08/08/2026
Let’s join the fun and blessings these shravan .
अबर्न नेपाली समुदायद्वारा प्रस्तुत
🕉️ नेपाली भजन तथा शिव आराधना साँझ
📅 श्रावण महिनाको अन्तिम सोमबार
📍 अबर्न पार्क
🕔 समय: साँझ ५:०० बजे देखि ७:०० बजेसम्म (ठीक समयमा)
श्रावण महिनाको अन्तिम सोमबारको पावन अवसरमा आयोजना गरिएको नेपाली भजन, कीर्तन, शिव पूजा तथा आराधना कार्यक्रममा सिड्नी तथा आसपासका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
प्रवेश निःशुल्क रहेको यस कार्यक्रममा सहभागी भई भगवान शिवको पूजा–आराधना, भजन–कीर्तन तथा सामूहिक प्रार्थनामा सहभागी बनौं।
श्रावण सोमबारको व्रत अविवाहितहरूले असल जीवनसाथी प्राप्तिको कामना गर्दै तथा विवाहितहरूले आफ्ना पति–पत्नीको दीर्घायु, सुख, शान्ति, प्रेम, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै बस्ने धार्मिक परम्परा हो।
आउनुहोस्, हाम्रो धर्म, संस्कृति र समुदायलाई एकसाथ जोड्ने यस पवित्र कार्यक्रममा सहभागी बनौं।
अबर्न पार्कमा भेटौँ! 🙏 fans