाको गरिमा र प्रतिष्ठालाई थप उँचो बनाउने विश्वासका साथ उहाँको सफल र फलदायी कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

झापाली समाज अस्ट्रेलिया परिवार

29/06/2026
जन्मदिनको हार्दिक शुभकामना!झापाली समाज अष्ट्रेलियाका आदरणीय अध्यक्ष Ajayah Rbn ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना...
13/06/2026

जन्मदिनको हार्दिक शुभकामना!

झापाली समाज अष्ट्रेलियाका आदरणीय अध्यक्ष Ajayah Rbn ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। तपाईंको समर्पित नेतृत्व, समाजप्रतिको योगदान र सेवाभावको उच्च सम्मान गर्दछौं। ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा आगामी दिनहरूमा अझ बढी सफलता प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

जन्मदिनको धेरै धेरै शुभकामना! 🎂🎉🙏

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Jhapali Samaj Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share