24/02/2026
🎉🇳🇵 6,000 MEMBERS STRONG – Nepalese in Newcastle & Upper Hunter Region 🇳🇵🎉
आज हामी केवल 6K पुगेका छैनौं…
आज 6,000 मुटुहरू एउटै भावनाले जोडिएको परिवार बनेका छौं। ❤️
सन् 2017 मा Roshan दाइले साथीहरूबीच भेटघाट, khelkud र आपसी सञ्चारका लागि एउटा सानो ग्रुप सुरु गर्नुभएको थियो।
त्यो सानो सुरुवात…
आज Newcastle मात्र होइन, सम्पूर्ण Upper Hunter Region भरि रहेका Nepalese दाजुभाइ दिदीबहिनीहरूको साझा परिवार बनेको छ।
Maitland, Cessnock, Singleton, Muswellbrook, Raymond Terrace र वरपरका क्षेत्रहरूमा बस्ने हाम्रा सबै सदस्यहरू —
आज हामी सबै एउटै प्लेटफर्म, एउटै भावना, एउटै परिवार मा जोडिएका छौं। 🤝
हामी यहाँ केवल पोस्ट र कमेन्टका लागि होइनौं।
हामी यहाँ छौं —
🤝 एकअर्कालाई साथ दिन
🏠 काम र बसोबासमा सहयोग गर्न
📚 विद्यार्थीहरूलाई मार्गदर्शन गर्न
🎉 चाडपर्व, कार्यक्रम र khelkud मा सँगै रमाउन
🙏 सुख-दुःखमा काँध थाप्न
विदेशी भूमिमा टाढा भए पनि,
हामीले यहाँ “घर” को अनुभूति पाएका छौं।
हामी फरक जात, धर्म, भाषा, पेशा र विचारका हुन सक्छौं —
तर हाम्रो पहिचान एउटै छ…
We are Nepalese.
We are One Community.
We are One Family. 🇳🇵❤️
Roshan दाइलाई विशेष धन्यवाद 🙏
सानो khelkud र भेटघाटबाट सुरु भएको यात्रा
आज 6,000 सदस्यको बलियो, एकजुट र सम्मानित परिवार बनेको छ।
यो केवल संख्या होइन —
यो विश्वास हो।
यो एकता हो।
यो हाम्रो शक्ति हो।
6K त केवल सुरुवात हो…
अब अझ ठूलो, अझ बलियो, अझ संगठित समुदाय निर्माण गर्नेछौं। 🌟
जय नेपाल 🇳🇵
जय हाम्रो Nepalese in Newcastle & Upper Hunter