Gorkha Samaj Australia गोरखा समाज अष्ट्रेलिया

Gorkha Samaj Australia गोरखा समाज अष्ट्रेलिया Gorkha Samaj Australia Inc is an incorporated not-for-profit association based in Sydney Australia.

🙏 आजको मुख्य कार्यक्रम नछुटाउनुहोस्! 🙏मानवसेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यू एवं उहाँको टिम अस्ट्रेलि...
02/10/2026

🙏 आजको मुख्य कार्यक्रम नछुटाउनुहोस्! 🙏

मानवसेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यू एवं उहाँको टिम अस्ट्रेलियाको सिड्नीमा आइपुग्नुभएको छ।

📅 आज, ३ अक्टोबर २०२६, शनिबार
⏰ बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म
📍 Grand Palace Functions Centre, Auburn, Sydney

🤝 Meet & Greet का साथै मानवता प्रवर्द्धन सम्बन्धी प्रेरणादायी कार्यक्रम हुँदैछ।

❤️ आउनुहोस्, सबैजना जोडिऔँ—मानवतालाई अस्ट्रेलियासँग जोडौँ!

सिड्नीमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमा-बुबा तथा साथीभाइहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

जय मानव सेवा 🙏
जय मानवता ❤️

— गोरखा समाज अस्ट्रेलिया परिवार
Manavsewa Ashram AU Chapter
Manavsewa Ashram
Manavsewa Ashram Headquarter Hetauda

30/09/2026
🥾🌿 GSA HIKE 2026 – LANE COVE NATIONAL PARK 🌿🥾Gorkha Samaj Australia proudly invites all our members, families and friend...
23/09/2026

🥾🌿 GSA HIKE 2026 – LANE COVE NATIONAL PARK 🌿🥾

Gorkha Samaj Australia proudly invites all our members, families and friends to join us for a refreshing morning hike and a wonderful opportunity to connect with our community in the beautiful surroundings of Lane Cove National Park. 🇳🇵🇦🇺

📅 Date: Sunday, 27 September 2026
⏰ Time: 7:00 AM
📍 Meeting Point: Koonjerree Picnic Area, Riverside Drive, Lindfield NSW 2070
🥾 Trail: Riverside Walking Track
⏱️ Duration: Approximately 2–3 hours

🍎 Refreshments: Fresh fruits & bottled water will be provided.

Come along, enjoy the beautiful nature, get active, and spend a great morning together with the Gorkha Samaj Australia family. ❤️

👨‍👩‍👧‍👦 Open to all members, families & friends!

For more information:
📞 Yogendra: 0406 213 101
📞 Raju: 0403 187 671
📞 Ishwor: 0452 500 356

🌐 www.gsaustralia.org

🙏 Special thanks to all our Platinum, Gold and Silver Sponsors for supporting Gorkha Samaj Australia.

Let’s walk together, connect together and make wonderful memories together! 🥾🌿🇳🇵🇦🇺


At the initiative of Gorkha Samaj Australia, we have raised and donatedAUD 5,000to the Prime Minister'sDisaster Relief F...
31/08/2026

At the initiative of Gorkha Samaj Australia, we have raised and donated
AUD 5,000
to the Prime Minister's
Disaster Relief Fund to support those affected by the recent devastating floods in Nepal.
This contribution was made possible through the generous support of the members of Gorkha Samaj Australia, office bearers, and other kind-hearted supporters who came together to stand with Nepal during this difficult time.
Our heartfelt thoughts and support go out to everyone affected by the floods.
Together, we stand with Nepal.
Together, we can make a difference. •
Gorkha Samaj Australia…


🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

🚨 तीज कार्यक्रम स्थगित सम्बन्धी सूचना अकस्मात् आयको भीषण बाढीले रसुवा, धादिङ, नुवाकोट र गोरखा जिल्लालगायत आसपासका क्षेत्...
27/08/2026

🚨 तीज कार्यक्रम स्थगित सम्बन्धी सूचना

अकस्मात् आयको भीषण बाढीले रसुवा, धादिङ, नुवाकोट र गोरखा जिल्लालगायत आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। अहिले देश नै दुःख र विपद्को अवस्थामा रहेको बेला हामीले उत्सव मनाउनु उपयुक्त नहुने महसुस गरेका छौँ।

त्यसैले गोर्खा समाज अष्ट्रेलियाद्वारा यही शनिबार आयोजना गर्न लागिएको तीज कार्यक्रम हाललाई रद्द गरिएको जानकारी गराउँदछौँ।

यस दुःखद घडीमा हामी सबै नेपाली एकजुट भएर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेसम्म सहयोग र साथ दिऔँ।

देश रोइरहेको बेला हामी सबै नेपाली एक होऔँ।
सकेसम्म सहयोग गरौँ, एकअर्काको दुःखमा साथ दिऔँ। 🇳🇵🙏

धन्यवाद।
गोर्खा समाज अष्ट्रेलिया परिवार


🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

27/08/2026

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Gorkha Samaj Australia गोरखा समाज अष्ट्रेलिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gorkha Samaj Australia गोरखा समाज अष्ट्रेलिया:

Shortcuts

Share